विप्लबको बन्दको मौका छोपी अन्य असन्तुष्ट समुहद्वारा जनप्रतिनिधिमाथि बदला

साउन १५, काठमान्डौ । यतिबेला स्थानीय जनप्रतिनिधिसंग स्थानीयहरु रुष्ट बन्दै गएका छन् । आफैले भोटहालेर जिताएका जनप्रतिनिधिहरुले चाहेको जस्तो बिकाश-निकाश दिन नसक्नु र स्थानीय निकायमा जनप्रतिनिधिहरुको आफन्त तथा नातागोताहरुको हालीमुहाली हुनुले स्थानीयहरु रुष्ट बन्दै गएका हुन् ।

यसरि रुष्ट बन्दै गएका केहि स्थानीय तथा असन्तुष्ट समुहद्वारा विप्लबको बन्दको मौका छोपी आगजनी लगायतका गतिबिधि गरेर बदला लिनेगरेको खुल्न आएको नेकपाका एक नेताले बताएका छन् ।

यसै सन्दर्भमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। ढोकाको ताल्चा काटेर वडा कार्यालयभित्र गरिएको आगजनीबाट सबै कागजातहरु जलेर नष्ट भएको छ।

कसले आगे लगायो भन्ने खुल्न नसकेको जानकारी दिदै वडाध्यक्ष भक्तबहादुर खड्काले आगोबाट पुरै कार्यालय नष्ट भएको बताए। घटना कसले गरायो भन्ने विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

प्रहरीले घटना विप्लव समुहले नभई स्थानीयले नै कुनै रिसइबी साध्न आगजनी गरेको हुनसक्ने आशंका गरेको छ । घटना आसपासका क्षेत्रमा विप्लव समुहको कुनै पर्चासमेत नभेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख महेन्द्र दर्नालले जानकारी दिए ।

प्रहरीले घटनालाई रहस्यम मानेको छ। ताला काँटेर आगो लगाउनु र कम्पुटर र दराजभित्र भएका कागजहरुलाई भूइँमा झारेर जलाउनु रहस्यमय रहेको प्रहरीको भनाइ छ।

यता विप्लब नेकपाले घटनाको जिम्मा पनि लिएको छैन ।

यसरि हेर्दा विप्लबले बन्दको आयोजना गर्ने र असन्तुष्ट पक्षहरुले विप्लबको बन्दको मौका छोपी जनप्रतिनिधिका सरकारी कार्यलयमा आगजनी लगायतका गतिबिधि गरेर बदला लिने गरेको नेकपाका कार्यकर्ता बीच चर्चा हुनेगरेको छ ।

यो पनि पढ्नुहोस

नुवाकोट र रौतहटका वडा कार्यालयमा बम विस्फोट, रौतहटमा आगजनी

साउन १५, काठमाडौं । नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् ।

विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् ।

अज्ञात समूहको बम विस्फोटबाट क्षतिग्रस्त नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालय । तस्वीर सौजन्यः रामहरि न्यौपाने

ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विस्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा रहेका कागजपत्र, कम्प्युटरलगायतका महत्त्वपूर्ण सामग्री जलेको जानकारी दिइन् ।

बम विस्फोटबाट क्षतिग्रस्त बनेको नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालय । तस्वीर सौजन्यः सीता खतिवडा लामा ।
बम विस्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म यसको जिम्ममा लिएको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

त्यसैगरी, विप्लव समूहको बन्दको पूर्वसन्ध्यामा रौतहटको एक वडा कार्यालयमा पनि आगजनी भएको छ । चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन् ।

नुवाकोटमा जस्तै रौतहटमा पनि आगजनी गर्ने पक्षले अहिलेसम्म जिम्मा लिएको छैन ।

बन्दको अवज्ञा गरेको भन्दै गाडीमा आगजनी

हेटौंडा : बन्दको अवज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताहरुले मकवानपुरमा दुइवटा गाडीमा आगजनी गरेका छन् । फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार र मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् ।

आगजनीका कारण कार पूर्ण रूपमा क्षति पुगेको र ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।

त्यसैगरी, हेटौंडाका थानाभर्याङ, चौकीटोल, हुप्राचौरको क्विक २० नजिकै शंकास्पद् वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ । हेटौंडाको मुख्य बजारको पारिजात पथमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पार्न सेनाको टोली आउँदै गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा नेकपाले बुधबार बागमती, नारायणी र जनकपुर व्युराे बन्द आह्वान गरेको छ ।

झापामा एकैसाथ ३ वटा एनसेल टावरमा बम विस्फोट

झापाको ३ वटा स्थानमा एनसेल टावरमाथि एकैपटक आक्रमण भएको समाचार प्राप्त भएको छ । जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ भने दमकमा रहेको एनसेल टावरमा बम बिष्फोट भएको छ । एक्कासि एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीका अनुसार यसअघि पटकपटक नेकपाले एनसेलले कर नतिरेको भन्दै टावरमा आक्रमण गरेका कारण यसपटक पनि नेकपाले गरेको हुन सक्ने प्रहरी अनुमान छ । यद्यपि घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *