पुर्बजनसेनाको प्रश्न: ओली ज्यु तपाईं नेपालको प्रधानमन्त्री हो कि भारतको हो?

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु तपाईं नेपाल को प्रधानमन्त्री हो कि? भारत को प्रधानमन्त्री हो? कि सत्ता टिकाउन भारतको इसारा मा चल्ने नक्कली राष्टबादी प्रधानमन्त्री त होइन?

आज यो प्रश्न को उत्तर ३ करोड नेपाली जनताले खोजीरहनु भएको छ, त्र यस प्रश्न को जवाफ सहि ढंगले दिनु सक्नु भएको छैन उखान टुक्का को भर मा र भारत सँग लम्पसार पर्दैमा यो मुलुक चल्दैन।

प्रधानमन्त्री ज्यु अहिले तपाइले ३ करोड नेपाली जनताको स्वस्थ्य प्रती खेलवाड गर्दै, भारतको दवाबमा परेर बिषादी फलफुल तरकारी खाद्यान्न परिक्षण नगरी नेपाल भित्राउने अनुमती दिनु भयो के यो जायज निर्णय होर?

भारतले कुनै चिज सित्तैमा दिएको पनि होइन नेपाली जनता बाट उठाएको करबाट पैसा तिरेर ल्याउने फलफुल तरकारी परिक्षण गर्नु पाउनु नेपाली जनताको नैशिक अधिकार हो, जनताको अधिकार माथी प्रतिबन्ध लगाउने अधिकार कस्ले दियो प्रधानमन्त्री ज्यु?

केपि सरकार ले यो निर्णय फिर्ता नलिए आफ्नो स्वस्थ्य लाई स्वस्थ राख्न को लागि आम नेपाली जनता सडकमा उत्रनुको बिकल्प छैन सरकार ले गरेको गलत निर्णय प्रती बहिर्गमित जनमुक्ती सेना नेपाल घोर भर्शना गर्दछ भारतबाट आयात गरिएका फलफुल तरकारी परिक्षण गरि नेपाल भित्र भित्राउने बाताबरण सृजना नेपाल सरकारले नगरे,भारत बाट भित्रीने बिषादी फलफुल तरकारी गाडी माथी बहिर्गमित जनमुक्ती सेना नेपाल ले प्रतिबन्ध लगाउने छ यदि अटेरी गरे ध्वस्त बनाइन्छ, यसको जिम्मा केपि सरकार ले लिनु पर्छ।

बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रीय
संघर्ष समिती २०६८
राजन थापा (सुवास) महासचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *