मध्यरातमा छविले लेखे: शिल्पा जी छबीको अदालतमा आउनुस, न्याय पाउनु हुन्छ !

असार ३१, काठमाडौँ । नायिका शिल्पा पोख्रेलका श्रीमान तथा चलचित्र निर्माता छवीराज ओझाले आफूमाथि लगाएका आरोप झुट रहेको दाबी गरेका छन् ।

नायिका पोख्रेलले श्रीमानबाट आफूलाई घरेलु हिंसा भएको र जीउज्यानको सुरक्षामा खतरा रहेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

त्यसपछि दुवै पक्षलाई बोलाएर प्रहरीले कुरा मिलाएर पठाएको थियो । छवीले आफ्नो गल्तीका लागि माफी मागेका थिए । प्रहरी समक्ष सहमति गरे पनि शिल्पा र छवी अहिलेसम्म सँगै बसेका छैनन् सो घटनापछि । नायिका शिल्पाले विवाहको तीन वर्षको अवधिमा धेरै पटक आफूलाई श्रीमान छवीले हातपात गरेको बताएकी छन् । विभिन्न सञ्चारमाध्यममा उनका कुरा आइरहेका छन् ।

यहि पेरिफेरिमा निर्माता तथा शिल्पाका श्रीमान छवीले सामाजिक सञ्जाल मार्फत आफ्नो सफाई पेश गरेका हुन् । उनले अहिलेसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा नपारेको दाबी गरेका छन् । आफूले ५२ वर्षको उमेरमा तीन श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर अब चाहिँ सहज रुपमा जीन्दगी बिताउन सक्छु जस्तो लागेर शिल्पासँग विवाह गरेको उनले उल्लेख गरेका छन् ।

छवीले फेसबुकमा लेखेका छन्, ‘जीन्दगीका सबथोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईँ । छातीमा हात राखेर एकछिन आफैलाई नढाँटी सम्झनुस्, तपाईँले लगाएका कति आरोपहरु सत्य छन् ? यदि तपाईँ पनि आफूलाई सच्याएर अझै मेरो श्रीमती, तपाईँले बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि मेरा कमी कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु ।’

उनले अघि लेखेका छन्, ‘अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधैँ तपाईँका लागि खुल्ला छ । हैन र यदी तपाईँ साँच्चै मसँग बस्न सक्नु हुन्न भने पनि एकपटक मैसँग आएर टेबलमा कुरा गर्नुस् । मेरो इतिहास पल्टाएर हेर्नुस्, आजसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन । शिल्पासँग बिहे गर्नु पूर्व छवीले तीनपटक बिहे गरेका थिए ।

आफूले विगत केही दिनदेखि सम्पर्क गर्न खोज्दा वकिलले भेट्छ भन्ने जवाफ पाएको उनले उल्लखे गरेका छन् । छवीले लेखेका छन्, ‘म फेरि पनि भन्दैछ, संसारको कुनै पनि अदालतमा जानु पर्दैन छवी ओझाको अदालतमा सीधै आउनुस्, तपाईँले न्याय पाउनु हुन्छ ।’

उनको फेसबुक स्टाटस जस्ताको तस्तै

शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं l

छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु ।

अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन ।

तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ । शुभरात्री ।

यो पनि पढ्नुहोस

‘महँगो प्रेम’ जो धेरै दिन टिक्दैन

अहिले सामाजिक संन्जालमा ओझा र सिल्पाको चर्चा छ । तर के ओझा मात्रै गलत छन त ? ओझालाई छोरी दिनेहरु /ओझा संग सम्बन्ध गाँस्न आउनेहरूको बिनाकारण बिनास्वार्थ आए ? पैसा र नाम हेरेर गाँसेको सम्बन्ध टिक्दैन । कतै टिकेको छ भनेपनी श्रीमान/ श्रीमतीले कि त सम्झौतामा सम्बन्ध चलाउछन कि प्रेम बाह्य नै चलेको हुन्छ । (सबैको नहोला)

ओझा र ओझाका नातापाता यता पनि छ । जसले बुहारी / श्रीमतीलाई यतिसम्म मानसिक र शारीरिक अत्याचार गर्छन कि , ती श्रीमतीहरु मानसिक रुपमा बिछिप्त हुन्छन । लगातार शारीरिक र मानसिक यातनाको क्रममा केही लाई हत्या सम्म गरिन्छ र हत्या पछि आत्महत्याको हल्ला फिजाईन्छ भने केही मानसिक संन्तुलन गडबडको अवस्थामा छ्न ।

उनिहरुमा पैसा र खान्दानको रवाफ यति सम्म हुन्छ कि पैसा संग इमान किन्न र बेच्न ति कति पनि हडबडाउदैनन । उसै त केहि नेपालीहरु हङकङ आइडीको निम्ति जे जस्तो सुकै गरेर आउन चाहन्छन भने हङकङ आइडीको बलबुटाले कतिपय असमान्य कुराहरु पनि मान्य बन्छन । जस्तो; आइडी कै बलमा एउटा अधबैंसे पुरुषले पारपाचुके पछि आफुभन्दा दस /पंन्ध्र बर्ष सानो उमेरकी श्रीमती बिहे आफूभन्दा साना उमेरका श्रीमान रोजेर बिहे हुन्छ ।

यसरी पैसा र आइडीको आवरण हेरेर गरिने लगनगाँठोमा आपसी प्रेम र समझदारी कम हुन्छ। फल स्वरुप सम्बन्धमा तिक्तता आउनु स्वाभाविक हो । पैसाको आडमा पाईने खुशिले क्षणिक आनन्द त मिल्छ तर दीर्घकालीन खुशीको अनुभुती कदापि हुँदैनन ।

आजको समयमा पैसालाई सबैभन्दा बढी महत्व दिईनुले पनि यस्ता सम्बन्धहरु बढी प्रयोगमा आएका हुन्छन । फलस्वरूप यसको नतिजा सम्बन्धमा चिसोपना, कलह, घरेलु हिंसा र हत्या सम्म आएर टुंगिएका छन ।

चाहे जो हो, केटा वा केटि । पैसा र कुनै खान्दानको हेरेर सम्बन्ध गाँस्नु भन्दा उचित मान्छेको व्यबहार हेरेर बुझेर अगाडि बढ्नु बुद्धिमानी ठहरिन्छ । तर यहाँ कसलाई के भन्नू ! मान्छेले पढेर सुनेर होइन भोगेर मात्रै चेत पाउँछ ।

-जुनु रानाको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *