नख्खु कारागारमा कैदीबीच एक अर्काको जुम्रा हेर्दा कुटाकुट, एकको मृत्यु

ललितपुर । ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।

कुटाकुटमा ज्यान मुद्दामा सजाय काटिरहेका पूर्णबहादुर राजीको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।


कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लकले प्रहार गरेर राजीको हत्या गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते राजीलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रहरीकाअनुसार घाम तापेर बसेका दुई जनाबीच एकअर्काको जुम्रा हेर्ने विषयमा विवाद भएको थियो । विवाद कुटाकुटमा परिणत भएको थियो ।

हत्यामा संलग्न महतोलाई थप ज्यान मुद्दाको सजाय माग गर्दै मुद्दा दायर गर्ने प्रहरीको तयारी छ ।

यो पनि पढ्नुहोस

जबर्जस्ती करणीमा एक हजार ८७३ मुद्दा दर्ता, किन बढ्दैछ अपराध ?

काठमाडौं । मुलुकभर जबर्जस्ती करणीका घटना बढेका छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो ।

आव २०७४/७५ मा एक हजार ४८० मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा एक हजार ८७३ मुद्दा दर्ता भएका छन् । आव २०७३/७४ मा भने एक हजार १३७ मुद्दा दर्ता भएका थिए ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल जबर्जस्ती करणीका घटना हिजोका दिनमा लुकाउने गरे पनि पछिल्लो समय प्रहरीलाई सूचना दिने प्रवृत्तिका कारण यस्ता घटनामा वृद्धि आएको बताउनुहुन्छ ।

कुनै पनि महिलाको इच्छाबेगर जबर्जस्तीरूपमा यौन सम्पर्क गर्न खोज्नुलाई जबर्जस्ती करणी भनिन्छ ।

प्रहरी प्रवक्ता पोखरेल आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबर्जस्ती करणीका घटना हुने गरेको बताउनुहुन्छ ।

“हिजो विश्वास गरेका व्यक्ति, नाता र छरछिमेक आज अविश्वासमा परिणत भएको छ”, उहाँ भन्नुहुन्छ ।

सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट यस्ता घटना बढेको उहाँको भनाइ छ ।

बालाजुमा मेलम्चीको पाइप सफा गर्ने क्रममा दाजुभाइको मृत्यु

साउन १७, काठमाडौं । काठमाडौंको बालाजुमा शुक्रबार बिहान मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरकाे मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका-१६, बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहकाे मृत्यु भएकाे हाे। उनीहरु सहोदर दाजुभाइ हुन्।

शुक्रबार बिहानै मेलम्चीको पाइप सफा गर्न सडकमा रहेको म्यानहोलबाट छिरेका उनीहरू त्यही अड्किएका थिए। लामो समयसम्म बाहिर ननिस्किएपछि प्रहरीले डोजर लगाएर खनेर दुवैलाइ निकालेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *