क्रिकेट रंगशाला बनाउन चितवनमा सहयोग ओइरिदै, उवा संघले दियो ५५ लाख भन्दा बढी रकम

चितवन : भरतपुरमा निर्माण हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सुरु भएसँगै चितवनवासीहरु एकजुट भएर सहयोग रकम जुटाउन थालेका छन् ।

जेठ १५ मा भएको घटनापछि रोकिएको रंगशाला निर्माणको काम पुनः सुरुभएसँगै चितवनमा सहयोग समिति निर्माण हुँदै रकम संकलन गर्ने कामले तीव्रता पाएको छ । रंगशाला निर्माणका लागि चितवनमा क्रियाशील विभिन्न संघसंस्थाले रकम प्रदान समेत गरेका छन् । चितवनका स्थानीय तहमा रंगशाला निर्माण सहयोग समिति गठन गरेसँगै रंगशाला निर्माणमा यहाँका राजनीतिक दल, उद्योगी व्यवसायी तथा चितवनवासीले अपनत्व देखाएका भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।

भरतपुरमा रंगशाला निर्माणका लागि उद्योग वाणिज्य संघ चितवनले ५५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ आज धुर्मुस सुन्तली फाउण्डेशलनलाई हस्तान्तरण गरेको छ । रंगशाला निर्माणका लागि फाउण्डेसनलाई एक करोड रुपैयाँ प्रदान गरिने उल्लेख गर्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले बाँकी ४५ लाख रुपैयाँ चाँडै नै प्रदान गर्ने बताए । रंगशाला निर्माणका लागि जनताबाट उठाएको रकम कत्ति पनि हिनामिना नहुने फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।

आजै चितवन क्रिकेट एशोसिएसनले समेत दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ रंगशाला निर्माणका लागि प्रदान गरेको छ । त्यस्तै, थपलिया ब्रदर्श एण्ड सप्लायर्सले रंगशालाको बाथरुपममा आवश्यक पर्ने बाथरुप सेनेटरी सामग्री निशुल्क प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी दसैँसम्म रंगशालाको डीपीआर निर्माण सक्ने गरी काम अगाडि बढेको फाउण्डेसनले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *