लोकसेवाको विज्ञापन खारेज गर भन्दै मन्त्री लालबाबुलाइ कार्यक्रम स्थलवाट भगाएपछि

२७ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै पसेर दुर्व्यवहार गरेका छन् ।

शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका युवाहरुको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै धपाएका हुन् ।

शुक्रबार बिहानै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठक डाकिएको थियो । सो बैठकको अध्यक्षता गर्नका लागि मन्त्री पण्डित कार्यक्रमस्थलमा पुगेका थिए ।

भित्र बैठक चलिरहेका बेला बाहिर केही युवाहरु कालोझण्डा लिएर प्रदर्शनमा उत्रिए । लालबाबु पण्डित राजीनामा दे, लोकसेवाको विज्ञापन खारेज गर लगायतका नारा लगाउँदै ती युवाहरुले बैठकस्थलभित्रै प्रवेश गरेर होहल्ला गर्न थाले ।

बैठकसमेत भाँडिएर स्थिति नियन्त्रण बाहिर जान थालेपछि अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट सकुशल जोगाएर गाडी चढाई मन्त्री क्वार्टरतर्फ लगेको प्रत्यक्षदर्शीले बताए ।

मन्त्रीमाथि अपमान र हुलदंगा भएपछि बैठक स्थगित भएको आयोजकले बताएका छन् ।

मन्त्रि पण्डितको सम्पत्तिको नाममा एक थान पुरानो साइकल

संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र देखाएका थिए ।

पण्डितले मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिक गर्दा थोत्रो साइकल देखाएका थिए । सवारी साधानमा पुरानो एक थान साइकल रहेको उल्लेख छ ।

विराटनगर १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ । ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ भने बैंकमा पण्डितको नाममा २५ लाख र बिमलाको नाममा ३० लाख बचत रहेको बताएका थिए ।

साइकल र टेम्पोमा मन्त्रालय सम्मको यात्रा

लालबाबु पण्डित भने पछी सोझा र धनसम्पत्तिको मोह नभएको कम्युनिष्ट नेता भनेर धेरै ले चिन्ने गर्दथे । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरत पेस गर्दा लेखेका थिए सवारीसाधनका नाममा पुरानो साईकलमात्र । त्यहि भएर त्यतिबेला सादगी नेता भनेर उनको प्रशंसा भयो ।

तर यतिबेला तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएका हुन् । उनको घरायसी कममा समेत सरकारी गाडी, इन्धन र चालक छन् ।

उनी मन्त्रालयले उपलब्ध गराउको फोर्डको सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् । यसबाहेक उनलार्य गृह मन्त्रालयले बा २ झ १०७५ नम्बरको कार पनि दिएको छ । त्यसै त जनताले नेताहरु प्रति विस्वास गर्न छोडेको बेला सादगी नेताको पनि यस्तो रबैया देखे पछी देख्ने सुन्नेहरु चकित परेका छन् ।

उपत्यकामा साइकल लेन बनाउने मन्त्रि पण्डितको योजना अधुरै

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले काठमाडौं उपत्यकामा साइकल लेन बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सानेपास्थित स्टार हस्पिटल र वर्ल्ड साइकल टुर क्याम्पेनद्वारा संयुक्त रूपमा आयोजित साइकल र्‍याली उद्घाटन गर्दै मन्त्री पण्डितले भनेका थिए, ‘काठमाडौं उपत्यकालगायत सम्भव भएका ठाउँमा साइकल लेन बनाउन पहल गर्छु।’

तर उनको भाषान बोलीमै सिमित भएको छ ।

सवारी साधन र इँटाभट्टाका कारण प्रदूषित धुवाँले वातावरण बिगारिरहेको उल्लेख गर्दैे एक वर्षभित्र काठमाडौंलगायत मुलुकका प्रमुख सहरमा मास्क लगाउन नपर्ने बनाउन प्रयास गरिरहेको समेत दाबि गरेका थिए ।

काठमाडौंमा सवारीसाधन र इँटाभट्टाबाट निस्कासन हुने धुवाँले प्रदूषण बढाइरहेको उल्लेख गर्दै उनले शरीरले थेग्नेभन्दा साढे आठ गुणा बढी वायु प्रदूषण रहेको जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *