वैचारिक पतनको दलदलमा सत्तासीन नेकपा, गम्भिर समस्या

निमकान्त पाण्डे

कम्युनिस्ट शब्द सर्वहारावर्गका लागि र त्यो वर्गको लागि राजनीतिक सोच बनाउने चिन्तकहरूका लागि आफैमा निकै ओजिलो शब्द छ ।

विश्व सर्वहारा वर्गको मुक्तिका लागि क्रान्तिकारी आन्दोलनको जग बसाल्ने विचारका रूपमा चिनिने कम्युनिस्ट विचारधारालाई रुसमा लेनिन र चीनमा माओले सफल प्रयोग पनि गरे । त्यसैको सिको गर्दै विश्वभर कम्युनिस्ट आन्दोलनको प्रभाव बढ्दै गर्दा विं सं. २००६ मा पुष्पलाल श्रेष्ठहरूले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी आज सबैभन्दा ठूलो दलका रूपमा सत्तामा आसिन हुन पुगेको छ ।

संयोग नै भन्नुपर्छ भर्खर मात्रै पुष्पलालको ४१ औँ स्मृति दिवस सम्पन्न भएको छ । उनैको पहलमा स्थापना भएको नेकपा आज सबैभन्दा ठूलो दल भएको देख्न पाएका भए सायद उनी निकै खुसी हुने थिए होला । गतवर्ष पार्टी एकीकरण पछि आयोजना गरिएको पुष्पलाल स्मृति दिवसका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यो एकता देख्न पाएको भए पुष्पलाल सबैभन्दा बढी खुसी हुने थिए भन्दै पुष्पलाल सिंगो कम्युनिष्ट एकताका पक्षमा रहेको जिकिर समेत गरेका थिए । त्यस्तै किसिमको अभिव्यक्ति अर्का अध्यक्ष पुष्पकमल दाहालको पनि आएको थियो ।

निमकान्त पाण्डे

परन्तु, सत्तासीन नेकपाका दुवै अध्यक्षहरूको यस्तो अभिव्यक्तिले मात्र कम्युनिस्ट पार्टीभित्र विश्वासको वातावरण बनाउने अवस्था देखिएन । अभिव्यक्ति विपरीतका क्रियाकलापहरू पार्टीभित्र देखा परिरहेको अवस्था छ । यस्तो अवस्थाले गर्दा कार्यकर्ता पंक्ति र आम वाम शुभेच्छुकहरूमा अर्काे प्रश्न पनि जोडिएर आउँछ, के अहिलेको कम्युनस्टिहरूको गठजोड मात्र देखेर जनता खुसी हुने अवस्था छ त ? के पुष्कलालहरूले देखेको सपना एउटा ठूलो कम्युनिस्ट पार्टीको मात्र थियो ? अवश्य पनिथिएन । पार्टी ठूलो हुनु र नहुनुले सत्ता सञ्चालनमा अवश्यक प्रभाव पार्न सक्छ । तर बैचारिक सिद्धान्त विपरित पार्टी जान खोज्यो भने त्यो ठूलो पार्टी भएपनि जनजीविकाका कुरालाई सम्बोधन गर्न सक्दैन र राष्ट्रिय स्वाधीनताको सवालमा पनि उचित निर्णय लिन सक्दैन । अहिले सत्तासीन नेकपामा देखिएको समस्या यही हो । सिद्धान्ततः सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी नै हा,े तर व्यवहारमा कुनै पनि हिसाबले कम्युनिस्ट चरित्र देखिदैन । त्यो पार्टीमा होस् वा सत्तामा पुगेका नेताहरूमा नै किन नहोस् ।

पछिल्लो समय नेकपामा देखिएको गम्भिर समस्या भनेको बैैचारिक पतन हो । कम्युनिस्ट भित्रै माओवाद र मालेमावादलाई पछ्याउने दुई समूह एक भएर सिंगो नेकपा त बनेको छ, तर अबको बैैचारिक दिशा कता हो भन्नेमा कुनै प्रष्ट बाटो देखिदैन । केही समय अघिसम्म जनताको बहुदलीय जनवाद वा जनताको जनवाद भन्ने विषयमा बहस चलेको भएपनि अहिले मोटामोटी रूपमा जनताको जनवादमा सहमति भएजस्तो देखिन्छ, तर यी दुवै वादले स्वीकारेको विषय हो वर्तमान व्यवस्था नौलो जनवादी व्यवस्था हो । दुवै वादमा समान खालको बैचारिक विचलन रहेको देखिन्छ । तरपनि पूर्व एमाले पंक्ति जबजलाई नै पार्टीको राजनीतिक दिशा मान्नुपर्नेमा जोड दिँदै आएको छ भने पूर्व माओवादी केन्द्र खेमाले जनताको जनवादलाई नै जोड दिँदै आएको छ । कुन विचारलाई अघी बढाउने भन्ने विषयमा विवाद हुँदा यस नेकपामा वैचारिक समस्या देखिनुको एउटा प्रमुख कारण मुख्य नेतृत्व पनि हो । अहिले नेकपामा कुन विचार वा सिद्धान्त भन्दा पनि केपी ओली कि प्रचण्ड वा अर्काे कुनै व्यक्तिलाई प्राथमिक मान्ने भन्ने विषय पेचिलो हुँदै गएको छ ।

यस नेकपामा वैचारिक समस्या देखिनुको एउटा प्रमुख कारण मुख्य नेतृत्व पनि हो । अहिले नेकपामा कुन विचार वा सिद्धान्त भन्दा पनि केपी ओली कि प्रचण्ड वा अर्काे कुनै व्यक्तिलाई प्राथमिक मान्ने भन्ने विषय पेचिलो हुँदै गएको छ ।

पार्टीको स्कुल विभागको जिम्मा कसलाई दिने भन्ने विषयमा पनि नेकपामा मतभेद देखिएको छ । पार्टीको बैचारिक सवालमा यो वा त्यो भनेर अल्झिरहनु भन्दा माथि उल्लेख गरे झैं जनताको जनजीविकाको सवाल, अत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै निर्यात बढाउने र आयात कम गर्ने कसरी भन्ने सवालमा कार्यदिशा तय गरेर अगाडि बढ्न सक्नु पर्दथ्यो । यसरी नै राष्ट्रिय स्वाधीनताको सवालमा पनि निर्णायक र गर्व गर्न लायकको परिणाम आउन सक्दथ्यो । कथित विचारका नाममा पदीय झगडाको बिजारोपण गर्ने काम जबज र जजलाई बहसमा ल्याउने काम गरियो । पार्टीको यस्तो अवस्थाले यो पार्टी विस्तारै वैचारिक पतनको बाटोमा लागेको स्पष्ट हुन्छ । आफू अनुकुल पार्टीको स्कुलिङलाई अघी बढाउने दाउमा नेताहरू देखिएका छन् ।

यस नेकपामा वैचारिक समस्या देखिनुको एउटा प्रमुख कारण मुख्य नेतृत्व पनि हो । अहिले नेकपामा कुन विचार वा सिद्धान्त भन्दा पनि केपी ओली कि प्रचण्ड वा अर्काे कुनै व्यक्तिलाई प्राथमिक मान्ने भन्ने विषय पेचिलो हुँदै गएको छ । कुनै पनि राजनीतिक दल एउटा निश्चित बैचारिक सिद्धान्त अनुसार चल्ने हो भने व्यक्ति कहिले पनि प्राथमिकतामा पर्दैन । विचारका आधारमा नेतृत्वमा पुगेपछि स्वतः उसले प्रणालीमा बाँधिएर काम गर्नपर्ने हुन्छ । तर अहिले सत्तासीन नेकपाको अवस्था त्यस्तो देखिदैन । अहिले नेकपामा को कति सिद्धान्तप्रति प्रतिबद्धभन्दा पनि कुन नेता केपी ओलीको, पुष्पकमल दाहालको वा माधवकुमार नेपालको भन्ने कुराले महत्व राख्ने गरेको छ ।

जनताको ठूलो अपेक्षा रहेको र सत्तामा समेत दुईतिहाइ बहुमतको नेतृत्व गरिरहेको यो पार्टीमा देखिएको वैचारिक समस्याले अन्ततः नेपालमा कम्युनिस्टप्रतिको विश्वासलाई कमजोर बनाउँदै लगिरहेको अवस्था छ ।

कम्युनिस्ट राजनीतिक सिद्धान्तलाई पार्टीले पछ्याएको भए व्यक्तिको मूल्यांकन नेताको नजिक भएका कारणभन्दा पनि पार्टीप्रतिको उसको योगदानका आधारमा हुनुपथ्र्याे । पछिल्लोपटक जिल्ला इन्चार्ज, अध्यक्षलगायतका जिम्मेवारी बाँडफाँडमा त्यो कुरा प्रष्टै देख्न पाइयो । स्वतन्त्र रूपमा पार्टीमा लागेको व्यक्तिभन्दा पनि नेताको नजिक भएका आधारमा जिम्मेवारी सुम्पिने काम भएको छ । यसले गर्दा सत्तासीन नेकपा वैचारिक रूपमा लगभग पतन हुँदै केही नेताको कोटरीबाट चल्ने अवस्थामा पुगेको स्पष्ट हुन्छ । जनताको ठूलो अपेक्षा रहेको र सत्तामा समेत दुईतिहाइ बहुमतको नेतृत्व गरिरहेको यो पार्टीमा देखिएको वैचारिक समस्याले अन्ततः नेपालमा कम्युनिस्टप्रतिको विश्वासलाई कमजोर बनाउँदै लगिरहेको अवस्था छ । तर सत्तासीन नेकपाको नेतृत्व भने कुर्सीकै झगडामा तल्लीन रहेको छ र कुर्सीकै लागि विदेशी शक्तिलाई रिझाउनु राष्ट्रिय अस्मितालाई विदेशीको सामु लम्पसार पार्न तम्तयार भएको देखिन्छ । पछिल्ला गतिविधिहरू त्यस्तै देखिएका छन् ।

देशका महत्वपूर्ण नदीहरू छिमेकीको कब्जामा पुगिरहेको अवस्था छ । देशले विद्युत उत्पादन गर्न चाहे पनि नपाउने अवस्था विकसित भएको छ । जलसम्पदाको धनी देश भनेर गर्व गर्ने हैसियतसमेत समाप्त गरिएको छ । छिमेकी देशको गिद्दे दृष्टि अझै पनि नेपाललाई दुःख दिनेमै देखिन्छ । त्यही छिमेकी देशका गुप्तचर प्रमुख नेपाल भ्रमणमा आउँदा यहाँका नेताहरू लम्पसार पर्न पुग्छन् । छिमेकी देशको एउटा कर्मचारीसँग नेताहरूले कस्तो प्रस्तुति देखाउनुपर्ने हो ? सामान्य ज्ञान पनि नभएको जस्तो गरिएको छ ।

जनताले किन मत दिएर सत्तामा पु¥याएका हुन् भन्नेतर्फ पटक्कै चिन्तनशील भएको पाइदैन । यी सबै परिणामहरू वैचारिक पतनका ज्वलन्त उदाहरणहरू हुन्, यसतर्फ सत्तासीन नेकपाका नेताहरू रत्तिभर पनि गम्भीर नदेखिनु चिन्ताको विषय हो । आगे सबैलाई चेतना भया ! –जनधारणा साप्ताहिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *