प्रचण्डलाई ‘रअ’को धम्कि ! प्रधानमन्त्री बन्न यस्ता सर्त राख्यो

आफ्ना ढोके चौकीदारहरुलाई हप्कीदप्की, मोलमोलाई र आदेश जारी गरेर ‘रअ’को हाकिम फर्केको छ।

केपी ओली, पुष्पकमल वा शेरबहादुरमध्ये कसले सरकारको नेतृत्व गर्ने भन्ने प्रशन तेर्स्याउँदै उसले सबैसंग सर्तहरु राखेको छ। सुरक्षा, विदेश मामिला, पानी, नागरिकता र चीनको बिआरआईमा संलग्नताका बारेमा ‘रअ’ले मूख्य चासो देखाएको जानकारी प्राप्त भएको छ।

पुष्पकमललाई इण्डियाकाे स्वार्थलाई उपेक्षा गरे थप समस्या उत्पन्न हुने भनेर हेग र अख्तियारको त्रास पनि देखाएको छ।

चौकीदारहरुलाई दर्शन दिने क्रममा ‘धर्मनिरपेक्षता’ र ‘हिन्दू’ राज्यको प्रश्नमा जनमत संग्रह गर्न सकिने अर्ति दिएर ‘रअ’को हाकिले ईण्डियाको आन्तरिक शक्ति सन्तुलनमा नयाँ समझदारी भएको संकेत दिएको छ। मोदीको दलले चुनावमा बहुमत प्राप्त गरेपछि’आरएसएस’ र ‘रअ’का बिचमा हिन्दू राज्य र धर्मनिरपेक्षताका बारेमा मध्यमार्गि संझौता भएको देखिन्छ। यहि मध्यमार्गि संझौतालाई ‘रअ’को हाकिमले जनमत संग्रहका रुपमा व्याख्या गर्न खोजेको कुरा सजिलैसंग बुझ्न सकिन्छ।

राजसंस्थाका बारेमा ‘रअ’को हाकिमको रुची देखिंदैन। उसले जनमत संग्रहबाट नेपाल हिन्दू राज्य भयो भने राजसंस्था फर्कने आधार बलियो हुन्छ भन्ने अर्ति दिंदै ज्ञानेन्द्र शाहले ईण्डियनहरुको सर्त नमान्दासम्म यसबारेमा छलफल गर्न नसकिने आशय प्रकट गरेको छ। राजसंस्था फर्कि हाले पनि ‘बेबी किङ बाहेक अरु सोंच्न नहुने उर्दि पनि जारी गरेको छ। यसले के संकेत गर्दछ भने दलहरु जस्तै परिचालित हुन स्विकार नगर्दासम्म ज्ञानेन्द्र शाहको पुनर्वहालीको प्रश्नमा दिल्लीको सत्ताले मोलतोल गरिरहनेछ।

माथिका कुराहरुले इण्डियन सत्ताका केही अभिष्टहरुलाई प्रष्ट पार्दछन्। पहिलो अभिष्ट हो- अस्थिरता। जसले त्यसका लागि काम गर्छ, त्यसैलाई कुर्सीमा राखिदिने र अस्थिरताको अर्को चक्र सुरु गर्ने। दोश्रो हो- जनमत संग्रहका नाममा नेपाली समाज विभाजित गरेर द्वन्द गराउने र खेल्ने। तेश्रो हो, हिन्दू राज्य भएपछि राजसंस्थाको आधार बन्छ भन्ने कुतर्क गरेर ज्ञानेन्द्र शाहसंग वार्गेनिङका लागि वातावरण बनाउने। चौथो हो, सत्ताको लालसा देखाएर इण्डियन स्वार्थहरु कार्यान्वयनको ग्यारेन्टी गर्ने।

एउटा विदेशी गुप्तचर आएर बेदखली गर्दा मौन रहने र जनताबाट कर उठाएर लुट मचाउने दल र संसद नामका देशद्रोही अपराधी सञ्जालहरुलाई ब्यापक रुपमा नंग्याऔं ! विदेशीले भाडामा प्रयोग गरेका यी अपराधी झुण्डहरुको नाम लिंदा असुद्ध हुने मुखलाई सुद्ध पार्न कुल्ला गर्न सिकाऔं ! । घिनलाग्दा देशद्रोही अपराधीहरुलाई तिरस्कार गर्ने संस्कार बसाल्न मुख सुद्धिको अभियानले ठूलो मनोवैज्ञानिक काम गर्छ।

अपराधी विदेशी गुलामहरुलाई छिःछिः नगर्दासम्म मानिसले नैतिक समाजका बारेमा सोंच्न पनि सक्दैन।

विश्लेषक भरत दाहालको फेसबुक स्टाटसबाट ।

-JanaPati

Leave a Reply

Your email address will not be published. Required fields are marked *