कृष्णको मनपर्ने हिरो बिराज !

कृष्ण ओली अक्सर फिल्म हेर्ने गर्छन । फिल्म हेर्नु उनको हबिज पनि हो । कृष्णले नेपाली चलचित्रलाई माया गर्छन । रुपा र कृष्णको प्रेम कहानी पनि फिल्म सुटिंगले संयोग जुटाई दिएको थियो ।

प्राय फिल्म हेर्न मनपराउने यो जोडीको जिबन मिलनको कारक पनि फिल्म नगरी थियो ।

यसरि फिल्म हेर्न रुचाउने कृष्णको मनपर्ने हिरो मध्ये एक हुन् बिराज भट्ट । तिनै आफ्नो फेव्ब्रेट हिरो बिराज भट्टसंग सेल्फी खिचेको फोटो आफ्नो फेसबुकमा पोष्ट गर्दै खुसि साटेका छन् ।

रुपा-कृष्ण लागे समाज सेवामा

सामाजिक संजालमा निकै चर्चित जोडी रुपा मगर ओली र कृष्ण ओली सामाजिक सेवामा पाइलो चाल्न थालेका छन् ! आफ्नो उपचार सफल भएपछी सामाजिक सेवामा क्रियाशील रहने बाचा गरेका कृष्ण र रुपा अरु दुखि गरिबहरुको सेवामा सक्रिय हुन थालेका हुन् ।

यसै शिलशिलामा ललितपुरका क्यान्सर पिडित धर्म ओलीलाई रुपा कृष्णले उपचारका लागि आर्थिक सहयोग गरेका छन् ! बिगत लामो समय देखि क्यान्सर पिडित रहेका ओलीलाई आर्थिक अभाबका कारण उपचार गर्न समस्या परिरहेको बेला उनीहरुले आर्थिक सहयोग गरेका हुन् ।

उनको उपचारका लागि रुपा र कृष्णले ५० हजार आर्थिक सहयोग गरेका छन् । आर्थिक अबस्था निकै कम्जोर भएकाले सहयोगी मनहरुलाई सहयोग गर्न रुपा मगर ओलीले आग्रह गरेकी छिन ।

क्यान्सर पिडित धर्म ओली बिगत मङ्सिर देखि नेपाल क्यान्सर हस्पिटलमा उपचार गरिरहेका छन् ! ३ वटा अपरेसन गरेर पाँचौ किमो चधाउदा थुप्रै खर्च भएको पिडितकि श्रीमतीले बताइन ।

रुपाले सहयोग रकम हस्तान्तरण गर्दै भनिन, जसरि हामीहरुलाई सहयोग गरेर नयाँ जिबन दिनु भयो त्यसैगरी क्यान्सर पिडित धर्म दाईलाई पनि सहयोग गर्न अनुरोध गर्दछु’ ।

सहयोग गर्न चाहाने मनकारीहरुले आफुलाई सम्पर्क गर्न पनि रुपाले बताएकी छन् । धर्म ओलीलाई सहयोग गर्न चाहानेले रुपा मगर ओली संग सम्पर्क गर्न सक्नु हुनेछ ।

जनयुद्दका सिपाही थिए क्यान्सर पिडित धर्म वली

पश्चिम रुकुम सानो भेरी गाउँपालिकाका ३५ बर्षे धर्म राज ओलीको क्यान्सर कारण उनको लिङ्ग काटिएको छ ! उनलाई क्यान्सर भएको गत मंगसिर देखि थाहा भएको थियो ।

त्यसअघि १० बर्षे जनयुद्द ताका अर्घाखाँचीमा भएको सरकार र बिद्रोही माओबादि बिचको भिडन्तमा उनको संबेदनसिल अंगको नजिकै बमको छिर्का लागेको थियो । त्यहि घाउबल्झिदा क्यान्सर भएको हुनसक्ने ओलीले बताउछन ।

जब क्यान्सर लागेको पत्ता लाग्यो तब पिसाब गर्ने ठाउनै नराखी अपरेसन गरिएको छ ।

रुकुमका ओली १० बर्षे सस्त्र जनयुद्दका सिपाही हुन् ! उनका बुबा बेपता भएको आज २१ बर्ष भएको छ । ओली भन्छन, ‘म रुकुम जन्मनु भाग्यको दोष थियो होला, कलिलो उमेरमा मेरो समय जनयुद्दमा बित्यो, त्यसपछि अहिले क्यान्सरले थला परे ।’

उनका एक श्रीमती संगै दुइ वटा बच्चा छन् । बृद्द आमा छन् । आमा घरमा एक्लै छन् । २१ बर्ष देखि आमा एक्लै हुनुहुन्छ, बुबा अझै भेटिनु भएन, उनले इन्द्रेणी कार्यक्रममा रुँदै सुनाए । बुबा इन्डिया जान्छु भनेर हिड्नु भएको अहिले सम्म नफर्किएको बताए ।

यस्तै होनाहार युद्दाहरुको त्याग तपस्याले जनयुद्दका नेताहरु सिहदरबार छिरे तर प्रत्यक्ष लडेका योद्दाहरू अलपत्र परेका छन् । शरीरको क्यान्सरको उपचार नपाएर तड्पी रहेका छन् । यो सब गरिबीको कारण हो । जनताले दिएको बलिदानीमा आफ्नो पदपूर्तिमा कुर्सिको भागबण्डामा लगाए । वास्तविक गरिबहरुको मुद्दालाई सम्बोधन गर्न सकेनन ।

हिजो हामि जसका लागि लडेका थियौ, उनैहरु आज बिचल्लीमा परेका छन् । यो देशको राज्य ब्यबस्था हुने र खानेहरुका लागि मात्रै भयो ।

जनयुद्दका नेताहरु दरबार तिर लागे सिपाही धर्महरु खाडी तिर लागे । परिवर्तनको मुद्दा बोकेको जनयुद्द बिचैमा अलमल्लिए पछि धर्म ओली जिन्दगीको जोहो गर्न साउदी पुगे । अब बाँचुन्जेल उनको आफ्नो परिवारलाई खुसि दिने ध्येय बोकेर परिवर्तनको सपना बोकेको देश छोडेर परायाको गुलामी गर्न उडे ।

तिनै देश बनाउछु भनी हिडेका योद्दा आज मृत्युको मुखमा जिबन संग खेलिरहेका छन् ।

उनको क्यान्सर नियन्त्रणका लागि किमो भैरहेको छ । ३ वटा अप्रेसन भएका छन् । धर्म काठमान्डौको ललितपुरमा बस्छन तर घरको भाडा तिर्ने रकम नभएर घरबेटीले पनि केहि दिनका लागि फ्रीमा बस्न भनेका छन् ।

उनको क्यान्सर शरीर भित्र छिरी सकेको छ । सम्भबत निको नहुने अबस्थामा पुगेको छ । तै पनि उनको उपचारका लागि संसार भरका सहयोगी हातहरुले सहयोग गरिरहेका छन् । आशा कुमारी वली निकै भावविह्वल छिन । उनि दिन रात रुँदै हारगुहार गरिरहेकी छन् । आशाले आफ्नो श्रीमानलाई बचाउन २० लाख धेरै खर्च गरिसकिन तर सन्चो हुने अबस्था छैन । उनि श्रीमानलाई बचाएर घर फर्काउन चाहान्छिन । उनले भन्छिन, श्रीमानलाइ बचाएर लान्छु कि भन्ने आशा छ, अहिले सम्म २० लाख ऋण लागेको छ । श्रीमानलाई सन्चो हुने दिन कुर्दा कुर्दै आशाहरु नै मरिसके । अब म के गरु । भन्दै भक्कानिएर रोइन ।

यिनै पिडित ओलीका लागि रुपा मगर ओलीले सहयोगको अपिल समेत गरेकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *