रोल्पाका गाउँगाउँमा हतियारसहित प्रहरीद्वारा सर्च अप्रेसन, सर्वसाधारण बने आतंकित

रोल्पामा पिके केपी गठबन्धनको सरकारले सर्च अपरेसनका नाममा जनतालाई आतंकित पार्ने काम गरिरहेको छ ।

केहीदिन यता रोल्पामा फेरि केपी–पिके मण्डलीको गृह प्रशासनले नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता खोज्ने नाममा सर्च अप्रेसनलाई व्यापक बनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो इन्चार्ज सुवासको घर भावाङदेखि लिएर युवा, विद्यार्थी संगठनका जिल्ला अध्यक्षहरुको घरलगायत रोल्पा परिवर्तन गाउँपालिकाको राङकोटक गाउँमासमेत लगातार प्रहरीले ३ दिन खानतलासी गरेर स्थानीयहरुलाई त्रसित बनाएको खबर प्राप्त भएको छ ।

त्यस्तै गंगादेव गाउँपालिका लगायत रोल्पा जिल्लाका विभिन्न ठाउँका गाउँगाउँमा नेकपाका स्थानीय नेताकार्यकर्ताहरूको घरघरमा र गंगादेव गाउँपालिकाकै पाखापानीमा शिक्षकहरुलाई सोधपुछ गर्न विद्यालयमासमेत सर्च अप्रेसन गरेर विद्यार्थी र जनतामा आतंक सिर्जना गरिरहेको बताइएको छ ।

यसरी रोल्पा जिल्लाका विभिन्न गाउँगाउँमा, घरघरमा हतियारसहित सर्च अप्रेसन गर्दा रोल्पाका जनताहरु फेरि पनि राज्यले युद्ध थोपर्न लागेको त होइन भन्ने शंका गर्न थालिसकेका छन् ।

अविरल वर्षापछि बाढी र पहिरो पीडितको उद्धारमा लाग्न विप्लवद्धारा आफ्ना नेता कार्यकर्तालाई निर्देशन(विज्ञेप्ती)

अविरल वर्षापछि बाढी र पहिरोमा परी ४४ को मृत्यु र हजारौं मान्छे विस्थापित भएपछि विप्लव नेकपाले बाढी पीडितको राहतमा लाग्न आफ्ना नेता कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शनिबार विज्ञप्ति जारी गरी देशभरी भएको अविरल बर्षा, बाढी, पहिरो र डुवानका कारण देशमा ठूलो जनधनको क्षति भएको र प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका सबै नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई राहत र उद्दारमा जुट्न निर्देशन गरेका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘बिहीबारदेखि देशभरी भएको अविरल बर्षा, बाढी, पहिरो र डुवानका कारण देशमा ठूलो जनधनको क्षतिभएको छ । प्रकृतिमाथिको अराजक, अनियन्त्रित दोहन, राज्यको पुर्व तयारीको अभाव, भारतसँग भएका असमान सन्धि सम्झौता, नेपाल भारत सीमानामा बनेका बाँध, तटबन्धन र अन्तर्राष्ट्रिय कानून विपरित नेपाल भारत सीमानासँग टाँसिएर बनाइएका विशाल सडकहरु, गरिब श्रमिक जनताको जोखिमपूर्ण बसाई गर्नुपर्ने बाध्यताका कारण प्राकृतिक प्रकोपमा परी गरीब जनताले ठूलो जनधनको क्षति व्यहोर्न परेको छ ।

हाम्रो पार्टी प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनु भएका सबै नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछ र पीडित परिवारजनप्रति सहानुभूति व्यक्त गर्दछ । मृतकका परिवारलाई अल्पकालीन, दिर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकोलाई बास र रोजगारी व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछ । साथै सम्पूर्ण पार्टी पंक्तिलाई राहत र उद्दारमा जुट्न निर्देशन गर्दछ ।’

janapati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *