तास खेल्दा सभामुख महराको थोत्रो रेडियो जलेपछि, यी चेलाले आफ्नै रेडियो दिए (भिडियो)

गुरु पूर्णिमा विशेष

काठमाडौं । सभामुख कृष्णबहादुर महराका विद्यार्थी नेपाली राजनीतिमा उच्च तहसम्म पुगेका छन् । महरा भन्दा माथिल्लो तहसम्म उनका चेला पुगेका छन् । धेरैले अहिले पनि सभामुख महरालाई सर भनेर सम्बोधन गर्छन् ।

उच्च ओहोदामा पुग्ने उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’, पूर्वसभामुख ओनसरी घर्ति, सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कुलप्रसाद केसी ‘सोनाम’ महराकै विद्यार्थी हुन् । यी उच्च ओहोदामा पुग्ने नेताका राजनीतिक गुरु पनि सभामुख महरा नै हुन् ।

विज्ञान विषय पढाउने महराका विद्यार्थी अहिले हरेक क्षेत्रमा छन् । फरक राजीतिक विचार भएपनि उनलाई आदर गर्न भने कसैले पनि इन्कार गर्दैनन् । त्यसै मध्येका एक हुन, नेपाल पत्रकार महासंघका सचिव उदय जिएम । उनले महरा सरको थोत्रो रेडियोका विषयमा रोचक जानकारी प्रस्तुत गरेका छन् ।

महरा सरसँग पहिले पढाउने समयदेखि अहिलेसम्म मेरो सम्बन्ध राम्रो छ । म फरक राजनीतिक विचारको मान्छे भएपनि उहाँलाई भने मैले सहयोग गर्न पछि पर्दिन ।

बिग्रिएको रेडियोका कुरा आज मैले यहाँ भन्न चाहन्छु । महरा सरले रोल्पाको लिवाङमा रहेको बाल कल्याण माविमा विज्ञान विषय बढाउनु हुन्थ्यो । हामी छात्रवासमा बसेर अध्ययन गर्थ्यौ । सर हाम्रो वार्डेन हुनुहुन्थ्यो ।
महरा सर सबैलाई सम्मान गर्ने र सबैले उहाँलाई राम्रो मान्ने हुनुहुन्थ्यो । विद्यालयमा हामी पनि उहाँको कक्षा कहिल्यै छुटाउँदैन्थ्यौ । हामी विद्यार्थीलाई तपाई भनेर सम्बोधन गरेपछि खुसी नहुने कुरै भएन् ।

२०४६ सालको नाकाबन्दीको समयमा एकदिन शुक्रवार महरा सर घर जानु भयो । सर घर गएको मौकामा साथीहरु मिलेर सरकै कोठामा तास खेल्दै थिए । राती मैनवत्ती बालेर तास खेल्ने क्रममा साथीहरुले मैनबत्ती महरा सरको थोत्रो रेडियो माथि बालेका रहेछन् । साथीहरुले मैनवत्ती निभाउन बिर्सेर निस्किए । तर रेडियो जलेछ ।

तास खेल्ने साथीहरु धेरै माडीचौरका थिए । दुर्गा बुढामगरको मात्र मलाई नाम याद छ ।

आइतवार सर आउनु भयो । कोठामा पुगेपछि रेडियो जलेको थाहा पाउनु भयो । सर हामीसंग निक्कै रिसाउनु भयो । महरा सरले हामीहरुलाई रेडियो नभएसम्म हुँदैन भनेपछि साथीहरुको सल्लाह अनुसार मेरो रेडियो दिइयो ।

साथीहरुले पैसा दिन्छौँ भनेका थिए । पछि महरा सर २०४८ सालमा सांसद हुनुभयो । सांसद भएपछि सोध्नु भयो ‘पैसा पाउनु भयो ?’ मैले पैसा पाइन, महरा सरलाई भने मैले पैसा पाएको कुरा गरे ।

-nagarikkhabar.com बाट

-हेर्नुस् भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *