www.raptikhabar.com

देउवाले कङ्ग्रेस केन्द्रीय सदस्य पदबाट राजीनामा दिए
देउवाले जुस पिलाएर अनसन समाप्‍त

काठमाडौं ११  असोज  । नेपाली कङ्ग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले भातृ संगठन  विघटनको विवादलाई लिएर पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिने घोषणा  गरेका छन्। देउवा पक्षीय नेताहरुको पार्टी कार्यालयमा आयोजित छलफलपछि उनले  राजीनामा घोषणा गरेका हुन्। भातृ संगठन विघटन उल्ट्याउनुपर्ने माग पार्टी सभापतिले  लत्याएकोमा असन्तुष्टी जनाउँदै पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा  दिने निर्णय गरका हुन्।  भ्रातृ संस्था विघटन विवाद मिलाउन गठित वार्ता  समितिले तयार पारेको प्रस्ताव सभापति सुशील कोइरालाले नमानेपछि देउवा थप  आक्रोशित भएका थिए। यसले पार्टीको विवाद थप बढाएको थियो।

सोमबार  राजधानीको होटल सांग्रिलामा कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय  वार्ता टोलीले तरुण दल, महिला संघ, आदिवासी जनजाति संघ र स्वतन्त्र सेनानी  संघका अध्यक्षलाई संयोजक बनाएर महाधिवेशन तयारी समिति गठन गरी केन्द्रीय  समितिको निर्णय पालना गर्ने सहमति गरेका थिए। तर सहमतिलाई पार्टी सभापतिले  मानेका थिएनन्। कोइरालाले वार्ता समितिले गरेको सहमति अस्वीकार गरेका हुन्। भातृ  संगठन विघटनविरुद्ध अनशनकारीहरू नौ दिनदेखि अनसनमा रहँदै आएका थिए।  उनीहरुको अनसन देउवाले राजीनामा दिने घोषणा लगत्तै समाप्त भएको छ। देउवा र  कूलबहादुर गुरुङले जुस पिलाएर अनसन तोडाएका छन्।

सकेट बम निस्कृय पार्न सफल
देबि गुरुङ रोल्पा ६ असोज । रोल्पाको रुईनिबाङमा पहिरो पिडितहरुको सामान खोजीकार्य जारी का क्रममा  एक सकेट बम फेला परेको छ । भदौ ३१ गते गएको पहिरोमा परी ज्यान गुमाउनेहरुको र घाईते भएका पिडितहरुको उद्धारका लागी स्काभेटर प्रयोगबाट सामाग्री खोजीकार्य जारी राखेको नेपाल रेडक्रस सोसाईटि उपशाखा सुलिचौरले उक्त स्थानबाट एक वटा सकेट बम फेला पारेको थियो । सकेट बम फेला परेपछि प्रहरी निरिक्षक बिवेक शाह नेतृत्वको एक समुहले उक्त स्थानलाई बुधबार दिनभरि घेराबन्दी गरी उक्त स्थानबाट बच्न स्थानियबासीलाई सचेत बनाएको थियो ।बम निस्कृय पार्नका लागी दाङको १९ नम्बर बाहिनिको बम डिस्पोजल टोलिले शुक्रबार बम निस्कृय पारेको हो । बम कस्ले र  किन राखेको भन्नेबारे कुनै जानकारी हुन नसकेको प्रहरी निरिक्षक बिवेक शाहले बताउनुभयो । पहिरो पिडितहरुको सामग्री तथ्याङक संकलन गर्ने क्रममा सकेटबम फेला परेपछि नेपाल रेडक्रस सोसाईटि उपशाखा सुलिचौरले सावधान भई अन्य सामग्री संकलन कार्य भइरहेको छ ।

जिल्ला कारागार रोल्पामा बस्ने कोठा र शौचालयको अभाव
ज्ञानेन्द्र शर्मा, रोल्पा ६ असोज । रोल्पाको जिल्ला कारागारमा कैदीको अत्याधिक चापँ हुदाँ बस्ने कोठा र शौचालयको अभाव हुन थालेको छ । ३ जना महिला र ५७ जना पुरुष गरी ६० जना बन्दी रहको जिल्ला कारागार भित्र रहेका शौचालयहरु संरक्षणको अभावमा प्रयोग बिहिन भएका छन् । कारगार भित्र रहेका शौचालयहरु प्रयोग बिहिन बन्दै गएपछि बन्दिहरुले प्लास्टिको बाल्टिनमा दिशा पिसाव गर्दै गर्न बाध्य भएका छन् । जिल्ला कारागारमा अहिले ३ वटा पुरुष र १ वटा महिला गरी ४ वटा शौचालय प्रयोगमा छन । शौचालयमा फोहोर बढेर दिशा पिसाव गर्न नमिल्ने भएपछि सरसफाईको लागि पहल भैरहेको जेलर दिवाकर आर्चायले बताउनुभयो । महिला शौचालयमा त्यति समस्या नभएपनि पुरुष शौचालयमा प्रयोग गर्ने कैदीहरुको अत्याधिक चापँ भएपछि बन्द हुने समस्या देखिएको जेलर आर्चायले जानकारी दिनुभयो । दिउसोको समयमा चर्पीको प्रयोग गर्ने बन्दीहरुले रातको समयमा बाल्टीमा दिशा पिसाव गर्नुपर्ने बाध्यता रहेको आर्चायको भनाई छ ।

यसैगरी २०४० सालमा निर्माण भएको कारागार भवन जिर्ण बन्दै गएपछि बर्षाको समयमा पानी चुहिने हुदाँ बन्दीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । कारागार भित्र पुरष तर्फ ६ वटा र महिला तर्फ ४ वटा कोठाहरु छन् । ३ जना मात्र बन्दी भएको महिला आवास तर्फ समस्या नभएपनि ५७ जना बन्दी रहेको पुरुष आवास तर्फ भने समस्या हुदैँ गएको छ । एउटा कोठामा ६ जना मात्र बस्न मिल्ने भएपनि बन्दीहरुको अत्याधिक चापँ भएपछि १० जना सम्मलाई राख्नुपर्ने बाध्यता भएको आर्चायले बताउनुभयो । भवन जिर्ण बन्दै गएपनि सरोकारवाला भने मौन छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले सयम समयमा कारागारको निरिक्षण नगरेको जेलर आर्चाले गुनासो गर्नुभयो । कारागार रोल्पामा बन्दी थपिने क्रम जारी रहेकाले संरक्षणमा सरोकारवालाको ध्यान जान जरुरी रहेकोमा आर्चायले जोड दिनुभयो ।

कारागार रोल्पामा कर्तव्य ज्यान, भगौडा, जवरजस्ति करणी, ज्यान मार्ने उद्योग, जडिबुटी ओसार पोसार, लागुऔषध, पुपक्षका लागि थुनुवा, डाकाँ चोरी लगायतका बन्दीहरु छन् । कारागारमा कर्तव्य ज्यान १९ जना, भगौडा २ जना, ज्यान मार्ने उद्योग १ जना, जडिबुटि ओसारपोसार १ जना, लागु औषध ११ जना, जवर जस्ति करणी १ जना र डाँकाचोरी ३ जना गरी ३८ जना कैदी र ७ जना कर्तव्य ज्यान, जबर जस्ति करणी ३ जना, डाँकाचोरी १२ जना गरी २२ जना पुर्पक्षका लागि थुनुवा रहेका छन् ।

भैसीले एकपटकमा दुईवटा बच्चा जन्मायो
ज्ञानेन्द्र शर्मा रोल्पा २१ भाद्र । रोल्पाको कोटगाउँमा भैसीले एकैपटकमा दुईवटा बच्चा जन्माएको छ । कोटगाउँ ७ कोङा निवासी खडक बहादुर खत्रीको भैसीले एकै पटकमा दुईवटा बच्चा जन्माएको हो । यस अघि भैसीले दुईवटा बच्चा जन्माएको खबर नआएकोले चमत्कारको रुपमा लिइएको छ । मानिस लगायत अन्य पशुहरुले २ वटा बच्चा जन्माउनु सामान्य भएपनि भैसिले दुईवटा बच्चा जन्माएको खबर भने नौलो हो । भैसीले दुईवटा बच्चा जन्माएपछि अवलोकन गर्न स्थानियवासी जम्मा हुन थालेको खत्रीले बताउनुभयो ।

सरसफाई सम्वन्धि अभिमुखिकरण कार्यक्रम
ज्ञानेन्द्र शर्मा रोल्पा २१ भाद्र । राम ज्योति प्राथमिक बिद्यालय खुग्रीं ८ खलसिं रोल्पामा पुर्ण सरसफाई अभिमुकिरण कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका प्रधानाध्यापक बसन्त पुनको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ४ र ५ का बिद्यार्थी , अभिभावक को सहभागिता रहेको थियो । कार्यक्रममा गाउंटोल सरसफाईगर्ने, दिसा पिसाबथर्पिमा मात्र गर्ने बारेमा प्रधानाध्यापक ले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको सन्चालन शिक्षक दिपक पुनले गर्नुभएको थियो भने स्वागत मनतब्य शिक्षिका गिता केसि ले दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष रामलाल पुनले सरसफाई प्रति सबै सचेत हुन आह्वान समेत गर्नु भएको थियो ।

माओवादीमा देखिएको दरार
पटक पटक आन्तरिक विवादको शिकार बन्दै आएको एकीकृत नेकपा माओवादी पूनः विवादमा मुछिएको छ । यतिवेला माओवादीभित्रको आन्तरिक विवाद सडकसम्म छताछुल्ल भएको छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएलगत्तै डेढ महिनाको समय सीमा तोक्दै शान्ति प्रक्रियाको आधार तय गर्ने दृढता व्यक्त गरे । उनको दृढताप्रति थुप्रै अड्कलबाजी तथा आलोचनात्मक टिप्पणी नचलेका भने होइनन् । प्रतिपक्षहरूभन्दा पार्टीभित्रबाटै प्रधानमन्त्री भट्टराईलाई काम गर्न कठिन हुने विश्लेषण गर्नेको एक झुण्ड थियो भने दुई ठूला दल नेपाली काँग्रेस र एमालेको प्रतिपक्षताले भट्टराई नेतृत्वको सरकारका सामु चुनौतिको सगरमाथा ठडिएको टिप्पणी गर्नेको अर्को झुण्ड थियो ।

अन्ततः पार्टीभित्रको आन्तरिक द्वन्द्व ‘इगो’को रूपमा सार्वजनिक भएरै छाड्यो जसले पार्टीलाई मुनाफा दिलाउन सक्दैन, सकारात्मक कदममा निराशा थप्ने काम मात्र गर्दछ । डेढ महिनाभित्र शान्ति प्रक्रियाका महत्वपूर्ण कार्यहरू टुङ्ग्याउने प्रण गरेका प्रधानमन्त्री भट्टराईले जनसेनाका हतियार राखिएका कन्टेनरका साँचो विशेष समितिलाई बुझाउने घोषणा गरेपछि माओवादीभित्र सल्किएको भुसको आगोले चरम रूप लिएको हो । जहाँ प्रधानमन्त्री भट्टराईलाई लक्ष्यको पहिलो सिढीमा लडाउने प्रयास गरिएको छ । डा. भट्टराईले सरकारको नेतृत्व गरेपछि देखिएको जनउत्साह तथा प्रतिपक्ष दलहरूको सकारात्मक अभिव्यक्ति र रचनात्मक सहयोगको आश्वासनले भट्टराईलाई युगले चाहेको प्रधानमन्त्री भन्न सहजै सकिन्छ । नेपाली इतिहासमा सफल अर्थमन्त्रीको भूमिका निर्वाह गरिसकेका डा. भट्टराईलाई आम नागरिक ऐतिहासिक प्रधानमन्त्रीको रूपमा देख्न चाहेका छन् । तर उनको यस्तो अवसर र यात्रालाई तुहाउन  माओवादी उपाध्यक्ष मोहन वैद्य हात धोएरै लागेको घाम जत्तिकै छर्लङ्ग छ । एकीकृत माओवादीमा उब्जिएको यस्तो विवादले उसको चरित्रलाई उदाङ्गो पारेको छ । यसले माओवादीलाई शान्तिकामी र युद्धप्रेमी दुबै पक्षमा उभ्याएको छ । शान्ति प्रक्रियामा आइसकेपछि पनि युद्धको धङधङीमा देखिनु कदापि स्वभाविक बन्न सक्दैन । अन्तराष्ट्रियस्तरमा माओवादीको छविले लिदैं गएको उचाईमा यस्तो क्रियाकलापले केही असर पक्कै पारेको छ । आफ्नै पार्टीको विरोधमा सडकमा उत्रनुले शत्रुको हाँसोभन्दा बढी गर्न सकेन । अझ शान्ति प्रक्रियाप्रति माओवादी नै नकारात्मक रहेको यथार्थताले बलियो रूप लिएको छ । यसमा माओवादीले आफूलाई सन्तुलनमा राख्न सकेन भने ठूलो राजनीतिक घाटा बेहोर्नुपर्ने निश्चित छ ।

माओवादीको अन्तरकलहलाई दुबै पक्षले आ–आफ्नै ढङ्गबाट विश्लेषण गरेका छन् । आ–आफ्नो पक्षको विश्लेषण आफ्नो स्थानमा ठीकै होला तर त्यो कत्तिको जाहेज र उपयुक्त छ भनेर मूल्याङ्कन गर्न सक्नु नै बुद्धिमानी ठहर्छ । आफ्नो विरोधलाई इतिहासमै नयाँ प्रयोग भनेर वैद्यले आफूलाई इमान्दारीको कसीमा उभ्याउने प्रयास गरेका छन् । तर उनको यस्तो स्पष्टोक्तिले शान्ति प्रक्रियाको यात्रालाई न त गतिशीलता दिन सक्छ न त राजनीतिलाई सन्तुलनमा राख्न सक्दछ । पार्टीमा आन्तरिक कलह सबै पार्टीमा हुन्छ नै चाहे त्यो व्यक्तित्वको लडाइ होस् चाहे बिचारको । तर पार्टीको आन्तरिक मुद्दा जे भए पनि जनताको आशा शान्ति प्रक्रियाको टुङ्गोलाई पूरा गर्ने कुरालाई कसैले भुल्नु हुदैन । पार्टीभित्रका आन्तरिक कलहलाई पार्टीमै मिलाएर अन्य शक्तिहरूलाई समेत सहमतिमा लिएर अगाडि बढ्नुको विकल्प माओवादीसँग छैन । माओवादीले आफूले पाएको अवसरलाई सदुपयोग गर्न सकेमा इतिहास रच्न सक्ने सौभाग्य  उसले पाउनेछ । साथै दलहरूमा विद्यमान गुटउपगुटको सनातन राजनीतिक परम्परालाई अन्त्य गरेर अनुकरणीय राजनीतिक परम्पराको प्रारम्भकर्ताको हैसियत पाउनेमा दुईमत छैन । उसको यस्तो साहसले विश्वलाई आदर्श राजनीतिको संस्कार सिकाउनेछ । यस्तो अवसरलाई छोप्ने या गुमाउने, माओवादी संवेदनशील हुनैपर्छ । तत्काल उसले सधैंका लागि यस्तो ताण्डव नृत्य बन्द गर्नै पर्दछ, अन्यथा आफूलाई परिवर्तनकारी भन्नुमा कुनै तुक रहने छैन ।

आदिम के.सी.

kc.aadim@gmail.com

स्थानिय सामुदायिक संस्थाहरुको सक्रियतामा घोडेटो बाटो निर्माण
देबि गुरुङ रोल्पा २१ भदौ । बिकट भौगोलिक क्षेत्र रहेको रोल्पा लाई परिवर्तन गर्दै भौतिक रुपमा बिकसित गराउनका लागी रोल्पालीहरु एक जुट हुन थालेका छन । अनैकौं कार्यमा छुटयाउने बजेटलाई एकिकृत गर्दै गाउं गाउं सम्म आवश्यक पर्ने गोरेटोबाटो, मोटरबाटोमा उनिहरुले रकमलाई लगानि गर्दै बिकासको आधारभुत पुर्वाधारहरु निमार्ण गर्दै छन ।

रोल्पाका बिभिन्न गाबिसमा गठन भएका सामुदायिक संस्थाहरुको सक्रियतामा भौतिक निमार्णका कार्यहरु भईरहेका छन । यसैक्रममा रोल्पाको पाखापानि गाबिस वडा नं ३ स्याला खोलामा गठन भएका ३३ वटा संस्थाहरुले आफनै सक्रियतामा र केहि संस्थाहरुको आर्थिक सहयोगमा ३ किलो मिटरको घोरेटो बाटो निमार्ण गरेका छन ।  भाद्र १६ गतेबाट शुरु गरिएको निमाणर््ा कार्य भाद्र २० गते सम्पन्न भएको हो । उक्त घोडेटो बाटो निमार्ण ेका लागी ७२ हजार बराबरको रकम लगानि भएको छ । २०६७ साल बैसाख १० गते गठन भएका सामुदायिक संस्थाहरुका लागी गरिबि निवारण कोष, बिकास सरोकार समाज डिकोस रोल्पाको बिपन्न मुखि आर्थिक तथा सामाजिक सशक्तिकरण परियोजना ले आर्थिक सहयोग गर्दै उक्तसंस्थाहरुलाई बाटो देखाउने काम गरि राखेको छ ।

३३ वटा सामुदायिक संस्थाहरुका सदस्यलाई जनचेतना प्रवाह गर्दै बिकासको निमार्ण कार्यमा अग्रसर बनाउदै लैजादा स्थानिय बासी खुशी भएको स्थानिय लक्ष्मी मल्लले बताउनुभयो । गाबिसमा छुटयाईने बजेटको मात्र आशा नगरेर स्थानियबासीहरु आफैं सक्रिय भएर लागेमा बिकासका हरेक कार्यमा अगाडि बढन सकिने त्यहांका बासिन्दाको भनाई छ । सरकारको मात्र मुख ताक्नु भन्दा समाज परिवर्तन गर्नका लागी आफैंबाट जागरुक हुनुपर्ने भन्दै स्थानियबासीहरु लागी परेका छन ।

रोल्पाको घोडागाउँमा बाँसको पोलबाट बिद्युत प्रसारण
देबि गुरुङ रोल्पा २० भदौ । रोल्पाको घोडागाउंमा बिगत केहि महिना यता बासंको पोलबाट बिद्युत प्रसारण गरिदै आएको छ । एक बर्ष पहिले काठको पोलबाट बिद्युत सेवा प्रसारण हुदैंआएको थियो । बिद्युत प्राधिकरण शाखाले ५० बर्ष सम्म उक्त पोल रहने सम्भावना देखाएतापनि ६ महिना नहुदै पोल ढलेपछि स्थानिय बासीहरुले आफनै परिश्रमबाट पोल अडयाउनका लागी बासंको पोल बनाई प्रयोग गर्दै आएका छन ।

तार जमिनमा रहने र स्थानियबासीलाई उक्त स्थानबाट हिंडडुल गर्न निकै कठिनाई भएको र तार भएको स्थानमा करेन्ट लाग्ने डर पनि भएको कारणले स्थानिय बासीहरु जोखिम बाट बच्नका लागी बासंको पोल बनाई बिजुलीका तारहरु अडयाउन थालेका छन ।

यस्तो जोखिमपुर्ण समस्याहरु भएता पनि पटक पटक स्थानिय बासीले नेपाल बिद्युत प्राधिकरण शाखा रोल्पामा जानकारी दिदां पनि कुनै कामअघि बढन नसकेको स्थानिय गोपाल गिरिले बताउनुभयो ।

यति मात्रै होईन घोडागाउंमा अन्य बिद्युतका लाईनहरुपनि रुखहरुलाई पोल बनाई बिस्तार गरिएको छ । जडान गरिएका घरघरमा ट्रान्समिटरहरु पनि ब्यवस्थीत तरिकाले नराखेका कारणले स्थानिय बासीहरु निकै चिन्तित भएका छन । मकै बाली बित्रयाउने बेला , जहुं गहुं छर्नेबेला पनि भईसकेकाले खनजोत गर्ने अवस्थामा तारमा लागेर तार चुडिनेहोकि भनेर त्यहांका बासीन्दा त्रसित भएका छन ।

यस्तो समस्याहरु प्रति सम्बन्धित निकाय सम्म पुरयाउनका लागी स्थानिय बासीले आवाज पनि नउठाएका होईनन तर यसप्रति कसैको चासो गएको छैन । उता बिद्युत प्राधिकरण शाखाले पनि छिटै हुनेछ भन्दै पटक पटक त्यहि आश्वासन दिदैं अवरोध सृजना गरिराखेको स्थानिय बासीको गुनोसो रहेको छ ।

पश्चिम रोल्पामा अज्ञात रोगका कारण बाख्राको मृत्यु
ज्ञानेन्द्र शर्मा रोल्पा १९ भाद्र । पश्चिम रोल्पाको रांक गाबिसको वडा नं १ रातामाटामा अज्ञात रोगका कारण एक हप्ता भित्रमा १७ वटा बाख्रा मरेका छन । बाख्रा हरुमा पहिले रयाल छाडने, कालो र पातलो पखाला लाग्ने र पछि मृत्यु हुने गरेको छ । रांक १ खानी का धनिराम राणाका ३ वटा बाख्रा, नरसिंह राणा, तुल बहादुर राणा, फौदे राणाका १ एकवटा बाख्रा , अन्नते राणा, बलबहादुर राणाका एक एक वटा बाख्रा, फलिमान राणाका २ वटा, मोपे वलिको १ वटा, मनबहादुर खडकाको १ वटा, यसैगरि रातामाटा टोलमा नन्द बहादुर खडका, महेन्द्र खडका, तेजबहादुर खडका, तुल बहादुर केसि का एक एक वटा बाख्रा र  आशाराम केसिको एउटा भैंसी मरेको छ ।

नजिक पशुसेवा कार्यालय नभएकोे र बेलैमा पशुको उपचार गराउन नसकेको कारणले बिरामी बाख्रा हरुको संख्या ५० पुगेको छ । यसरी अज्ञात रोगको कारण ले बाख्रा मरेपछि कृषकहरु निकै चिन्तित भएको स्थानियवासी राजेन्द्र राणाले बताएका छन ।

रोल्पामा धमाधम शौचालय निर्माण गरिदैँ
ज्ञानेन्द्र शर्मा रोल्पा १९ भाद्र । सन २०१६ सम्म जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने उद्देश्यले रोल्पामा शौचालय निर्माण कार्यलार्ई तिव्रता दिइएको छ । गाउँगाउँमा जनचेतना फैलाउने उद्देश्यले रोल्पामा शौचालय निर्माण कार्यलाई तिब्रता दिइएको हो । शौचालयमा दिशा पिशाव गर्ने बानी बसाले रोगहरुबाट बच्न सकिने र घर वरपरको बातावरण स्वच्छ र सफा हुने भएकाले पनि शौचालय निर्माण गर्नेहरुको संख्यामा बिस्तारै बृद्धि हुदैँ गएको छ ।

गाउँ गाउँमा बिस्तारै जनचेतना फैलन थालेपछि बिभिन्न संघ सस्थाको आर्थिक एवं प्राविधिक सहयोग र स्थानियवासीले सयुक्त जनश्रमदान गरी शौचालय निर्माण गर्न थालेका छन् । रोल्पाको कोटगाउँलाई नेपाल रेडक्रस सोसाईटी उपशाखा रोल्पाको आर्थिक सहयोग र स्थानियवासीको सयुक्त जनश्रमदानमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको थियो भने । जंकोट गाबिसको बडा नम्वर ३,४ र ५ मा पनि शौचालय निर्माण गरिएको छ । जंकोट गाबिसको वडा नम्बर ३,४ र ५ वडाहरुमा ६२ वटा शौचालय निर्माण गरी सोमबार लेखापरिक्षण गरी समुदायलाई हस्तान्तरण गरिएको छ । मर्लिन नेपाल रोल्पाको आर्थिक सहयोग, ग्रामिण पुन निर्माण सस्थाको प्राविधिक सहयोग र स्थानियवासीको जनश्रमदानबाट शौचालय निर्माण कार्य सम्पन्न भएको हो ।

मर्लिन नेपाल रोल्पाको ४ लाख ७५ हजार ५ सय ७४, समुदायको ८ लाख ७० हजार ९ सय ३२ र ग्रामिण पुर्न निर्माण सस्थाको प्राबिधिक सहयोगमा शौचालय निर्माण भएपछि जंकोटका ६२ घर परिवार लाभान्वित हुने भएका छन् । कुल बहादुर बुढा मगरको सभापतित्वमा सम्पन्न लेखा परिक्षण कार्यक्रम माओवादी मगरात राज्य समिति सदस्य पूर्ण प्रकाश घर्ती, शौचालय निर्माण समितिका अध्यक्ष पूर्ण प्रकाश पुन, आइत बहादुर परियार, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष अमरसिङ घर्ती मगर, माडी युवा क्लवका खिम बहादुर घर्ती मगर, उपस्वास्थ्य चौकीका इन्चार्ज किशोरी शाह, प्राबिधिक बसन्त गौतम लगायतको सहभागिता रहेको थियो ।