आजदेखि दाङको टरिगाउँ बिमानस्थलमा दैनिक दुईवटा जहाज चल्ने

साउन २१, दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका १२ स्थित टरिगाउँ बिमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएको छ । एयरलाईन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठका अनुसार आज  साउन २२ गते बुधबारदेखि टरिगाउँ बिमानस्थलमा दाङ–काठमाडौंकालागि नियमित दुईवटा बिमानले अवतरण गर्ने भएका छन् ।

नियमित दुइ उडान हुने भएपछी अब हप्तामा १४ वटा उडान हुने भएका छन् । यात्रुहरुको माग अत्यधिक भएकाले विमान अवतरण संख्या बढाउन लागिएको नेपाल बायुसेवा निगमले जनाएको छ ।

तुलसीपुर उपमहानगर पालिका र निगम बीच गत २०७५ कार्तिक ३० गते बसेको बैठकको निर्णय द्वारा काठमान्डौ-दाङ-काठमान्डौ दैनिक नियमित उडान भर्ने द्वीयपक्षीय सम्झौता भएको थियो, उक्त सम्झौता पत्रमा बजारको मागअनुसार उडान थप-घट गर्न सकिने उल्लेख भएको थियो ।

लामोसमयदेखि बन्द रहेको उक्त बिमानस्थललाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा गएको बर्षदेखि नियमित बनाईएको हो । यस अघि एउटा जहाजले मात्रै उडान भर्दैै आएको थियो । अब दैनिक दुईवटा उडान भर्ने भएको छ ।

टरिगाउँ बिमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम पनि अन्तिम अबस्थामा पुगेको छ ।

बिगत ६४ वर्षदेखि टरीगाउँ विमानस्थल सञ्चालन हुँदै आएको छ । यस बिचमा विभिन्न कारण बस कहिले संचालन हुने कहिले बन्द हुने कार्य हुँदै आएको थियो  । २०११ फागुन ११ मा परीक्षण उडान गरिएको विमानस्थल नियमित रूपमा चल्न नसक्दा यस क्षेत्रका बासिन्दालाई हवाई यात्रा गर्दा भैरहवा वा नेपालगन्ज जानुपर्ने बाध्यता थियो ।

गएको बर्ष कार्तिकदेखि उक्त बिमानस्थलमा दैनिक सेवा दिन थालिएको हो ।

हेर्नुहोस निगमको बिज्ञप्ति:

ओभरट्याग’ गर्न खोज्दा दाङमा यात्रुवहाक बस दुर्घटना

दाङमा यात्रुबहाक बस दुर्घटना भएको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. १० गुर्जे खोलामा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जना घाईते भएका छन् ।

दाङको तुलसीपुरबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख ६४३१ नम्बरको बस मंगलबार दिउसो पौने १ बजेतिर दुर्घटना भएको हो ।

सोही बसले अगाडिको बसलाई उछिन्ने क्रममा सडकदेखि १० मिटर तल खस्न जाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले जानकारी दिए ।

उनका अनुसार चालक फरक रहेका छन् । घाईतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचार भईरहेको छ । घाईते सबैको अबस्था सामान्य छ ।

फुलवारीमा अभिमुखिकरण सम्पन्न

देविराम कुसारी,तुलसीपुर
१७ वैशाख /शान्ति स्वयम् सेवकका लागि एक दिने जेण्डर विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही र नागरिकआवाज ललितपुरको साझेदारिमा भएको कार्यक्रममा दाङका सविक फुलवारी, गोल्टाकुरी, लक्ष्मिपुरका गरि ४५ जना स्वयम् सेवकको सहभागिता रहेको थियो ।

कार्यक्रममा नागरिक आवाजका कार्यक्रम सहायक अधिकृत विष्णुमाया घर्तिले लैगिक्ता का वारेमा जानकारी गराएका थिए ।

त्यस अवसरमा सशयाक लेखापाल एन्जिला कोइराला, सि यम पि आर कार्यक्रम संयोजक वसन्त पोख्रेल, मनो विमर्श कर्ता लक्ष्मि ढकाल लगाएतले प्रशिक्षण दिएका थिए ।

बंगलाचुलीमा प्राबिधिक शिक्षा , सभामुखद्वारा उद्घाटन

२० असार / दाङको बंगलाचुली गाउँपालिकामा कृषि विज्ञानको पढाई सुरुभएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मा रहेको सुुधा मावि झेल्नेटामा प्राविधिक धारको कृषि विज्ञानको पढाई सुरुभएको हो ।
कक्षा ९–१२ तथा साधारणधार तर्फ कक्षा ११ मा पढाउने र पढ्ने गरी प्राविधिक धार तर्फको कृषि पढाईको शुक्रवार सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका हुन ।

पढाई सँगै सिप र ज्ञान दिने शिक्षालाई प्राथमिकता दिदै भुगोल अनुसार कृषि शिक्षा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।

कृषि शिक्षा पढाईको उद्घाटन गर्दै सभामुख महराले प्राविधिक धारको शिक्षा अहिलेको आबस्यकता भएको बताए । अहिले सम्मको शिक्षा जीवन उपयोगि र व्यवहारीक नभएको भन्दै अब पढाई सकिदा सिप र क्षमता लिएर फिल्डमा जाने शिक्षा दिन सरकार केन्द्रित भएको उनको भनाई छ ।

अबको शिक्षा बेरोजगार उत्पादन नभई सिप र रोजगार दिने खालको हुने भन्दै ठाउँ, सम्भाबनालाई मध्यनजर गर्दै प्राविधिक धारको पढाई हुने स्पष्ट पारे । कार्यक्रममा बोल्ने बक्ताहरुले अबको शिक्षा व्यवहारीक र गरेर खाने बनाउनै पर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *