भदौ १६ देखि हुने नियमित उडानको तालिका निस्कियो, ६० वटा नियमित उडान हुँदै

भदौ ९, काठमाडौँ | कोरोना महामारी नियन्त्रणको लाग्गी अन्तर्राष्ट्रिय उडानको रोक लगाइएको अवस्थामा सरकारी निर्णय संगै भदौ १६ देखि नियमित उडान खुला गर्ने सरकारले निर्णय यस अघिनै गरिसकेको छ ।

उक्त निर्णयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार एक महिना (सेप्टेम्बर )को उडान तालिका जारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडानका लागि शर्तहरुसमेत तोकेको छ । पहिलो चरणमा पीसीआर परीक्षण सम्भव हुने मुलुकमा उडानका अनुमति दिइएको छ ।

मन्त्रालयका अनुसार, सेप्टेम्बर १ (भदौ १६) देखि सेप्टेम्बर ३० (असोज १४) सम्मको एक महिनामा ६० वटा नियमित उडान हुने भएका छन् भने २७ वटा चार्टर उडान हुने छन् ।

मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरि १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ ।

त्यस्तै, स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगमलाई जापानको नारिता, युएकोको दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको छ । त्यस्तै अर्को नेपाली एयरलाइन्स हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुधाबीका लागि उडानको अनुमति दिएको छ ।

तालिका अनुसार सेप्टेम्बरभरि १० वटा विदेशी र दुईटा नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान भर्ने भएका छन् ।

यस अघिको निर्णयबाटै सरकारले दैनिक पाँच सय जना मात्रलाई दैनिक ल्याउन सक्ने गरि उडानको अनुमति दिने निर्णय भएको अवस्थामा नियमित उडानलाई त्यसै अनुसार मिलाउने बुझिएको छ । त्यसैगरी मन्त्रालयले कोभिड–१९ को जाँच सहज नभएका मुलुकबाट नियमित उडान खुला गरेको छैन ।

ति देशहरुबाट चार्टर्ड उडान हुनेछ । २७ वटा चार्टर उडान गर्न अनुमति दिएको कारण ति देशबाट चार्टर्ड उडान हुनेछन् । चार्टर उडान हुने गन्तव्यमा माल्दिभ्स, कतार, कुवेत र साउदी रहेका छन् ।

यी गन्तव्यबाट नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, कतार एयरवेज, जजिरा एयर, र सलाम एयरले चार्टर उडान गर्नेछन् ।

नियमित उडान तालिका

चार्टर्ड उडान तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *