प्रचण्डको चेतावनी : ज्ञानेन्द्रलाई नागार्जुनबाट पनि निकाल्न नपरोस्

काठमाडौँ, १९ साउन । नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी दिएका छन् ।

गणतन्त्र स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिएका हुन् ।

वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको उद्घाटन गर्नत्यहाँ पुगेका प्रचण्डले राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप समेत लगाए ।

प्रचण्डले जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रह गरे । हिजझ मात्रै एक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले सरकार होइन, व्यवस्था नै फेर्नुपर्ने बताएका थिए । प्रचण्डले यसैको जवाफ दिएका हुन् ।

‘पपुलिष्ट’ बन्ने ध्याउन्नमा मात्रै मन्त्री बिना मगर !

काठमाडौं, १९ साउन । पदीय जिम्मेबारी लिएको डेढ बर्ष बित्दा पनि खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरले ठूलो परियोजना र मन्त्रालयका काममा ‘माखो’ मार्न नसकेको आरोप लागेको छ ।

मन्त्री नियुक्त भएको केही दिनमा नै मेलम्ची खानेपानी आयोजना निर्माणस्थलको निरिक्षण गरी सोही बर्ष पानी आउने घोषणा गरी ‘पपुलिष्ट’ बाटोमा हिँडेकी मगर एटीएमबाट पानी, खाडीलगायतका मुलुकमा पानी निर्यात गर्ने जस्ता ‘पपुलर’ एजेन्डा घोषणामा लागिन् तर केही काम गरिनन् ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदारले काम छाडी भाग्न बाध्य पारियो भने नयाँ ठेक्काको काम अघि बढ्न सकेको छैन । नेपालका लागि कतारका राजदूतलाई भेटी पानी निर्यात गर्ने विषयमा कुराकानी भयो तर प्रगतिको काम एक रती पनि बढाउन नसकेकी मन्त्री मगरले हालै मात्र एउटा निजी पानी कम्पनीको कार्यक्रममा फेरि भनिन्,‘हिमशृंखला र हिमनदीबाट खेर गइरहेको पानीलाई विदेशमा निर्यात गरिछाडिने छ ।’

हालै मात्र सम्बन्धित विभागीय मन्त्रालयको कार्यप्रगतिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग करारको सम्झौता गरेका छन् । यसमा मन्त्री मगरले पनि सम्झौता गरेकी छन् । तर उनी काम भन्दा बढी आयोजनालाई असर गर्न उद्दत विभिन्न पानी कम्पनीका मालिकको कार्यक्रममा मात्र व्यस्त हुने गरेको आरोप लाग्न थालेको छ ।

करिब ९७ प्रतिशत काम सकेको मेलम्चीको मुख्य ठेकेदार कम्पनी सीएमसी दि रिभेन्नाले ठेक्का तोड्दा पनि उनी विवादमा आएकी थिइन् । ठेक्का तोड्ने बेलाका तत्कालिन खानेपानी सचिव गजेन्द्र ठाकुरले मन्त्री मगरले राष्ट्रियता नै खतरामा पारेको भन्ने आरोप लगाएका थिए, जसलाई उनले मन्त्रालयबाट नै स्थानान्तरण गरेकी थिइन् ।

मन्त्री मगरले बिहीबार ‘नेसनल एग्रिकल्चर एन्ड फरेस्ट्री प्रालि’ले नेदरल्यान्ड्सबाट ल्याएको प्रेसरबाट पानी तान्ने प्रविधिको ललितपुरको गोदावरी र ठैबमा परीक्षण गरेकी थिइन् । शुक्रबार उनी रसुवाको पानी विदेश निर्यात गर्ने निजी कम्पनीको प्रवद्र्धनको कार्यक्रममा पुगिन् ।

मन्त्रालय उच्च स्रोतका अनुसार अहिले मेलम्चीका विषयमा मन्त्री मगर चिन्तित छैनन् । बरु, नेकपाको नजिक रहेका कतिपय पानी कम्पनीका मालिकले बोलाएको औपचारिक र अनौपचारिक कार्यक्रमका लागि समय निकाल्छिन् । गौतम महर्जनको लगानीमा खुलेको नेसनल एग्रिकल्चर एन्ड फरेस्ट्री प्रालिले पहाडी क्षेत्रमा प्रेसरको माध्यमबाट पानी तान्न सक्ने प्रविधि ल्याएको दाबी गरेको छ ।

उक्त प्रविधिले नीजि कम्पनीलाई फाइदा हुनेछ । उसले प्रबद्र्धन गरेको पानी सर्वसाधारणलाई महँगो मुल्यमा विक्रि वितरण गर्नेछ जबकि, मेलम्ची समयमा आउँदा यस्ता कम्पनीको साख नै नरहने अवस्था हुन्छ । एक अधिकारी भन्छन्,‘यस्ता कम्पनीलाई निरुत्साहीत गर्नका लागि समयमा मेलम्ची ल्याउनुपर्ने हो, तर मन्त्री नै प्रमूख अतिथि भएर यस्ता कार्यक्रममा पुगेपछि मेलम्ची रोक्ने खेलमा त होइन भन्ने आशंकालाई बल पुग्छ ।’

त्यसो त प्रतिनिधि सभाका विभिन्न समिति र संसदमा पनि मन्त्री मगरले बोलेको मात्र मेलम्चीका विषयमा कार्यप्रगति नगरेको भनी बारम्बार प्रश्नको सामना गर्नु परेको थियो । यति हुँदा पनि मन्त्री मगरले काम गर्नुको साटो ‘पपुलिष्ट’ बाटो मात्र रोजेको आरोप लाग्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *