योगेश भट्टराईलाई गगन थापाकाे मुरीमुरी शुभकामना

ठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नवनियुक्त संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बधाई दिनु भएको छ । भट्टराई पर्यटनमन्त्रीमा नियुक्त भएपछि बुधबार थापाले फेसबुकमार्फत भट्टराईलाई मुरीमुरी शुभकामना दिनुभएकाे हो ।


सांसद थापाले आफ्नो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वाससँग आफु जोडिएकाे पनि बताउनु भएको छ ।

थापाले लेख्नु भएको छ- ‘याेगेश भट्टराई दाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्, मन्त्रीको रूपमा तपाईंलाई सफलता तपाईं र तपाईंको पार्टीसँग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वाससँग जोडिएको छ। मुरीमुरी शुभकामना।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *