वार्ता के का लागि ? संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद !

प्रवास देखि । म वार्ता विरोधी होइन तर वार्ता किन र केका लागि भन्ने कुरा पहिले स्पस्ट हुनजरुरत छ विगतका इतिहास पल्टाएर हेर्दा क्रान्तिकारीहरु वार्ताबाट नै पतन भएका छन २००७ साल देखिको इतिहासले यहि पुष्टि गर्दछ । तत्कालीन काङ्रेस एमाले माओवादि सबै यहि वार्ताबाट पतनको बाटो रोजेका या लिन पुगेका हुन । त्यो उनिहरु नै जानुन तर ति सवै वार्ता औचित्य हिन साबित भए ।

त्येहिंबाट जन चाहाना अनुसार केहि पनि उपलब्धि जनताले पाएनन तसर्थ विप्लव नेकपा पनि गम्भीरता पुर्वक सोच्न आवस्यक छ । परिस्थिति हिजो जस्तो छैन आज के आधरमा वार्ता गर्ने संसदवादिले यो व्यवस्था छोडेर वार्ता गर्न लागेका हुन कि क्रान्तिकारीले यो व्यवस्था स्वीकार गरेर वार्ता गर्न लागेका हुन ?

यो कुरा जनता बुझ्न चाहान्छन र बुझाउनु पर्छ । यतिबेला हतियार बुझाए वार्ता हुने भन्ने कुरा पनि यदाकदा आउने गरेका छन । हतियार बुझाएर वार्ता हुदैन आत्मसपर्ण हुन्छ । तेस्लाइ वार्ता भनिदैन यो विचको प्रगतिशील व्यवस्था पनि छैन संविधान सभाको मुद्दा हिजै असफल भैसकेको छ ।

पुजिवादि गणतन्त्र पनि असफल भैसकेको छ । तसर्थ वार्ताको निश्कर्ष के हुने यहि असफल व्यवस्था विप्लव नेकपाले स्वीकार गरि जनमत संग्रहमा जाने कि संसदीय दल ले विप्लव नेकपाले भने जस्तो वैग्यानिक समाजवादी व्यवस्था स्वीकार गरेर जनमत संग्रहमा जाने ? यस्को निचोड यो भन्दा अरु त छैन । यि दुइ मध्य एक विकल्प रोज्नु पर्छ तर तत्काल यो सम्भावना पनि न्युन देखिन्छ ।

तेसो हुदा खेरि यो निष्कर्ष विहिन वार्ता को खास अर्थ देखिन्न तर देश फेरि दोन्द्दमा जानु र लानु हुदैन भन्ने पनि ठुलो हिस्सा छ यस्को उपयुत्त समधान सैध्दान्तिक हिसाब ले देखिन्न यदपि वार्ता को निम्ति तयार भएका दुबै पक्ष को भुमिका के कस्तो हुन्छ र रहन्छ त्यो भने हेर्न बाकि छ ।

तर दलाल संसदीय व्यवस्था नै स्वीकार गरेर जाने हो भने फेरिपनि न्यायप्रेमि जनता माथि धोका हुने कुरा निस्चित छ आशा गरौ वार्ता को परिणाम नेपालि जनता ले चाहे जस्तो आओस दुबै पक्ष लाइ वार्ता सफलता को अग्रीम शुभकामना ।

लेखक : पुुुुर्व जनमुुक्ति सेना समर्पण भट्टराई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *