बेस्सरी पसिना चुहाउनुका सात फाइदा थाहा पाउनुस

गर्मीमा त सबैजना तरतरी पसिना चुहाउँछन् नै र अत्यधिक पसिना चुहाउनु स्वास्थ्यका लागि लाभदायी नै हुन्छ ।

यसले शरीरमा जम्मा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ र अनेकथरी रोगबाट बचाउँछ । व्यायाम गर्दा निस्कने पसिनाले झन् शरीरलाई धेरै फाइदा गर्छ । पसिना धेरै निस्कँदा हुने फाइदा निम्न बमोजिम छन् :

१ छाला सफा
पसिना निस्केपछि शरीरको फोहोर बाहिर निस्कन्छ । छालाको रोम छिद्र खुलेर छाला सफा हुन्छ ।

२ चम्किलो छाला
अधिक मात्रामा पसिना निस्कँदा मृत छाला झर्छ र त्वचामा प्राकृतिक निखार आउँछ ।

३ तौल घटाउन
व्यायाम गर्दा जति धेरै पसिना निस्कन्छ, शरीरबाट त्यति धेरै क्यालोरी डढ्छ । यसो हुँदा शरीरको तौल घटाउन सहज हुन्छ ।

४ पत्थरी हटाउन
शरीरबाट अत्यधिक पसिना निस्कँदा व्यक्तिले पानी धेरै पिउँछ । यसले गर्दा शरीरको फोहोर सफा हुन्छ । मिर्गौलामा पत्थरी भएका मानिसलाई पसिना बगाउनुका धेरै फाइदा छन् ।

५ तनाव
अधिक पसिना निस्कँदा शरीरको तापमान सन्तुलित रहन्छ । यसकारण दिमाग फ्रेश हुन्छ र तनाव हट्छ ।

६ रक्तसञ्चार
पसिना निस्कँदा शरीरमा रक्तसञ्चार तेज हुन्छ जसका कारण पूरा शरीर स्वस्थ हुन जान्छ ।

७ डण्डीफोर
शरीरको फोहोर पसिनामार्फत निस्कने भएकाले अनुहारमा डण्डीफोर आउँदैन वा एकदमै कम हुन्छ ।
४० कटेसी रमाउन यी कुरामा ध्यान दिनुस्, नत्र…

उमेर बढ्दै जाँदा स्वास्थ्यसम्बन्धी समस्या पनि बढ्छन् ।

अझ ४० वर्ष कटेपछि त रक्तचाप, मधुमेह, जोर्नीको दुखाइ, पाचन क्रियामा गडबडी, टाउको दुख्ने, कमजोरी र अन्य रोगहरू आइलाग्छन् । सबैलाई यो समस्याले सताउने भएपनि महिलालाई यसले धेरै दुःख दिन्छ । यसरी गर्नुस् आफ्नो स्याहार :

चिकित्सकलाई देखाउनु अत्यन्त जरूरी हुन्छ तर धेरै मानिस यसप्रति ध्यानै दिँदैनन् । चालीस कटेपछि नियमित चेकअप गराउनुस् । यसो गर्दा शारीरिक कमजोरी छिट्टै थाहा पाइन्छ र सही समयमा उपचार हुन्छ ।

यो उमेरमा आफ्नै इच्छाअनुसार व्यायाम शुरु नगर्नुस् । चिकित्सकको सल्लाहबमोजिम व्यायाम गर्नुस् ।

बिहान भ्रमण गर्नु स्वास्थ्यका लागि लाभदायी हुन्छ । दिनदिनै कम्तीमा २० मिनेट भ्रमण गर्नुस् । यसो गर्दा रोगहरू निको हुन्छन् । अलिअलि गर्दै भ्रमणको समय बढाउँदै जानुस् ।

खानपानमा ध्यान दिनुस् । सन्तुलित भोजन गर्नुस् । चिल्लो र जंक फूड नखानुस् । ***तलको भिडियो हेर्नुस***

दिनमा आठ घन्टा अवश्य सुत्नुस् । निद्रा पूरा नहुँदा स्वास्थ्यलाई हानि पुग्छ ।

धेरै मानिस यो उमेरमा मानसिक तनावको शिकार हुन्छन् । यसबाट बच्न मेडिटेसन गर्नुस् । योग र ध्यानले स्वास्थ्य राम्रो बनाउँछ ।

प्याजको बोक्रा फाल्नुहुन्छ ? यस्ता छन्, ६ वटा अचूक फाइदा

प्याजको बोक्रा फालेर तरकारी वा अचारमा प्रयोग गर्दै आइरहनुभएको छ होला । तर गलत गर्नुभयो । किनकी प्याजको बोक्रा फाल्नु भनेको धेरै कुरा फाल्नु हो । कुनै कुनै तरकारीका बोक्रा कामै नलाग्ने हुन्छन । तर प्याज यस्तो तरकारी हो जसको बोक्राको उपयोग धेरै हुन्छ ।

सिधै प्याजको बोक्रा खानेकुरा पनि भएन । तर अन्य तरिकाले प्याजको बोक्रा खान सकिन्छ । पेस्ट बनाएर अचार वा तरकारीहरुमा मिसाएर प्याजको बोक्रा सजिलै खान सकिन्छ ।

के-के छन प्याजका बोक्राका फाइदा ?

हेयर कन्डिसनरको रुपमा प्रयोगः ***तलको भिडियो हेर्नुस***

नुहाउने बेला कपाललाई राम्रोसँग धुनुहोस् र त्यसपनि प्याजको बोक्रा भएको पानीले केही बेर सफा गर्नुहोस् । यसले कपाल एकदम चम्किलो र नरम हुन्छ ।

कोलेस्ट्रोल कम गर्न सहयोगीः

प्याजको बोक्राले शरिरको कोलेस्ट्रोलको स्तरलाई पनि कम गर्न सहयोग गर्दछ । यसका लागि पनि रातभरी प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानी पिउनुहोस् । यदि तपाईंलाई प्याजको स्वाद आउने पानी मन परेको छैन भने त्यसमा चीनि वा मह मिसाएर खानुहोस् ।

पेटको संक्रमणबाट बचाउः

प्याजको बोक्रामा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ जसले पेटमा हुने संक्रमणमा आराम दिलाउँछ । यसका लागि पनि प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानीको सेवन गर्नुहोस् । यदि तपाईंको डाक्टरले संक्रमणबाट बच्ने औषधी दिएका छन भने पनि ती औषधीसँग प्याजको बोक्राको पानी पनि सेवन गर्नुहोस् । यसले चाँडै नै आराम मिल्छ ।

क्यान्सरबाट बचाउः***तलको भिडियो हेर्नुस***

प्याजको बोक्रामा एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ र यसमा एन्टी इन्फ्लामेटरी गुण पनि हुन्छ । यसका साथै प्याजमा पाइने ‘क्वेरसेटिन’ नामक एन्जाइमले क्यान्सर कोसिकालाई बढ्नबाट रोक्छ । तपाईं यी प्याजको बोक्राको चिया पनि बनाउन सक्नुहुन्छ र दैनिक सुत्नुभन्दा अघि उक्त चियाको सेवन गर्नुहोस् ।

एन्टी इन्फ्लामेटरी गुणः

यदि तपाईंको छालामा कुनै प्रकारको एलर्जी भयो भने तपाईं प्याजको बोक्रा र पानीको प्रयोगले राहत पाउन सक्नुहुन्छ । यसका लागि प्याजको बोक्रालाई रातभरी एक कचौरा पानीमा भिजाएर राख्नुहोस् र बिहान त्यो पानीले आफ्नो छाला सफा गर्नुहोस् ।

किरा, लामखुट्टेबाट राहतः

यदि तपाईंको घरमा अत्यधिक किरा फट्याङ्ग्रा वा लामखुट्टेको प्रकोप धेरै नै छ र यसबाट छुटकारा पाउनका लागि तपाईं प्याजको बोक्रा प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि पनि प्याजको बोक्रालाई रातभरी पानीमा भिजाउनुहोस् र त्यो पानीलाई झ्याल, ढोका नजिकै राख्नुहोस् । त्यसको गन्धले लामखुट्टे र किरा फट्याङ्ग्रा घरमा आउँदैनन ।

नीम अनेकौं रोगको एउटै औषधी, के केमा लाभदायी ?***तलको भिडियो हेर्नुस***

नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन्। यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ। नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने।

नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा शक्ति वर्द्धक तत्व विद्यमान हुन्छन् अनि रोगविरुद्ध लड्छन्। यसको बोक्रा विशेषगरी औलो र छालासम्बन्धी रोग निको पार्नका लागि उपयोगी हुन्छन्।

नीममा मधुमेह, क्यान्सर, मुटुरोग, एलर्जी लगायतका कैयौं रोगसँग लड्ने क्षमता हुन्छ । आयुर्वेदमा यसलाई रोगनिवारक मानिएको छ ।***तलको भिडियो हेर्नुस***

पृथ्वीमा जीवन सूर्यको शक्तिबाट नै चलेको हुन्छ । सूर्यको ऊर्जाबाट जन्मेको तमाम जीवहरूमा नीमले नै सबभन्दा बढी सूर्य ऊर्जा सोसेको छ । त्यसैले यसलाई रोगनिवारक मानिएको छ । नीमको एक पातमा १५० भन्दा धेरै रासायनिक प्रबन्ध हुन्छ । यस धर्तीमा पाइने पातहरूमा नीमको पात नै सबैभन्दा जटिल हुन्छ ।

नीमको पातले मानसिक रोग, दन्तरोग, छालाको रोग लगायत धेरै रोग निको पार्छ । तपाईंले घरमा नीम रोप्नुभएको छ भने तपाईंमा यसको राम्रो प्रभाव पर्छ ।

शरीरमा करोडौं ब्याक्टेरिया हुन्छन् । तीमध्ये धेरैजसो ब्याक्टेरिया हानिकारक हुन्छन् । ती हानिकारक ब्याक्टेरिया मार्नका लागि नुहाउनुअघि शरीरमा नीमको लेप लगाउनुस् र शरीरमै सुक्न दिनुस् । त्यसपछि पानीले मजाले धुनुस् । तपाईंको शरीरका सारा ब्याक्टेरिया नष्ट हुन्छन् । यसको विकल्पमा नीमका केही पात पानीमा राखेर रातभरि छोडिदिनुस् अनि बिहान उठेर त्यो पानीले शरीर नुहाउनुस् ।

नीमले तपाईंको शरीर प्रणालीलाई सफा राख्छ । यसले गर्मी पैदा गर्छ र शरीरमा तीव्र एवं प्रचण्ड ऊर्जा उत्पन्न गराउँछ ।​

मानसिक तनावकाे प्रभावकारी औषधि नै सामाजिक सम्पर्क- अध्ययन***तलको भिडियो हेर्नुस***

मानसिक तनावमा परेका व्यक्तिका लागि सामाजिक सम्पर्क अत्यन्त प्रभावकारी औषधि हुने एक अध्ययनले देखाएको छ।

अध्ययनकर्ताहरुले तनाव न्यूनीकरणका लागि सामाजिक सम्पर्कलाई बढाउनुपर्ने सुझावहरु उपयोगी हुने बताएका छन्। अध्ययनकर्ताहरुको टोलीले बनाएको प्रतिवेदन अमेरिकी जर्ननल अफ साईक्याष्ट्रीमा प्रकाशित भएको थियो।

‘मानसिक तनाव संसारभरी ठूलो समस्याको रुपमा रहेको छ, अपाङ्गताको मुख्य कारणको रुपमा मानसिक समस्या रहेको छ, तर यसको निवारणको प्रभावकारी उपाय अहिलेसम्म कसैले पत्ता लगाउन सकेको छैन,’ अध्ययनमा संलग्न कर्मेल चोइ (पिएचडी) ले भने। तनाब बढाउन सामाजिक अन्तरक्रिया, सञ्चार माध्यमको प्रयोग, सुत्ने तालिका, पोषण, शारीरिक गतिविधि र वातावरणीय अवस्था लगायतको भूमिकाका बारेमा पनि उनीहरुले अध्ययन गरेका थिए।***तलको भिडियो हेर्नुस***

अहिले सामाजिक दूरी बढाउनुपर्ने परिस्थीति सिर्जना भएका बेला यसतर्फ थप ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन्। तनाव व्यवस्थापन र सामाजिक सम्पर्कको विषय अहिलेको अवस्थामा अझ बढी सान्दर्भिक र चासोको विषय भएको छ, एक अध्ययनकर्ताले भने। एक्लै एक्लै बस्ने मानिसहरु मानसिक तनावको बढी जोखिममा रहने पनि अध्ययनले देखाएको उनीहरुले उल्लेख गरेका छन्।

अल्सरदेखि कोलेस्ट्रोल नियन्त्रण, यस्ता छन् गाजरका औषधीय गुण

जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुका यस्ता फाइदा हुन्छन् :***तलको भिडियो हेर्नुस***

गाजर र पालुंगोको रसमा भुटिएको जीरा र वीरेनून मिसाएर पिउँदा शरीरको कमजोरी हट्छ ।

जाडोमा दिनदिनै गाजर वा त्यसको जुस सेवन गर्दा शरीर तातो रहन्छ । गाजरको रसमा मरिच मिसाएर पिउँदा रुघाखोकी र कफको समस्या कम हुन्छ ।

दिनदिनै गाजर पिउँदा ग्यास, अल्सर, अपच र पेट गडबडी जस्ता समस्या हराउँछन् । त्यसको रसमा कागती र पालुंगोको रस मिसाएर पिउँदा कब्जियतको समस्या हटाउँछ ।

क्याल्सियम, प्याक्टिन फाइबर, भिटामिन ए बी र सीका गुणहरू हुन्छन् । यसको सेवनले कोलेस्ट्रोल स्तर नियन्त्रण गरेर मुटुरोगको खतरा कम गर्छ ।

इम्युन सिस्टमलाई ठीक राख्नका लागि दिनदिनै गाजरको रसमा मह हालेर पिउनुस् । पाचनतन्त्र ठीक राख्नुका साथै पेटका समस्या पनि हटाउँछ ।

एक सय पचास ग्राम गाजर, तीन लसुन र ल्वाङको अचार बनाएर दिनदिनै बिहान खाँदा पुरानो रुघाखोकी समेत निको हुन्छ ।***तलको भिडियो हेर्नुस***

गाजरको रसमा अमलाको रस र वीरेनून मिसाएर पिउँदा पिसाबको संक्रमण र पिसाब पोल्ने समस्याबाट मुक्ति पाइन्छ ।

चुकन्दर, पालुंगो र गाजरलाई कोरेर दूधमा मिसाएर मज्जाले उमाल्नुस् र दिनदिनै पिउनुस् । शरीरमा रगतको कमी हुन पाउँदैन ।

दिनदिनै दुईवटा काँचो गाजर खाँदा दिमाग तीखो हुनुका साथै आईक्यु स्तर पनि बढ्छ ।

चश्मा लगाउनुहुन्छ भने दिनदिनै गाजर र पालुंगोको रस एक गिलास पिउनुस् । आँखाको तेज बढ्छ ।

के हो ह्याङओभर ? कसरी पाउने यसबाट छुटकारा ?***तलको भिडियो हेर्नुस***

कहिलेकाहीँ पार्टीमा बढी नै रक्सी पिउँदा भोलिपल्ट बिहान टाउको भारी भएको अनुभव हुन्छ । छटपटी जस्तो हुने अनि बान्ता आउला जस्तो हुने स्थितिलाई ह्याङओभर भनिन्छ ।

खासमा पार्टीमा धेरै मात्रामा वा फरक फरक किसिमका रक्सी पिउँदा बिहान ह्याङओभर हुन्छ । यस स्थितिमा एल्डोस्टेरोन र कार्टिसोल जस्ता हर्मोनहरूको स्तरमा परिवर्तन आउँछ र यसैकारण ह्याङओभर हुन्छ ।

एक अनुसन्धानले पत्ता लगाएअनुसार, वृद्धहरूको तुलनामा युवाहरूमा ह्याङओभरको समस्या बढी हुन्छ ।

साठी एमएल वा दुई पेगभन्दा बढी रक्सी पिउँदा दिमागको न्युरोनमा असर पर्छ । यसबाट शरीरका अंगहरूमा दिमागले सही समयमा संकेत पु–याउन सक्दैन र व्यक्ति नियन्त्रण गुमाउन पुग्छ । कडा रक्सीको असर आठ घन्टासम्म रहन्छ ।

गाढा रंगको रक्सी पिउँदा कडा ह्याङओभर हुने एक अनुसन्धानले देखाएको छ । भोड्काको तुलनामा बीयर पिउँदा ह्याङओभर बढी हुन्छ । बीयरभन्दा ह्विस्की बढी गाढा हुनाले त्यो पिउँदा धेर ह्याङओभर हुने सम्भावना रहन्छ ।

पुरुषको तुलनामा महिलालाई ह्याङओभरको समस्या बढी हुने एक अनुसन्धानले देखाएको छ । महिलाको शरीरमा पानीभन्दा बढी फ्याट हुने र रक्सी फ्याटमा छिट्टो घुल्ने भएकाले महिलालाई ह्याङओभरले बढी सताउँछ ।

ह्याङओभर हुँदा कागती, नून र चिनी मिसाएर पिउनुस् अनि बेस्सरी पानी पिउनुस् ।***तलको भिडियो हेर्नुस***

साइट्रिक एसिडयुक्त फल कागती, सुन्तला, नासपाती, भुइँकटहर वा अम्बा खानुस् वा यिनको जुस बनाउनुस् । यसले पनि ह्याङओभर ठीक पार्छ ।

ह्याङओभर भएमा बिहान एक गिलास दूधमा केरा र मह मिसाएर मिल्कशेक बनाउनुस् र पिउनुस् ।

अदुवाले पनि ह्याङओभर हटाउन मद्दत गर्छ । त्यसैले पानीमा अदुवा उमाल्नुस् र त्यसमा कागतीको रस मिसाएर पिउनुस् ।

त्यसबाहेक अदुवाका टुक्रामा कागती र बीरेनून लगाएर चुस्दा पनि ह्याङओभर हट्छ ।

नरिवलपानी पिउँदा पनि ह्याङओभर हट्छ ।***तलको भिडियो हेर्नुस***

सकेसम्म रक्सी नपिउनुस् । पिइहाल्नुभयो भने ह्याङओभर हुन नदिनका लागि माथि बताइएका उपाय अपनाउनुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *