युएई पुगेर संसारकै महँगो होटेलमा बसेका प्रचण्ड परिवार आजै फर्किदैन

काठमाडौं, १८ साउन । पारीवारिक भ्रमणका लागि दुबई गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज राति स्वदेश फर्किँदैछन् ।

गत मंगलबार सपरीवार युएईको दुबई गएका प्रचण्ड आज राति १२ः१० बजे फर्किन लागेको उनको सचिवालयले जनाएको छ ।

पारीवारिक भ्रमणका लागि यूएई गएका उनी भ्रमण पूरा गरी फर्किन लागेका हुन् । उनका स्वकीय सचिव विष्णु सापकोटाले प्रचण्ड फर्किन लागेको जानकारी दिए । पत्नी सीताको उपचारका लागि प्रचण्ड विदेश गएका थिए ।

अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल, छोरी रेणु र गंगा दाहालसहित युएई प्रस्थान गरेका थिए । ५ दिनसम्म युएई भ्रमणका क्रममा त्यहाँ रहेका केही नेपालीसँग सामान्य भेटघाट भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

प्रचण्ड पत्नीको नक्कली इक्छा र ओलीको अस्वस्थ बहाना मात्रै, भ्रमणको रहस्य अर्कै !

दाहाललाई सपथ ख्वाएपछि त्यसैका आधारमा ओलीसंग वार्गेनिङ
एउटा थुत्थो तलुवा फर्कने दिन अर्को चुत्थो तलुवालाई बोलाओट !

केपी ओली र पुषपकमल दाहाललाई दुबई र सिंगापुरमा केरकार गरिंदैछ। पहिले पुष्पकमललाई कामको सपथ ख्वाएर त्यस अनुसार ओलीसंग वार्गेनिङ गर्ने योजना अनुसार दाहाल दुबईबाट फर्कने दिनमैें ओलीलाई सिंगापुर बोलाईएको छ । दाहाललाई बचनबद्ध गराउने रणनीतिक हतियारका रुपमा अहिले ‘हेग’को समाचार छाएको छ। जसले ‘हेग’को हौवा चलाईरहेका छन्, तिनीहरु ईमान्दार भएको भए आजसम्म ‘हेग’मा मुद्दा दर्ता गरिसक्थे। तिनीहरुको धन्धा पुष्पकमललाई तर्साएर ईण्डो-पश्चिमाहरुको पक्षमा काम गर्न तयार हुने वातावरण बनाईदिनु मात्र हो।

भेनेजुयलाका राष्ट्रपति मदुरोका पुत्रको नेपाल भ्रमणपछि ‘ईण्डो-प्यासिफिक रणनीति’का नाममा पहिले गरेका बाचाहरु तोडेको भनेर यूरो-अमेरीकन साम्राज्यवादी ब्लक आगो भएको छ। दलालहरु सिनो-रसीयन शक्तिको डरले यसलाई नजरअन्दाज गरेर अघि बढ्न सक्ने हालतमा पनि छैनन्। ओली र दाहाललाई केरकार गर्न सिआईए र रअले आ-आफ्नै नेटवर्कहरु परिचालन गरेको सूचना प्राप्त भएको छ। तर यी दुई जना दलालसंगको भेटघाटको योजना सिआईए र रअको समझदारस्मैं भएको बुझिन्छ। तिनीहरुको साझा चासो चीन र बिआरआई परियोजना हुन् भन्ने कुरा छर्लङ्ग छ।

बिआरआई परियोजनालाई अगाडि नबढाउने, ईण्डो-प्यासिफिक रणनीति’मा सामेल हुने, तिब्बती शरणार्थीहरुलाई चीनका राजनीतिक अधिकार दिने, सार्कलाई अगाडि नबढाउने, बिमस्टेकमा सैन्य साझेदारी गर्ने र दक्षिण चीन सागरको विवादमा चीनसंग मतभेद राख्ने केही आशियान देशहरुको पक्षमा भूमिका खेल्नु पर्ने, नागरिकता विधेयक पारित गर्नु पर्ने लगायतका मुद्दामा केरकार गरिंदै छ। ओली र दाहालसंगको भेट रअसंगको सहमतिमा सिआईएले तय गरेको कुरा थाहा भएको छ। रअ प्रमूखले काठमाडौंमा दिएको गाईड लाईन अनुसार बुँदागत कुरा हुने संभावना देखिन्छ।

यी २ दलालको भेटघाट कार्यक्रमको चुरो विषय नेपालमा अराजकता फैलाएर बिग्रेको परिस्थितिलाई आफ्नो काबुमा लैजाने रहेको छ। या त चीन र नेपालका विरुद्धमा ओलीको प्रतिबद्धता या दाहाल मार्फत् सरकार गिराएर अराजकता फैलाउने। यसैको हिसाबकिताब आँकलन गर्न पहिले दाहाललाई भेटेर बचनबद्ध गराउने र त्यसपटि मात्र ओलीसंग वार्गेनिङ गर्ने रणनति बनाईएको देखिन्छ। स्मरण रहोस् ओलीलाई कुनै पनि डाक्टरले सिंगापुर जान सिफारिस गरेका छैनन् र उनलाई केही भएको पनि छैन। श्रीमतीलाई दुबईको बजार देखाउन लग्न थालेको भन्ने दाहालको बयान कति नक्कलि छ भन्ने तथ्य स्पष्ट छ।

(लेखक तथा राजनीतिक विश्लेषक भरत दाहालको फेसबुकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *