यसरि चिप्लियो यतीको जहाज, उडान-अवतरण अवरुद्ध

असार २७, काठमाडौं । यती एयरलाइन्सको जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएर विमानस्थल बन्द भएपछि विभिन्न गन्तव्यबाट आएका विमान नेपाली आकासमै होल्डमा परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, विमानस्थल बन्दपछि अन्तर्राष्ट्रिय विमान आकाशमै फन्को मारिरहेका छन् ।

फ्लाइट राडारको कभरेजले देखाए अनुसार कोलकत्ताबाट आएको बुद्धको जहाज अवतरणको लाइनमा थियो । तर विमानस्थलमा यतीको विमान चिप्लिएपछि यो विमान अहिले ठाउँ नपाएर आकासमा फन्को मारिरहेको छ ।

त्यसैगरी, बैंककबाट आएको थाई एयर, ढाकाबाट आएको विमान बंगलदेशको विमान पनि काठमाडौं आउने क्रममा होल्डमा परेका छन् । दोहाबाट आएको कतार एयरलाइन्सको जहाजले पनि अहिले आकासमा फन्का मारिरहेको छ ।

यसरि चिप्लिएको थियो जहाज

यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।

नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिँदै सबै यात्रुलाई सकुशल बाहिर निकालिएको जानकारी दिए ।

‘अवतरणका क्रममा यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिन पुगेको छ, हामीले चिप्लिएको विमानबाट सबै यात्रुलाई बाहिर निकालेका छौं प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।’

धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानकाे उडान-अवतरण दुवै अवरुद्ध बनेको छ । आन्तरिक तथा बाह्य उडानका कुनै पनि विमान उडेका छैनन् ।

वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने प्रवक्ता तिवारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *