भारतका कारण डुबानमा परेपछि तराईबासीले विप्लबलाई बाँधमा बम हान्न गरे आग्रह

भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौर डुबानमा पर्‍यो ।

भारतले दशगजा क्षेत्रमा बनाएको बाँधका ढोका नेपाली खोल्न नेपालले गरेको आग्रहलाई भारतले टेरेन । गौर र आसपासका बस्ती डुबानमा परे । तर, बाढीले बाँधको ढोका भत्काएपछि पानीको सतह घटेको छ ।

भातरले ‘रोटी र बेटी’ को सम्बन्ध भन्ने तर पानी थुनेर आफूहरुलाई मार्न खोजेको भन्दै मधेसी युवाहरुले भारतको विरोध गरेका छन् । उनीहरुले सामाजिक संजालमा भारत विरोधी स्टाटस समेत लेखका थिए । उनीहरुले ‘गो ब्याक इन्डिया’ समेत भनेका छन् ।

शनिबार विहान रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले पानीको निकासका लागि बाँधका ढोका भारतीय समकक्षीलाई अपील गरेको तर नखोदिएको भनेपछि त झन् युवाहरुले त्यस्ता स्टाटस लेख्नेको संख्या बढेको थियो ।

मदन ठाकुरले भारत कति निर्दयी रहेछ भन्ने कुरा बल्ल बुझेको लेखेका छन् । उलने यस्तो लेखेका छन्-कस्तो निर्दयी रहेछन् भन्ने बल्ल बुझियो । ….घाँटी थिचिथिची मारिरहेका छन् हामीलाई । बेलैमा ध्यान पुर्‍याऊ सरकार ।

त्यस्तै शम्भु साहले रोटीबेटीको सम्बन्ध यस्तै हुन्छ ? भनेर प्रश्न गरेका छन् । राही राही चन्चलले बाँध भत्काउन नेपाल सरकारलाई सुझाव दिएका छन् । उनी यसरी लेख्छन्- छिमेकी भारतको बैरगनिया र गौरको बीचमा रहेको बाँध भत्काउनुपर्यो सरकार । अन्यथा रौतहटबासीको श्राप लाग्ने छ ।

त्यसैगरी कतिपय युवाहरुले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसँग बम हानेर बाँध भत्काउन आग्रह समेत गरेका छन् । श्याम महतो र रमेश साहले सधै नेपाली बस्ती डुबानमा पार्ने भारतीय बाँधहरु बम हानेर भत्काउनु पर्ने बताएका छन् । उनीहरुले बम हानेर बाँध भत्काउने विप्लवसँग आग्रह गरेका छन् ।

त्यस्तै भारतले सप्तकोशीका ढोका बन्द गर्न दवाव दिएको खबर पाएका युवाहरुले भारतविरुद्ध खुलेर बोल्न थालेका छन् । उनीहरुले आफूहरुले डुबानमा बसेर रोटीबेटीको सम्बन्ध नचाहिएको समेत लेखेका छन् ।

पानीको सतह बढेसँगै बाँध फुटेपछि भारत बाध्य भएर ढोका खोलेको छ । शनिबार दिउँसो भारतीय गाँउ भकुरहर नजिकै बाँध फुट्यो । त्यसपछि गौर र वरपर पानीको सतह केही घटेपनि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्किएको बाँध तत्काल मर्मत गरेको छ । फेरि बाँध फुटेर ठूलो क्षति हुने डरले भारतले बाँधका केही ढोका खोल्‍यो ।

पछिल्लो विवरणअनुसार बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ३४ जना पुगेको छ भने १५ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी ललितपुरमा ६ जनाले ज्यान गुमाएका छन् ।

बागमती गाउँपालिकाको माल्टामा शुक्रबार १३ वर्षीय बालक सरोज जिम्बाको घर भत्किएर मृत्यु भएको थियो । साँझ गोठमा काम गर्न गएकी ४५ वर्षीया सीता राणाको पहिरोले पुरिएर मृत्यु भएको थियो । महांकाल गाउँपालिकाको बुखेलमा पानीको भेल कटाउन जाँदा अबिरल गोलेको मृत्यु भएको प्रहरीले बताएको छ । बुखेलमा काम गर्न पुगेका कोन्जोस्योमका आमाछोरा ४५ वर्षीया मानमाया र छोरा १० वर्षीया सञ्जीव लोको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले बताएको छ ।

त्यस्तै ललितपुरकै कुसुन्तीका ४९ वर्षका सुवेस बस्नेतको मृत्यु भएको छ । नख्खु खोलाको किनारमा हिँड्दै गर्दा चिप्लिएर खोलामा पुगेपछि बगाएको थियो। उनको शव नख्खु खोलाले बगाएर ल्याएको अवस्थामा भेटिएको छ।

अहिलेसम्म ललितपुरमा सबैभन्दा बढीको मृत्यु भएको छ भने काठमाडौं, खोटाङ र काभ्रेमा ३/३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना तथा पाँचथर, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी ३० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी १२ जना घाइते भएका हुन् । सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, पर्सा धादिङमा १/१ जना गरी १८ जना वेपत्ता भएका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना गरी ६४ जनाको सकुशल उद्दार गरिएको नेपाल प्रहरीले जनाएको छ ।

नदीमा पानीको सतह खतराको सूचीभन्दा माथि पुगेको छ । सप्तकोशीका ढोका खोल्न भारतले दवाव दिएको छ । भारतकै बाँधका कारण रौतहटको गौर डुबानमा परेको छ । –

source: janapati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *