आफ्ना नेताको बचाउ गर्न नेता पुण्य गौतम र दिल निशानी मगर राँगा झैँ जुधेपछि…

‘भिरमा लड्ने गोरुलाई राम राम भन्न सकिन्छ तर काँध थाप्न सकिदैन’ भन्ने उखान प्रचलित छ तर यी दुई युवाको बहस सुनिसके पछि काँध थाप्न नसकिने होइन, काँध थापेरै आफै किचेर मर्ने देखिन्छ !

२१औ सताब्दीका नव युगका युवाहरुमा यस्तो अन्धभक्त मानसिकता सहि होलात ? बचाउ गर्नुको पनि हद हुन्छ तर बचाउ गर्दागर्दै नाङ्गै भएपछी कसको के नै लाग्छ र ?

आउनुहोस राँगा झैँ बुर्कुसी मार्दै लेखक दिल निशानी मगर र पुर्ब एमाले नेता पुण्य गौतमको बहस हेरौ :

यो पनि पढ्नुहोस 

लोभ र अहंकारले भ्रष्टाचार

नारद पोखरेल

समाजमा संस्कार जीवित रहँदा सत्कर्मतर्फ नागरिक स्वयं उन्मुख हुन्छन्। त्यहाँ झूटले स्थान पाउँदैन। सत्य र नैतिकताको जग बलियो बन्छ। राष्ट्रले सबल र सक्षम नेतृत्व प्राप्त गर्छ। कुनै समयमा हाम्रो देशलाई संसारले इमानदारको देश भनी चिन्ने गर्थ्यो। संस्कारयुक्त शिक्षा लिन विदेशीहरू यहाँ आउँथे। आज ती सबै इतिहास भए।

धन र सत्ताको मदमा यहाँको राजनीति बहकियो। नेतृत्व पंक्ति नेपाली भए पनि प्रवृत्ति फेरियो। सत्य स्विकार्नुभन्दा असत्यमा भ्रम छर्नु उनीहरूको नियती बन्यो। यसको परिणाम पथभ्रष्टहरू नै सामाजिक अगुवामा रूपान्तरण भए। अहिले स्वार्थ र सम्पत्तिको आकर्षण बढ्दो छ। जुनसुकै क्षेत्रमा पथभ्रष्टहरूको हैकम छ। जोसँग धन छ ऊ ठूलो हुन्छ। पैसा नहुँदा इमानदारहरू नै ओझेलमा पर्छन्। यस्तो हुनुमा सम्पत्तिप्रति मानिसको चरम आसक्ति हो।

जुनसुकै मुलुकमा नागरिक सम्पन्न हुँदा विकासले फट्को मार्छ। त्यसैले धनी हुनु राम्रो हो तर धन कसरी प्राप्त हुन्छ ? यो मूल प्रश्न हो। जसरी पनि सम्पत्ति आर्जन गर्ने र त्यसैबाट राज्यका माथिल्लो तहमा प्रभाव पारी फाइदा लिने प्रवृत्तिले यहाँको समाज भाँडिएको छ। त्यसको प्रतिफल मुलुक आज हरेक क्षेत्रमा भ्रष्टाचारले आक्रान्त बन्दै छ। पछिल्लो समयमा धनविनाको ज्ञान र सीपलाई नेपाली राजनीतिले अस्वीकार गरेको छ। यसको परिणति आज सर्वसाधारण नागरिकले कष्टपूर्ण जीवन गुजार्नु परिरहेको छ।

अमूक दल वा सरकार भ्रष्ट भयो भन्नुभन्दा पनि समग्र राजनीतिमै भ्रष्टाचारमा बिटोलियो भन्नु उचित हुन्छ। लोकतन्त्रमा यस्तो अपारदर्शिता समयमै छिनोफानो हुनुपर्छ। यहाँ त्यसको पर्वाह गरिँदैन। आज वाइड बडीको भ्रष्टाचार बाहिरियो। हिजो पनि लाउडा, धमिजा काण्ड सार्वजनिक भएकै हुन्। हिजो कुनै विषयमा नराम्रो भयो भने आज पनि नराम्रो गर्नुपर्छ भन्ने हुँदैन।

हिजो प्रजातन्त्रका नाममा सरकारी स्वामित्वमा रहेका उद्योग बेचिएकै हुन्। आज पनि सरकारी जग्गा–जमिन भूमाफियाले भोगचलन गर्दैछन्। ‘पहिला पनि भ्रष्टाचार भएको थियो, अहिले गर्दाचाहिँ यत्रो विरोध किन ? ’ लाजै नमानी यस्ता कुतर्क गर्छन् सरकारी मन्त्रीहरू। यस्तो पनि तर्क हुन्छ ? यिनै दुस्कार्यको प्रतिस्पर्धामा यहाँको राजनीति बरालिएको छ।

मुलुक बनाउँछु भन्नेहरूले भ्रष्ट र माफियाको सामीप्यता त्याग्नुपर्छ। यथार्थमा यहाँ त्यसो हुँदैन। धनको आसक्ति अत्यधिक चुलियो। लोकतन्त्रमा यसलाई राम्रो मानिँदैन। समग्र राजनीति नै माफियाले सञ्चालन गर्ला भन्ने भय नागरिकमा छ। यस्तो हुनुमा हामीले अपनाएको प्रणाली खराब हो वा सञ्चालन गर्ने पात्र खराब हु्न ? छिटै लेखाजोखा हुन जरुरी छ। पात्र खराब हुँदा फेर्न सकिन्छ। प्रणाली नै खराब हो भने जति राम्रो मान्छे आए पनि ऊ सफल हुँदैन। कुनै समय प्रणालीलाई खराब मानिन्थ्यो त्यतिबेला पनि सत्ताको दम्भमा अनैतिक गतिविधि भएकै हुन्। त्यो प्रणाली कतिसम्म खराब भयो भने नेपाली राजनीतिका खिखर व्यक्तित्व बीपी कोइरालाले लगाएको कोटमा समेत राष्ट्रघात देख्न थाल्यो। दरबारको निम्तोमा बीपी नारायणहिटी पुग्दा खैरो कोट नलाएको भन्दै गेटबाटै फर्काइएको थियो त्यतिबेलाको सत्ताले।

बीपी मुलुक बनाउने साझा दृष्टिकोण लिएर दरबार पुगेका थिए। त्यतिबेलाको सत्ताले यथार्थ बुझ्नुभन्दा प्रजातन्त्रको मानमर्दन गर्नु नै आफ्नो बहादुरी ठान्यो। दरबारको त्यसबेला मात्र चेत फर्कियो जुन बेला उसले भरोसा गरेका पञ्चहरू उसैको दुर्गतिमा थपडी बजाउन तल्लीन थिए। पुनः नयाँ दरबारको उदय भएको छ। लोकतन्त्रका नाममा भ्रष्टहरूलाई पुलपुल्याइएको छ। भूमाफियादेखि मेडिकल माफियासम्म राष्ट्रवादी भएका छन्।

भ्रष्टाचारविरुद्ध आवाज उठाउनेहरूलाई प्रतिगामी कित्तामा पुर्‍याइएको छ। टुँडिखेल प्रकरण होस् वा मेलम्ची प्रकरण होस्, कसैलाई कारबाहीको दायरामा ल्याइँदैन। वर्षौँदेखि आशा गरिएको मेलम्चीको पानीमा समेत राष्ट्रघात गर्नेहरूबाट सुशासनको आशा राख्नु व्यर्थ मात्र हुनेछ। यहाँ सत्ता र प्रतिपक्षको विचार फरक होला, तर भ्रष्टाचार सवालमा भने एउटै धारणा बन्ने गर्छ। प्रतिपक्ष पनि अन्य मुद्दामा हात धोएर पछि लाग्छ, भ्रष्टाचारको प्रश्नमा भने न संसद्मा न सडकमा चाइँचुइँसम्म गर्दैन। यस्तो देख्दा कुन धरातलमा यहाँको राजनीतिले काम गर्दै छ नागरिकलाई बुझ्न गाह्रो छैन।

संसारमा राजनीतिक परिवर्तनपछि आर्थिक उन्नति भएका बग्रेल्ती उदाहरण छन्। साम्यवादी शासन भनिएको चीनमा सन् १९४९ देखि राजनीतिक स्थायित्वको यात्रा प्रारम्भ भयो। त्यस समयमा माओत्से तुङकेन्द्रित सामूहिक नेतृत्वले काम सुरु गर्‍यो। शासन व्यवस्था खुकुलो नहुँदा त्यतिबेला आर्थिक रूपरेखा प्रस्ट हुन सकेन। हु चिन थाओले समृद्धिको मार्ग चित्र कोरे पनि देङ स्यायो पिङको उदायपछि मात्र आर्थिक विकासले गति लियो। देङले समाजवादका नममा देखिएको कट्टरतालाई सुधार गरे। खुलापनलाई प्र श्रय दिए। यसको प्रतिफल चीनको आर्थिक प्रगति विश्वसामु उदाहरण बन्न पुगेको छ। यहाँ भने राजनीतिमा परिवर्तन भइरह्यो। साथसाथै, नेतृत्वमा समर्पण र निष्ठाको सधैं अभाव खटकियो। मानिसहरू लोभले ग्रस्त भए। डर भय हरायो। सत्ताको आडमा जे गर्दा पनि हुन्छ भन्ने ठानियो। मूल्यमान्यता सिध्याउन अगुवा भनिनेहरू नै प्रयोग भए।

लोभले मानिसलाई एकोहोरो बनाउँछ। त्यहाँ दायाबाया आफ्नो र पराया छुट्टिँदैन। हुँदाहुँदै त्यही लोभबाट सिर्जित भ्रष्टाचार आज राष्ट्रको क्यान्सर बन्न पुगेको छ।

यहाँनेर एउटा पौराणिक कथा सान्दर्भिक हुनेछ। महाज्ञानी गुरुका एकजना लोभी चेला थिए। गुरु भूत र भविष्य जान्ने सर्वज्ञानी थिए। त्यहाँ भोजनका लागि पाँच रोटी तयार भयो। ती रोटी गुरु–चेलाले बराबरी बाँडेर खानुपथ्र्यो। चेलोले गुरुको भागसमेत खायो। थाहा पाएर पनि गुरुले सोधे, ‘खै मेरो भागको रोटी ? ’ चेलोले उत्तर दियो, ‘यहाँ छैन, कसले खाएछ ? ’ तब गुरुले भने, ‘रोटी खानेको नाम भन्यौ भने म यो विशाल नदी तारिदिन्छु।’ यो सुनेर ऊ लोभियो अनि भन्यो, ‘हुन्छ गुरुदेव।’ पारि पुगेपछि गुरुले फेरि रोधे, ‘रोटी खानेको नाम के हो ? ! ऊ भन्छ, ‘मलाई थाहा छैन, कसले खायो म जान्दिनँ।’

एवं रीतले त्यो लोभी शिष्य झूटमाथि झूट बोल्दै जान्छ। अन्त्यमा गुरुले यसको औकात देखाउनै पर्‍यो भन्ने ठानी फेरि सोधे, ‘यो तीन टुक्रा फलाम छ, तीनै टुक्रालाई म सुन बनाइदिन्छु। एक टुक्रा म आफैं राख्छु अर्को टुक्रा तिमीलाई दिन्छु र तेस्रो टुक्राचाहिँ जसले मेरो भागको रोटी खायो उसैलाई दिन्छु।’ यो सुन्नासाथ चेलो उफ्रिँदै चिच्यायो, ‘गुरुदेव हजुरको भागको रोटी खाने म नै हो। त्यो तेस्रो टुक्रा पनि मैले पाउनुपर्छ।’

अहिले नेपाली राजनीति त्यही लोभी शिष्यको मनोदशाबाट संक्रमित छ। यहाँनेर चेलोले गुरुको विज्ञताबाट ज्ञान लिनुपर्नेमा लोभमा फसेर उल्टो गुरुकै अपमान गर्‍यो। उसले संस्कार बिर्सियो। अन्तमा आफैं नांगियो। त्यसैले परि श्रमविनाको सम्पत्तिमा लोभ गर्नु हुँदैन भन्ने पूर्वीय मान्यता रहेको छ। भ्रष्टाचारको समाप्ति नै संस्कारयुक्त समाजको पुनर्निर्माण पनि हो। यसैबाट मुलुकमा समृद्धिको यात्रा प्रारम्भ हुन्छ।

यो तथ्यलाई राजनीतिक नेतृत्वले बेवास्ता गरी समय बर्बाद गर्नु हुँदैन। देशको अर्बुद बनेको भ्रष्टाचार रोक्न राज्य किन उदासीन छ ? अब यो प्रश्न निरुत्तर रहनु भएन। यसलाई राज्य सञ्चालकहरूले शीघ्र पर्गेल्न सक्नु पर्छ। अन्यथा, सत्तामा जोसुकै पुगे पनि भ्रष्टाचार अन्त्यको अभियान बालुवामा पानी हालेसरह मात्र हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *