पूर्वराज वीरेन्द्रको २१ हजार रोपनी जग्गा नेपाल ट्रस्टको स्वामित्वमा

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको नाममा रहेको साढे २१ हजार रोपनी जग्गा र ती जग्गामा भएका संरचना हाल नेपाल ट्रस्टको स्वामित्वमा छ । २०६४ पुस १ गते तत्कालिन मन्त्रिपरिषद्ले पूर्वराजपरिवारको सम्पत्ति सरकारमातहत ल्याउने निर्णय गरेपछि नेपाल हाल पत्ता लागेका सम्पक्ति ट्रस्ट आएको छ ।

नेपाल ट्रष्टलाई पूर्व राजपरिवपारको सम्पक्ति खोजबिन, प्राप्त भएका सम्पक्तिको संरक्षण र व्यवस्थापनको जिम्मेवारी छ । तर, टष्ट्र मातहत आएका सम्पक्ति पनि उसले सही सदुपयोग गर्न नसकेको काठमाडौं उपत्यकाको दृटान्तले देखाएको छ । संघीय राजधानीका व्यापारिक केन्द्रमा रहेका केही सम्पक्ति र संरचना ट्रस्टले कौडीको भाउमा भाडामा लगाएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाअन्तर्गत कित्ता नम्बर १४ र १५ मा ३ हजार ९ सय ७१ रोपनी जग्गा छ । र, हाल सो जग्गाको स्वामित्व नेपाल ट्रष्टसँग छ । कूल जग्गामध्ये २ हजार ९ सय ७१ रोपनी लिजमा दिइएको छ । २०५२ सालमै ३० वर्षका लागि लिजमा दिइएको जग्गाको प्रतिरोपनी मासिक भाडा जम्मा ७ सय ४६ रुपैयाँ छ ।

जम्मा जग्गाः २ हजार ९ सय ७१ रोपनी

लिजमा लिनेः यती होल्डिङ प्रालि र एलएस सुवीर ब्रदर्स (नेपाल) प्रालि
लिज अवधिः २०५२ साउन ३१ देखि २०८२ साउन ३० सम्म (३० वर्ष)
वार्षिक भाडाः २ लाख ४० हजार (अमेरिकी डलर)
मासिक भाडा (प्रतिरोपनी): ७ सय ४६ रुपैयाँ

दरबारमार्गस्थित नेपाल ट्रष्टको केन्द्रीय कार्यालय रहेको जग्गाः

नारायणहिटीको दरबार संग्राहलयको ठीक अगाडि दरबारमार्गमा रहेको नेपाल ट्रस्टको केन्द्रीय कार्यालय नै यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिले ३० वर्षका लागि लिजमा पाएको छ । दरबारमार्गजस्तो ‘प्राइम लोकेसन’मा रहेको १ रोपनी १४ आना जग्गाबाट ट्रस्टले मासिक भाडा ४ लाख १६ हजार ६ सय मात्रै पाउँछ ।

जम्मा जग्गाः १ रोपनी १४ आना
लिजमा लिनेः थाम सेर्कु ट्रेकिङ प्रालि, नक्साल (काठमाडौं)
लिज अवधिः २०७४ जेठ १४ देखि २१०४ जेठ १३ सम्म (३० वर्ष)
वार्षिक भाडाः ५० लाख लाख रुपैयाँ (निर्माणाधिन अवस्था)
मासिक भाडाः ४ लाख १६ हजार

कमलादीस्थित काठमाडौं प्लाजा भवनः

कन्सेप्ट डेभलपर्स प्रालिले २०५० सालमा लिजमा लिएर हाल नेपाल ट्रष्टको स्वामित्वमा रहेको ५ रोपनी २ पैसामा ६ तले भवन बनाएर भाडामा लगाएको छ । २०६६ मा भएको पुनः लिज सम्झौताअनुसार कन्सेप्ट डेभलपर्स प्रालिले हाल ट्रष्टलाई वार्षिक ७५ लाख रुपैयाँ तिर्छ ।

जम्मा जग्गाः ५ रोपनी २ पैसा
लिजमा लिनेः कन्सेप्ट डेभलपर्स प्रालि (काठमाडौं)
लिज अवधिः २०५० असार ३ देखि २०७७ असार २ सम्म (२७ वर्ष)
वार्षिक भाडाः ७५ लाख रुपैयाँ
मासिक भाडाः ६ लाख २५ हजार

टेकुस्थित बिजनेस पार्क भवनः

यो काठकाडौंको टेकुस्थित विजनेश पार्क रहेको जमिन पनि हाल नेपाल ट्रष्टको स्वामित्वमा छ । २०५३ सालमा टाउन डेभलपर्स प्रालि काठमाडौंले लिजमा लिएर यि भवन बनाएको हो यहाँ । २०६६ सालमा भएको पुनः लिज सम्झौताअनुसार टाउन डेभलपर्सले ट्रष्टलाई वार्षिक ४० लाख रुपैयाँ तिर्छ ।

जम्मा जग्गाः १९ रोपनी १२ आना
लिजमा लिनेः टाउन डेभलपर्स प्रालि (काठमाडौं)
लिज अवधिः २०५३ चैत २८ देखि २०८३ चैत २७ गतेसम्म (३० वर्ष)
वार्षिक भाडाः ४० लाख रुपैयाँ
मासिक भाडाः ३ लाख ३३ हजार रुपैयाँ

लाजिम्पाटस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंक बसेको जग्गाः

हाल नेपाल ट्रष्टको स्वामित्वमा रहेको लाजिम्पाटस्थित कित्ता नम्बर ४०२, ४०४ र ४९५ को जमिन स्ट्याण्डर्ड चार्टर्ड बैंकले १५ वर्षका लागि लिजमा लिएको छ । जसको भाडा मासिक ८ लाख ६४ हजार मात्रै छ ।

क्षेत्रफलः ६ रोपनी १३ आना १ दाम
लिजमा लिनेः स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड
लिज अवधिः सन् २००५ देखि २०२१ सम्म (१५ वर्ष)
वार्षिक भाडाः १ करोड ३ लाख ७१ हजार ३ सय २४ रुपैयाँ
मासिक भाडाः ८ लाख ६४ हजार २ सय ७७ रुपैयाँ

कालिमाटीस्थित गरिबी निवारण कोष र सावर्जनिक खरिद तथा अनुगमन कार्यालय रहेको जग्गाः

काठमाडौं महानगरपालिका वडा नम्बर १३ कालिमाटीस्थित रेडक्रस मार्गमा रहेको कित्ता नम्बर ६५ मा रहेको ३८ रोपनी जग्गा गरिबी निवारण कोष र सावर्जनिक खरिद तथा अनुगमनले प्रयोग गरिरहेका छन् । दुवै कार्यालयले गरी नेपाल ट्रष्टलाई हाल मासिक २ लाख ८६ हजार तिर्छन ।

क्षेत्रफलः ३८ रोपनी

भाडामा लिनेः गरिबी निवारण कोष र सावर्जनिक खरिद तथा अनुगमन कार्यालय
भाडामा दिइएको अवधिः उल्लेख नगरिएको
वार्षिक भाडाः ३४ लाख ३२ हजार
मासिक भाडाः २ लाख ८६

काठमाडौं उपत्यका खानेपानी लिमिटेड रहेको जग्गाः

हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड रहेको काठमाडौं कमलादीस्थित जमिनको स्वामित्व पनि नेपाल ट्रष्टसँग छ । दुई रोपनी १२ आना जग्गाको मासिक भाडा ५५ हजार ८ सय ७३ रुपैयाँ छ ।
क्षेत्रफलः २ रोपनी १२ आना
भाडामा लिनेः काठमाडौं उपत्यका खानेपानी लिमिटेड
भाडा दिइएको अवधिः उल्लेख नगरिएको
वार्षिक भाडाः ६ लाख ७० हजार ४ सय ७६
मासिक भाडाः ५५ हजार ८ सय ७३ रुपैयाँ

सोल्टी ‘आउटर’ कम्प्लेक्सका सात सटरः

काठमाडौंको कालिमाटीस्थित कित्ता नम्बर १८, १९ र २० मा रहेको जग्गामा ७ वटा सटर छ । ५ वटा सटरको एकै र दुई वटाको फरक–फरक भाडा निर्धारण गरिएको छ । जसबापत नेपाल ट्रष्टले वार्षिक १५ लाख ४५ हजार ६ सय पाउँछ ।
क्षेत्रफलः ५ रोपनी ६ आना २ पैसा

भाडामा लिनेः उल्लेख नगरिएको
भाडा दिइएको अवधिः उल्लेख नगरिएको
वार्षिक भाडाः १५ लाख ४५ हजार ६ सय रुपैयाँ
मासिक भाडाः १ लाख २८ हजार ८ सय

अघिल्लो रिपोर्टमा प्रस्तुत गरेको तथ्यले नेपाल ट्रष्ट मातहत आएको पूर्व राजपरिवारको सम्पक्तिमध्ये काठमाडौंमा रहेका केही जग्गा र त्यसअन्तर्गत रहेका संरचनामा ट्रष्टले कौडीको भाउ लिइरहेको स्पष्ट हुन्छ । गोकर्ण रिसोर्टको प्रति रोपनी मासिक भाडा ७ सय ४६ रुपैयाँ, दरवारमार्गस्थित ‘प्राइम लोकेसन’को १ रोपनी १४ आना जग्गाको भाडा ४ लाख १६ हजार, काठमाडौं प्लाजाको ६ लाख २५ हजार, विजनेश पार्कको ३ लाख ३३ हजार ।

यस्तो आश्चर्यजनक विवरणले नेपाल ट्रष्टले पूर्वराज परिवारको सम्पक्ति कौडीको भाउमा लिजमा दिइरहेको स्वतः स्पष्ट हुन्छ । वर्षौ अगाडि भएको सम्झौता कायम रहँदा ट्रष्टले अहिलेको बजार मूल्यअनुसार आम्दानी गुमाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *