प्रधानमन्त्री ओली हिटलरकै बाटोमा: देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कडा आलोचना गरेका छन्।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले एकपछि अर्को जनअपेक्षा विपरीतका विधेयक ल्याएको उल्लेख गर्दै देउवाले सरकार सत्ता कब्जाको बाटोमा हिँडेको आरोप लगाए।

साथै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जर्मन शासक हिटलरसँग तुलना गरेका छन्। ‘हिटलरले संसदबाटै कानुन पास गरेर सत्ता कब्जा गरेका थिए। सदनमा एकपछि अर्को अनेकथरी विधेयक ल्याएर पास गर्न खोजेर प्रधानमन्त्रीजी त्यहीँ बाटोमा हिँड्न खोजेका छन्,’ मंगलबार कास्कीमा पत्रकार महासंघले गरेको पुरस्कार वितरण कार्यक्रममा देउवाले भने।

मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयकजस्ता विधेयक ल्याएको भन्दै उनले फिर्ता लिन सरकारलाई आग्रह गरे।

सरकारको राम्रा कामको प्रतिपक्ष दलले प्रशंसा गर्ने बताउँदै उनले नराम्रा काम गरेमा जनताको साथ लिएर खबरदारी गर्ने बताए।

‘हामीले सडकमा आन्दोलन गरेको छैन। रेलिङ भाँचेको छैन,’ उनले भने, ‘सरकार सुध्रिएन भने जनतासँगै सडक संघर्षमा जान्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *