किन फ्लप भए सुपरस्टार !

अनमोल केसीलाई मेगास्टार भन्ने÷नभन्ने विवाद चुलीमा छँदै छ । एउटा कार्यक्रममा उद्घोषकले उनलाई स्टेजमा बोलाउने क्रममा मेगास्टार भनिदिएपछि मिडियामा यसले चर्चा पायो । अनमोल मेगास्टार हुन् कि होइनन् भन्ने बहस सुरु भयो । तर, यो बहस सेलाउन नपाउँदै दयाहाङ राईको ‘आप्पा’को गीत सार्वजनिक भयो । यसमा दक्षिण भारतका हिरोलाई चिनाएजस्तो दयालाई पनि सुपरस्टार भन्दै गीत सुरु गरियो ।

कलाकार आफैँले धान्न नसक्ने उपाधिको औचित्यमाथि बहस भइरहँदा दयालाई दिएको यो उपाधिमाथि पनि कटाक्ष चल्दै थियो । तर, फिल्मको बक्स अफिसको नतिजाले यसको सालाखाला उत्तर दिएको छ । अघिल्लो हप्ता रिलिज भएको फिल्म एक हप्ता पनि नटिकी हलबाट उत्रिसकेको छ ।

१७ वटा फिल्म लगातार नाफामा गएपछि भारतमा राजेश खन्नालाई सुपरस्टार भनिएको थियो । त्यसयता भारतमा पनि कसैले उनको कीर्तिमान तोड्न सकेनन् । तर, नेपालमा यस्ता उपाधि यति सस्ता छन् कि निर्माता–निर्देशक मन मरेको जो कलाकारलाई जे पनि भनिदिन्छन् । तर, दुःखको कुरा, कलाकार पनि यसमा नाइँनास्ति गर्दैनन् । ‘आप्पा’मा दयाहाङ सुपरस्टार थिए, तर उनै सुपरस्टारको फिल्मको हलमा एक सो पनि हाउसफुल भएन । हामीलाई त यो देखेर कुरीकुरी लागेको छ, दया र आप्पाका निर्माता–निर्देशकलाई लागेको छ कि छैन, कुन्नि ?

निर्माता छबिराज र शिल्पाबीचको विवाद टुंगियो, दुवैबीच मिलापत्र

निर्माता छबिराज ओझा र उनकी पत्नी नायिका शिल्पा पोखरेलबीचको विवाद टुंगिएको छ। बिहीबार महानगरीय प्रहरी परिसरमा दुई घन्टा लामो छलफलपछि छबि-शिल्पाबीचको विवाद मिलापत्रमा टुंगिएको हो।

दुबैबीच सहमतिपत्रमा हस्ताक्षर भएको प्रवक्ता होबिन्द्र बोगटीले बताए। उनका अनुसार चार दिनअघि शिल्पाले छबिबाट शान्ति सुरक्षामा चुनौती रहेको भन्दै परिसरमा उजुरी दिएकी थिइन्।

‘शिल्पाको शान्ति सुरक्षामा आँच पुग्ने कुनै पनि कार्य नगर्ने उहाँ (छबि)ले प्रतिबद्धता जनाउनु भएपछि मिलापत्र भएको हो,’ बोगटीले भने।

२०७३ सालमा सुटुक्क बिहे गरेका दुबैबीच अहिले हार्दिकतापूर्ण सम्बन्ध नरहेको बताइँदै आएको छ। शिल्पा छबिले भित्र्याएकी चौथी श्रीमती हुन्। नायिका रेखा थापासँग पारपाचुके भएसँगै उनको स्थानमा छबिले शिल्पालाई ‘इन्ट्री’ गराएका थिए। सुरुमा निर्माता-नायिकाको व्यावसायिक हुँदै उनीहरुको सम्बन्ध बिहेमा परिणत भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *