दाङमा गरिन १० बर्षकी बालिकाले आ’त्मह’त्या

दाङ ६, भदौ, तुलसीपुरमा १० बर्षकी बालिकाले झु’ण्डीएर आ’त्मह’त्या गरेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँ निबासी नन्द राम केसीकी छोरी १० बर्षकी जानकी केसी घरको तलामा झु’ण्डीएर आ’त्मह’त्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बालिकाको श’व पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको श’व गृहमा राखिएको । बालिका शुक्रबार अपरान्ह साढे ४ बजे झु’ण्डीएको अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

दाङमा डेढ लाख बढि नगद सहित ८ जना जुवाडे प’क्राउ

दाङमा डेढ लाख बढि नगद सहित ८ जना जुवाडे प’क्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका १० चारबगिया बस्ने कृष्ण केसीको कुखुरा फर्ममा जुवा खेलीरहेका आठ जनालाई नगद सहित प्रहरीले शुक्रवार बेलुकी साढे पाँच बजेतिर प’क्राउ गरेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गोप्य सुचनाको आधारमा प्रहरी नायव निरिक्षक गणेश गिरीको कमाण्डमा गएको ५ जनाको प्रहरी टोलीले उनीहरुलाई १ लाख ५८ हजार ३ सय नेपाली रुपैया नगद, ३ गड्डी तास र नखोलेको १० गड्डी तास सहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदावारले जानकारी दिएका छन् ।

पक्राउ परेकाहरुका नाम खुलाईएको छैन । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

दाङमा खोलाले मोटरसाइकल बगाउँदा दुई घाईते, मोटरसाईकल भेटिएन

दाङको शान्तिनगर गाउँपालिका वडा नं. ४ स्थित बौलाहाखोलाले बगाउँदा मोटरसाईकल बगाउँदा दुई जना घाइते भएका छन् ।

बिहीबार बेलुका ७ बजेतिर खोलामा आएको बाढीले मोटरसाईकल बगाउँदा सवार दुईजना घाईते भएको प्रदेश नं. ५ प्रहरी कार्यालय दाङले बताएको छ । प्रहरीका अनुसार चालक शान्तिनगर गाउँपालिका २ अमुवा निवासी २२ बर्षीय विकास बुढाथोकी र उनकी दिदी २६ बर्षीया लक्ष्मी बुढाथोकी घाईते भएका हुन् ।

लक्ष्मीको अबस्था गम्भीर रहेको प्रहरीले बताएको छ । उनको उपचारकालागि कोहलपुर लगिएको छ । उनलाई खोलाले ३०० मिटर तल बगाएको थियो । मोटरसाइकल भने अझै फेला परेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *