रुपा-कृष्ण लागे समाज सेवामा: क्यान्सर पिडित धर्मलाई सहयोग गर्न गरे अनुरोध

सामाजिक संजालमा निकै चर्चित जोडी रुपा मगर ओली र कृष्ण ओली सामाजिक सेवामा पाइलो चाल्न थालेका छन् ! आफ्नो उपचार सफल भएपछी सामाजिक सेवामा क्रियाशील रहने बाचा गरेका कृष्ण र रुपा अरु दुखि गरिबहरुको सेवामा सक्रिय हुन थालेका हुन् ।

यसै शिलशिलामा ललितपुरका क्यान्सर पिडित धर्म ओलीलाई रुपा कृष्णले उपचारका लागि आर्थिक सहयोग गरेका छन् ! बिगत लामो समय देखि क्यान्सर पिडित रहेका ओलीलाई आर्थिक अभाबका कारण उपचार गर्न समस्या परिरहेको बेला उनीहरुले आर्थिक सहयोग गरेका हुन् ।

उनको उपचारका लागि रुपा र कृष्णले ५० हजार आर्थिक सहयोग गरेका छन् । आर्थिक अबस्था निकै कम्जोर भएकाले सहयोगी मनहरुलाई सहयोग गर्न रुपा मगर ओलीले आग्रह गरेकी छिन ।

क्यान्सर पिडित धर्म ओली बिगत मङ्सिर देखि नेपाल क्यान्सर हस्पिटलमा उपचार गरिरहेका छन् ! ३ वटा अपरेसन गरेर पाँचौ किमो चधाउदा थुप्रै खर्च भएको पिडितकि श्रीमतीले बताइन ।

रुपाले सहयोग रकम हस्तान्तरण गर्दै भनिन, जसरि हामीहरुलाई सहयोग गरेर नयाँ जिबन दिनु भयो त्यसैगरी क्यान्सर पिडित धर्म दाईलाई पनि सहयोग गर्न अनुरोध गर्दछु’ ।

सहयोग गर्न चाहाने मनकारीहरुले आफुलाई सम्पर्क गर्न पनि रुपाले बताएकी छन् । धर्म ओलीलाई सहयोग गर्न चाहानेले रुपा मगर ओली संग सम्पर्क गर्न सक्नु हुनेछ ।

जनयुद्दका सिपाही थिए क्यान्सर पिडित धर्म वली 

पश्चिम रुकुम सानो भेरी गाउँपालिकाका ३५ बर्षे धर्म राज ओलीको क्यान्सर कारण उनको लिङ्ग काटिएको छ ! उनलाई क्यान्सर भएको गत मंगसिर देखि थाहा भएको थियो ।

त्यसअघि १० बर्षे जनयुद्द ताका अर्घाखाँचीमा भएको सरकार र बिद्रोही माओबादि बिचको भिडन्तमा उनको संबेदनसिल अंगको नजिकै बमको छिर्का लागेको थियो । त्यहि घाउबल्झिदा क्यान्सर भएको हुनसक्ने ओलीले बताउछन ।

जब क्यान्सर लागेको पत्ता लाग्यो तब पिसाब गर्ने ठाउनै नराखी अपरेसन गरिएको छ ।

रुकुमका ओली १० बर्षे सस्त्र जनयुद्दका सिपाही हुन् ! उनका बुबा बेपता भएको आज २१ बर्ष भएको छ । ओली भन्छन, ‘म रुकुम जन्मनु भाग्यको दोष थियो होला, कलिलो उमेरमा मेरो समय जनयुद्दमा बित्यो, त्यसपछि अहिले क्यान्सरले थला परे ।’

उनका एक श्रीमती संगै दुइ वटा बच्चा छन् । बृद्द आमा छन् । आमा घरमा एक्लै छन् । २१ बर्ष देखि आमा एक्लै हुनुहुन्छ, बुबा अझै भेटिनु भएन, उनले इन्द्रेणी कार्यक्रममा रुँदै सुनाए । बुबा इन्डिया जान्छु भनेर हिड्नु भएको अहिले सम्म नफर्किएको बताए ।

यस्तै होनाहार युद्दाहरुको त्याग तपस्याले जनयुद्दका नेताहरु सिहदरबार छिरे तर प्रत्यक्ष लडेका योद्दाहरू अलपत्र परेका छन् । शरीरको क्यान्सरको उपचार नपाएर तड्पी रहेका छन् । यो सब गरिबीको कारण हो । जनताले दिएको बलिदानीमा आफ्नो पदपूर्तिमा कुर्सिको भागबण्डामा लगाए । वास्तविक गरिबहरुको मुद्दालाई सम्बोधन गर्न सकेनन ।

हिजो हामि जसका लागि लडेका थियौ, उनैहरु आज बिचल्लीमा परेका छन् । यो देशको राज्य ब्यबस्था हुने र खानेहरुका लागि मात्रै भयो ।

जनयुद्दका नेताहरु दरबार तिर लागे सिपाही धर्महरु खाडी तिर लागे । परिवर्तनको मुद्दा बोकेको जनयुद्द बिचैमा अलमल्लिए पछि धर्म ओली जिन्दगीको जोहो गर्न साउदी पुगे । अब बाँचुन्जेल उनको आफ्नो परिवारलाई खुसि दिने ध्येय बोकेर परिवर्तनको सपना बोकेको देश छोडेर परायाको गुलामी गर्न उडे ।

तिनै देश बनाउछु भनी हिडेका योद्दा आज मृत्युको मुखमा जिबन संग खेलिरहेका छन् ।

उनको क्यान्सर नियन्त्रणका लागि किमो भैरहेको छ । ३ वटा अप्रेसन भएका छन् । धर्म काठमान्डौको ललितपुरमा बस्छन तर घरको भाडा तिर्ने रकम नभएर घरबेटीले पनि केहि दिनका लागि फ्रीमा बस्न भनेका छन् ।

उनको क्यान्सर शरीर भित्र छिरी सकेको छ । सम्भबत निको नहुने अबस्थामा पुगेको छ । तै पनि उनको उपचारका लागि संसार भरका सहयोगी हातहरुले सहयोग गरिरहेका छन् । आशा कुमारी वली निकै भावविह्वल छिन । उनि दिन रात रुँदै हारगुहार गरिरहेकी छन् । आशाले आफ्नो श्रीमानलाई बचाउन २० लाख धेरै खर्च गरिसकिन तर सन्चो हुने अबस्था छैन । उनि श्रीमानलाई बचाएर घर फर्काउन चाहान्छिन । उनले भन्छिन, श्रीमानलाइ बचाएर लान्छु कि भन्ने आशा छ, अहिले सम्म २० लाख ऋण लागेको छ । श्रीमानलाई सन्चो हुने दिन कुर्दा कुर्दै आशाहरु नै मरिसके । अब म के गरु । भन्दै भक्कानिएर रोइन ।

यिनै पिडित ओलीका लागि रुपा मगर ओलीले सहयोगको अपिल समेत गरेकी छन् ।

हेर्नुहोस कारुणिक भिडियो:

यो पनि पढ्नुहोस

अरुको लाख भन्दा प्यारो छ रुपा तिम्रो न्यानो माया

स्वर सम्राट स्वर्गीय नारायण गोपालले त्यसै यो गित गाएका होइनन, ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’।

साँचै रुपाको मायाले कृष्णको जिन्दगीमा फरक पारेको छ । रुपाको निश्चल मायाले कृष्णको जिबन फेरिएको सत्य हो । सायद रुपाको माया अपुरो हुन्थ्यो भने कृष्ण आज आँशुको भेलमा पौडी रहेका हुन्थे । बेसहारा जिबन बाँची रहेका हुन्थे ।

तर एउटा नारीको मायाले आज धेरै फरक पारेको छ । मायाको प्रति मुर्ति हुन् रुपा र कृष्ण । मायामा धोका खानेहरुका लागि रुपा र कृष्णको जिन्दगि एउटा पाठशाला हो ।

कुलेश्वरस्थित जनमैत्री क्याम्पसनजिकै डेरामा बस्ने रहेछन् कृष्ण वली, हजुरआमाको साथमा । २ बजे उनको डेरामा पुग्दा ७ वर्षीय मामाको छोरासँग ओछ्यानमा पल्टिएर काटुर्न हेरिरहेका थिए उनी । हामी पुग्ने बित्तिकै ‘ए आइपुग्नुभयो भयो’ भन्दै ओछ्यान नजिकैको सोफा देखाएर बस्न भनी अगाडि फर्किए । केही बेरपछि अर्काे कोठाबाट आइन् रुपा वली । उनी श्रीमान् सुतेको ओछ्यानको छेउमा ओढ्ने ओढेर बसिन् ।

२१ वर्षका कृष्ण अनि २० वर्षकी रुपा । यी यिनै जोडी हुन् जुन अहिले भाइरल छन् । भाइरलको कारण कृष्णप्रतिको रुपाको प्रेम समर्पण । दुर्घटनामा परेर दुई हात र एक खुट्टा गुमाए । उमेरमै श्रीमान् यस्तो कहालीलाग्दो दुर्घटनामा परे पनि रुपाको कृष्णप्रतिको प्रेमभाव हटेन, थप बढ्यो । यी दुवै जोडीको कथाले धेरैको मन पगाल्यो ।

बिहेको दिनकै भोलीपल्ट कृष्णको २ हात र १ खुट्टा काटियो । अनि रुपालाई आफन्तले अर्कैसँग बिहे गरेर जा भने तर हात खुट्टा गुमाएका कृष्णलाई एक्लै छोडेर रुपा कतै जान सकिनन् । बरु कृष्णसंगै जिउने र मर्ने रुपाले कसम खाईन ।

त्यसपछिको उनीहरुको कठिन जिबन संघर्षले नयाँ मोड लियो । फलस्वरुप आज कृष्णले हातखुट्टा पाए । ३७० दिनको कठोर संघर्ष र रुपाको प्रगाढ माया भित्र विश्वभर रहेका मनकारी सहयोगी दाताहरुको कारण आज कृष्णले नयाँ हात र खुट्टा पाएका छन् ।

३७० दिनको कठोर सङ्घर्ष पछि कृष्ण ओली आफ्नै खुट्टाले हिडन थालेका छन् । दुख र पिडाको बिचको उनीहरुको जिबनले नयाँ मोड लिनुमा संचारकर्मी तथा कलाकार शिशिर योगीलाई श्रेय जान्छ । सायद यो घटना उनले बाहिर ल्याउदैनथे भने कृष्णले नयाँ हात र खुट्टा पाउने थिएनन होला ।

यतिबेला रुपा मगर र कृष्ण ओलीको बैबाहिक जिबनले २ बर्ष पार गरेको छ । त्यहि बर्षगांठको उपलक्ष्यमा शिशिर भण्डारीले कृष्ण र रुपाको कारण आफु पनि भाग्यमानी भएको बताए ।

रुपा र कृष्णको बैबाहिक जिबनले २ बर्ष पुरा भएको एनिभर्सरीको दिन शिशिर भण्डारीले भने, ‘म भाग्यमानी थिएँ , जस्ले यो समयका मुना र मदन जस्तै जोडीको कथा बाहिर ल्याउन पाएँ । मैले जीवनमा केहि गरें जस्तो लाग्यो, तिमीहरुको दुखको सारथी बन्न पाएँ । हामीले त हौसला दिने मात्रै हो, जीवनका कठिन र सरल बाटोहरु तिमीहरुले नै हिड्नु छ । यो माया, साथ र बिश्वास कहिल्यै नटुटोस भाई कृष्ण र बहिनी रुपा । तिमीहरुको बैवाहिक जीवन २ बर्ष पुरा भएकोमा मुरी मुरी शुभकामना ।’

त्यो कालो दिन ‘२०७५ जेठ २५’

रुपा काठमाडौँमा बसेर नर्सिङको तयारी गरिरहेकी थिइन् । कृष्ण पेसाले सिभिल इन्जिनियर । उनी एक कम्पनीमा काम गर्थे । कामको सिलसिलामा उनी दाङ पुगे । उनले पढेको इलेक्ट्रोनिक्ससम्बन्धी नै थियो । उनी मिटर बन्द गरेर काम गरिरहेका थिए, थाहा नपाएर उनका सहकर्मीले मिटर अन गरिदिए ।

‘त्यो मेरा लागि कालो दिन हो ।, ‘कृष्ण भन्छन्, ‘जब हात खुट्टा जले त्यो सँगै हामीले बुनेका सपना पनि जले ।’ उनले पुलुक्क रुपातिर हेरे ।

‘के गर्नु त जे हुनु थियो त्यो भएर नै छाड्छ’ रुपाले भनिन्, ‘बितेको कुरालाई किन सम्झिन्छौ र ?’ उनले श्रीमान्को अनुहार हेर्न सकिनन् झ्यालबाट बाहिर हेरिन् ।

दुर्घटनामा उनको बायाँ हात पूरै जल्यो । बायाँ खुट्टा, दायाँ हात र खुट्टामा पनि करेन्ट लाग्यो ।
उनी केही बेर बेहोस भएछन् । ब्युझिँदा वरिपरि साथीहरु त थिए तर आत्तिएर एम्बुलेन्स बोलाउने भेउ नै पाएनछन् । कृष्ण आफैँले फोन गरेर एम्बुलेन्स मगाए । दाङमा नजिक उनको उपचार सम्भव हुने अस्पताल थिएन । उनी पुगे भारतको लखनउ ।

दुर्भाग्य, त्यहाँ पुग्दा धेरै ढिला भइसकेको थियो । समयमै पुगेको भए उनको एक हात मात्रै गुम्थ्यो, इन्फेक्सनका कारण उनले दुवै हात र बायाँ खुट्टा पनि गुमाए ।

काठमाडौँमा बसेर नर्सिङको वृजकोर्ष गरिरहेकी रुपाले कृष्णलाई लखनउ अस्पतालमा पु¥याएको सुनेपछि बोल्नै सकिनछिन् ।

‘म त पूरै ब्ल्याङ्क थिए’, रुपाले भनिन्, ‘के गर्ने के नगर्ने भन्ने पत्तो नै पाइनँ । परिवारमा ऋण धन गरेर अस्पताल पुगेँ । जब उसलाई देखेँ झन् बढी माया लागेर आयो । धैर्य गुमाउनु हुन्न भन्ने भयो ।’

१८ दिन लखनउको अस्पतालमा बसेर फर्किएपछि पैसाको अभाव सुरु भयो । उपचार जारी नै थियो । कमाउने व्यक्ति ओच्छ्यान परिसकेका थिए । उनीहरुको अवस्थाबारे शिशिर भण्डारीले भिडियो बनाएर युट्युबमा अपलोड गरिदिए । मनकारी नेपालीले उनलाई उपचार खर्चको जोहो गरिदिए । कृष्ण आफ्नो गुमेको शरीरको अंग कृत्रिम रुपमा भने पनि फर्काउन चाहन्छन् । अहिलेसम्म डेढ करोड जति उठिसकेको छ रे । कति लाग्छ एकिन छैन रे ।

कालो विगत कोट्याएकाले होला कोठाको माहोल केही शान्त भयो । दुवैको अनुहार मलिन ।
‘तपाईंहरु दुईबीचको प्रेम सम्बन्धलाई दुनियाँले प्रशंसा गरेका छन् । अब तपार्इंहरुको प्रेमबारे कुरा गरौँ है ?’

फोटोपत्रकार कृष्पा श्रेष्ठले माहोल बदल्ने प्रयास गरिन् ।

‘कृष्ण पे्रमको कुरा गर्ने हो र ?’ कृष्ण रुपालाई हेर्दै मुस्कुराए । माहोल हल्का बदलियो ।
कीर्तिपुरको डाँडा साक्षी

कृष्ण रुकुममा जन्मिए रुपा काभ्रेमा । जन्मस्थान फरक भए पनि व्यवहार भने दुवैको उस्तै प¥यो । दुवैका बुबाले आमालाई छाडे । आमाले उनीहरुलाई । दुवैले मामाघर बसेर पढ्नु पर्यो ।

रुपाले मकवानपुरमा रहेको मामाघरमा केही समय बसेर पढिन्, कृष्ण काठमाडौंमा रहेको मामाघरकै हजुरआमासँग बसे ।

दुवैको भेट जनसेवा माध्यमिक विद्यालय कीर्तिपुरमा भयो । दुवैको कक्षा एउटै भए पनि सेक्सन भने फरक थियो । बिस्तारै दुवै नजिकिँदै थिए । उनीहरु भेट भएको बेला आफ्ना घरपरिवारका कुरा गर्थे ।
‘सुरुमा त म अचम्मैमा परेको घरको कथा उही,’ रुपाले भनिन्, ‘आमाबाको अवस्था पनि उही सायद त्यसैले हामीलाई नजिक बनायो ।’

२०७० को अन्तिमतिर उनीहरु घुम्न कीर्तिपुरको डाँडामा गएका थिए । त्यहीँ उनीहरुले जीवन सँगै बिताउने वाचा गरे ।

रुपाले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढिन् भने कृष्णले सिभिल इन्जिनियर पढे । दुवैको पढाइ मध्यमस्तरको । उमेर किशोर काल मात्र पार गरेको थियो, डेढ वर्षअगाडि रुपाको मामाघरमा विवाहको कुरा चल्यो । उनले सकेसम्म छल्ने कोसिस गरिन् तर सकिनन् । आखिरमा जोसँग मन साटिएको थियो उसैसँग भागिन् र फुटुङमा लुकेर बसे ।

अन्तर्जातीय–अन्तर्धार्मिक

रुपाको घरमा क्रिश्चियन धर्म मान्ने । कृष्णको हिन्दू धर्म । दुवैको जात पनि फरक । जातले त त्यत्ति असर पारेनछ तर रुपाको परिवारले धर्मबारे भने निक्कै कचकच गरेछन् ।

‘मैले त भस्मै गाली खाए नि, रुपाले भनिन्, ‘अब केटालाई नि क्रिश्चियन बनाउनु पर्छ भनेका थिए ।’ उता कृष्णलाई भने उनका दाइले सहयोग गरेछन् ।
दुवैको हिन्दू संस्कारअनुसार विवाह भएछ ।

हाम्रो कुरा सुनेर बसिरहेकी कृष्णकी हजुरआमा मोती केसीलाई सोधे ‘नातिले रुपासँग विवाह गरेर ल्याउँदा केही भन्नुभएन ?’

उनले मज्जाले हाँस्दै भनिन्, ‘आफूले मन पराएको मान्छेसँग विवाह गर्दा के भन्नु र ? । रुपा मगर भन्ने पनि थाहा थियो र यिनको माया छ भन्ने पनि थाहा थियो । मैले त घर गएर विवाह गराओ भनेर भाडा दिएर पठाएको ।’

चर्किएको त्यो सपना

दुवैले विवाह गरिसकेपछि एउटा सपना बुने । कृष्ण सिभिल इन्जिनियरको काम गर्र्दै रहने । रुपाले नर्सिङ पढ्ने र अस्ट्रेलिया जाने । तर जसै कृष्णको दुर्घटना भयो सपना फेरियो ।

‘उसले छात्रवृत्तिमा नाम पनि निकालेकी थिइन्,’ कृष्णले रुपातिर हेर्दै भने, ‘मैले त पढ्न जाउ मलाई हजुरआमाले हेरिहाल्नुहुन्छ भनेको थिएँ । तिमीलाई छोडेर जान्न भनेर मान्दै मानिनन् ।’
कृष्णले बोलिरहँदा चुपचाप सुनिरहेकी रुपाले आफ्नो मौनता तोड्दै भनिन्, ‘कसरी छाडेर जानु । केही बेर काम परेर बैंकमा जाँदा त के गरिरहेको होला भनेर अत्यास लाग्छ ।’ उनका आँखा रसाए । पुलुक्क कृष्णतिर हेरिरहिन् ।

केहीबेरमा चिया आयो । कृष्ण र रुपाले एउटै कपमा चिया लिए । घरि रुपाले पिइन्, घरि कृष्णले ।
वाह ! यो माया

उनीहरुसँग भेट्दा रुपा त्यत्ति कुरा गर्ने मुडमा थिइनन् । भन्दै थिइन्, ‘आज बोल्ने मुडै छैन ।’
टेलिफोनमा कुरा हुँदा राजी नै थिएँ ।
‘किन र ?’

उनले भनिन्, ‘रातभर निद्रै परेन । थाकेको जस्तो भइराखेको छ ।’

कृष्णको हेरविचारमै उनको दिन बित्दो रहेछ । बेलुका पनि केही पो प¥यो कि भन्ने लाग्ने रहेछ । उनी मस्त ननिदाएको धेरै भएछ ।

‘उसको हरेक काम गर्दा आफ्नै काम जस्तो लाग्छ,’ रुपाले भनिन् ।

कृष्णलाई भने कतै मेरो कारण उनको जिन्दगी त बर्बाद भइरहेको छैन भन्ने लाग्दो रहेछ । ‘मैले गर्दा तिम्रो जीवन बर्बाद भयो भन्ने गर्छु,’ कृष्णले भने, ‘उनी म जे गर्छु तिम्रो साथमा गर्छु छोडेर जा नभन्नु भन्छिन् ।’

दुर्घटनापछि कृष्णको शारीरिक अवस्था फेरियो । रुपालाई यही बेला मन भड्काउने प्रयास पनि भएछ ‘यसरी त कति समय सँगै बस्न सकिन्छ र’ भन्दै । उमेर भर्खरै । जीवन सुरु नै नहुँदा आएको आपत थेग्न सक्दिन भन्ने पनि रहेछन् ।

‘धेरैले मलाई छाडेर जान्छे होला भनेछन् । कसैले अप्रत्यक्ष रुपमा अर्काे विवाह गर्ने भने, ‘रुपाले भनिन्,‘ छोड्ने त के, एकछिन पनि ऊ बाट टाढा हुनै सक्दिन । उसको हात खुट्टा नभए पनि मलाई माया गर्ने मन त छ । मलाई रुपा भनेर बोलाउने बोली उस्तै छ । मायालु नजरले हेर्ने बानी उस्तै छ ।’

कृष्ण भने विरक्तका देखिए । मन सम्हाल्नु पनि कसरी । सग्लो शरीर त्यस्तो भएपछि । तर सहनुको अर्को विकल्प पनि छैन ।

‘हरेक काम उसैलाई गराउनुपर्दा साह्रै नरमाइलो लाग्छ,’ कृष्णले भने, ‘शरीर चल्न छाडेपछि दिमाग बढी चल्दो रहेछ । रुपा नजिकै भए पनि कहिलेकाहीँ ह्याङ्गरमा भएको ज्याकेट कसरी झिक्ने होला भनेर सोचिरहेको हुन्छु । आफैँ गएर झिक्न कोसिस गर्छु । तर सक्दिन ।’

‘राति ढोका नलाई सुत है भन्छु । दुवै केटाकेटी छन्, ‘कृष्ण बोल्दाबोल्दै उनकी हजुरआमाले भनिन्, ‘रुपा दिनभरि काम गर्दा थाकेकी हुन्छे । राति ओढ्ने फाल्छन् । अनि म गएर ओढाइदिन्छु ।’

‘एकअर्कालाई यति धेरै प्रेम गर्नुहुन्छ । तर मन पर्नेे नपर्नेबानी त होला नि ?’

प्रेम दिवसमा दुवैको प्रेमबारे कुराकानी गर्ने उद्देश्य भएकाले गम्भीर माहोल चिर्दै व्यक्तिगत सम्बन्धतिर माहोल फर्काउने प्रयास गरेँ ।

दुवै मज्जाले हाँसे । माहोल रमाइलो भयो ।

रुपाको मन नपर्ने बानी ? ‘अलि छिटो रिसाउँछिन् ।’

कृष्णको मन नपर्ने बानी ? ‘के हुनु नि एक नम्बरको घमण्डी भेँडे ।’

दुवै फेरि हाँस्छन् ।

कृष्णलाई रुपाले के गरेको मन पर्छ त ? ‘ऊ साह्रै राम्रो नाच्छे ।’

रुपा हाँसिरहिन् ‘अँ अस्ति तिमीले ननाचेको धेरै भयो नाच त भन्नुभयो अनि मज्जाले नाचेको ।’
दुवैको जीवन भर्खरै त सुरु भएको छ । सँगै हिँड्ने यात्रा त निक्कै लामो छ । यात्रासँगै जिम्मेवारी पनि पक्कै थपिनेछ ।

भोलिका विषयमा केही सोचिएको छ ? अलि लामो सास तान्दै रुपाले भनिन्, ‘मैले पछिको कुरा सोचेको छैन । कृत्रिम नै भए पनि पहिले उहाँको हात, खुट्टा राख्नेमै मेरो ध्यान छ ।’

रुपाको कुरा ध्यान दिएर सुनिरहेका कृष्णले भने, ‘म पनि सधैँ त यत्तिकै हुन्न होला । फिजीकल्ली फिट नभए पनि मेरो पढाइ राम्रै छ । दिमागको काम त गर्न सक्छु नि ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *