उर्जामन्त्री पुनको जिल्लामा बनेको २७ लाखको पुलको फोटो भाइरल

केही दिन यता उर्जामन्त्री बर्षमान पुनको गृह जिल्ला रोल्पामा बनेको एउटा काठे पुल सामाजिक सञ्जालमा निकै चर्चामा छ र भाइरल पनि बनिरहेको छ पनि ।

जिल्लाको पूर्वी क्षेत्र बडाचौर र पाङ जोड्ने यो पुल चिटिक्क देखिन्छ । सोच्न सकिन्छ, यो पुल सामान्य जनश्रमदान र कमै रकममा बनाउन सकिन्छ र बन्छन् । तर यसको हल्ला भने अचम्मको छ । पुल २७ लाखमा बनेको भन्ने चर्चा संगै यतिबेला आलोचना पनि सुरु भएको छ । सामाजिक सञ्जालमा मन्त्रीकै जिल्लामा ३६ लाखको पुल यस्तो भन्छ, भन्दै टिका–टिप्पणी सुरु भएको छ ।

यदि उर्जामन्त्री बर्षमान पुनकै जिल्लामा २७ लाखमा यस्तो पुल बन्छ भने अन्य ठाउँहरुको अबस्था के होला – यो धेरैलाई चासोको बिषय बनेको छ । चारैतिर भ्रष्टाचारको कुरा उठिरहेको बेलामा, बडाचौर र पाङ जोड्ने पुलले मजाक गरिरहेको छ ।

लुङग्री गाउपालिकाका अध्यक्ष दुर्गा बहादुर खड्का पुलको बिषयमा यथार्थ नबुझेर मान्छेहरुले हल्ला फैलाएको बताउञ्छन । अध्यक्ष खड्काका अनुसार, प्रदेश सरकारको २० लाख बजेट र अपुग बजेट गाउ कार्यपालिकाको बैठक बसेर गाउपलिकाको बजेट बाट ७ लाख थप गरेर २७ लाखमा पुल निर्माण भएको हो । उनको दाबी छ. ” काम भएकै हो गाउपलिकाले अनुगमन गरेका हौ । तपाइहरु पनि त्यहा गएर हेर्न सक्नु हुन्छ पुलमा अनियमितता भएको छैन। ”

-जनसंचारबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *