जाऊ आर्यघाटमा गई नियालेर हेर ! रुदैनन् कहिले जल्नेहरु ! : हिमानी शाह

काठमाडौं, २५ असार । पूर्व युवराज्ञी हिमानी शाहका फेसवुक स्टाटस निकै मार्मिक हुने गरेका छन् । उनले केही दिन यता निकै मार्मिक स्टाटस फेसवुकमा लेख्न थालेकी छन् ।

हिमानीको नाममा सञ्चालित फेसवुक पेजमा मर्मस्पर्शी स्टाटस लेखेको देखेपछि त्यसमा निकै धेरै कमेन्टहरु पनि आउन थालेका छन् । उनले लेखेको स्टाटस केही बेरमै भाइरल हुन थालेको छ ।

केही दिन अघि श्रीमानको मायाका बारेमा लेखेको फेसवुक स्टाटस भाइरल भएको थियो । अहिले फेरी उनको फेसवुकमा रहेको अर्का स्टाटस भाइरल भएको छ । पुर्व युवराज्ञी हिमानी शाहले लेखेको भावुक स्टाटस मृत्युसंग जोडेर लेखेकी छन् । जुन यस्तो छ ।

उनको यो गम्भीर भनाइलाई लिएर उनका फ्यानहरुले विभिन्न क्रिया प्रतिक्रिया जनाएका छन् । १२ हजार भन्दा बढीले लाईक गरेका छन् भने ४ सय ४० बढी कमेन्ट गरिएका छन् । त्यस्तै ५ सय बढीले सेयर गरेका छन् ।

हिमानीले लेखेको स्टाटसमा केहीले प्रेरणादायी ओजस्वी वचनका लागी साधुवाद लेखेका छन् भने केहीले सत्य वचनको हार्दिक स्वागत, हार्दिक शुभकामना समेत लेखेका छन् ।

त्यसो त केही दिन अघि उनकी छोरी पूर्णिका शाहले पनि हजुरबुबा अर्थात पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसर पारेर मनछुने कविता समेत लेखेकी थिइन् ।

हिमानी शाह

नेपालकी पूर्व युवराज्ञी हुन्। यिनी पूर्व युवराज पारस शाहकी श्रीमती हुन्। उनको जन्म १ अक्टोबर, १९७६ मा भएको थियो ।

हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन्। यिनको तत्कालिन शाहज्यादा पारस सँग विवाह भएको थियो। हाल विभिन्न सामाजिक कृयाकलापमा संलग्न हिमानी छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई साथमा लिएर नेपालमा बस्दछिन्।

पूर्वयुवराज्ञी हिमानी शाह सुन्दरता र शालिनताको कारणले नेपालीहरू बीच चर्चित रहेकी छिन् । कान्तिपुर साप्ताहिकको प्रकाशन साप्ताहिकले गर्ने वार्षिक सर्वेक्षणमा यो वर्ष हिमानी नेपालको सबैभन्दा आकर्षक महिलाहरूको सूचीमा सबैभन्दा माथि एक नम्बरमा रहेकी छिन् ।

हिमानीको परिचय दिँदै साप्ताहिकमा लेखिएको छ ः अग्लो सिलित्त परेको जीउडाल, गोरो लाम्चो अनुहार र त्यसमा विशेष गरी बुनिएको बब शैलीको केस राशिमा पूर्वयुवराज्ञी हिमानी शाह परीझैँ देखिन्छिन् । ४३ वर्षको उमेरमा पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन । प्रायः सारी, चोलोमा सार्वजनिक हुने हिमानीको हृदयस्पर्शी मुस्कानका प्रशंसक लाखौँ छन् ।

राजस्थानको पूर्वराजधिरासँग सम्बद्ध भएपनि काठमाडौँमा जन्मिएर यही हुर्किएकी सदाबहार सुन्दरी हिमानीको शालिनता एवं नम्र व्यवहारले सबैलाई मोहित तुल्याउँछ । हिमानी ट्रष्टमार्फत गर्ने समाजसेवाले उनको व्यक्तित्वलाई थप उचाइमा पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *