‘बुवाको मृ’त्यु भएको २० दिनपछि कोरोनाले छोरीको ज्या’न लियो’

किशोर बुढाथोकी/अन्नपुर्ण पोष्ट
भदौ १०, विराटनगर । बुवाको नि’धन भएको २० दिनपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट छोरीको मृ’त्यु भएको छ। विराटनगर महानगरपालिका–११ की ४४ वर्षीया महिलाको बुवाको नि’धन भएको २० दिनपछि मृ’त्यु भएको हो ।

७० वर्षीय बुवाको नि’धन भएपछि मृ’त्यु संस्कारमा बसेकी उनलाई त्यही बीचमा निमोनियाको समस्या देखिएको थियो । स्वास्थ्यमा पहिलेदेखि नै समस्या रहेको उनको बुवाको साउन २३ गते मृ’त्यु भएको परिवारले जनाएको छ । मृ’त्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा वृद्धको भने रिपोर्ट नेगेटिभ आएको परिवारको भनाइ छ ।

काजकिरियाका क्रममा बिरामी परेकी महिलाको बावुको नि’धन भएको २० दिनपछि कोरोनाले ज्या’न लिएको छ । बुवाको काममा बसेका बेला उनलाई ज्वरो आउने लगायत समस्या देखिएको परिवारले जनाएको छ ।

उपचार गराउने क्रममा उनलाई निमोनिया रहेको पुष्टि भएको परिवारले जनाएको छ । ‘बुवाको काममा बस्दा देखिनै दिदी बिरामी पर्नु भएको थियो, ‘मृतकका भाइले भने, ‘पछि निमोनियाको समस्या देखियो ।’

उनका अनुसार दिदीलाई त्यसअघि पनि एकपटक निमोनिया भइसकेको थियो । ‘यसअघि पहिलो पटक देखिएको निमोनियाका कारण दिदी गम्भीर बिरामी पर्नु भएको थियो, ‘भाइले भने, ‘पुनः दोहोरिएको निमोनियाले भने यसपटक लगेरै छाड्यो ।’

बुवाकै काममा बसेका बेला बिरामी परे पनि परिवार नै दुःखमा रहेका कारण त्यो समयमा प्रभावकारी उपचार गराउन नपाउँदा बिरामले च्याप्दै लगेको उनको भनाइ छ । दिदीमा कोरोना संक्रमण पुष्टि भए पनि मृ’त्युको कारण भने निमोनियानै भएको हुनसक्ने उनले बताए ।

मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबारराति ८ बजेतिर श्रेष्ठ थरकी महिलाको मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि महिलालाई दिउँसो उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालका अनुसार विराटनगर –१५ मिल्स एरिया घर भए पनि मृतक महिला विराटनगर–११ स्थित माइतीमा बस्दै आएको खुलेको छ । स्वाब संकलन गरेर कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट महिलाको मृ’त्यु हुनुभन्दा केही बेरअघि मात्रै पोजेटिभ आएको शिक्षण अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले बताए । रिपोर्ट पोजेटिभ आएर कोरोना पुष्टि भएको केही बेरमै उपचाररत महिलाको मृ’त्यु भएको जानकारी उनले दिए ।

‘सुरुमा श्वासप्रश्वासमा समस्या भएको भन्दै आफन्तले ल्याएपछि आकस्मिक कक्षमा राखेर उपचार थालिएको थियो,’ राठौरले भने, ‘रिपोर्ट पोजिटिभ आएपछि शिक्षण अस्पतालकै आइसोलेसनमा भर्ना गर्न नपाइकन महिलाको आकस्मिक कक्षमै मृ’त्यु भएको हो ।’

विराटका कोभिड फोकल पर्सन डा. पुरु कोइरालाले ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएकी महिलामा निमोनियाको पनि समस्या रहेको बताए ।

‘कोरोनसँग मिल्ने लक्षण भए पनि अन्तिम अवस्थामा बिरामी ल्याएकाले आइसोलेसनमा नलगिकन तत्काल आकस्मिक कक्षबाटै उपचार थालिएको थियो, ‘उनले भने, ‘थप समस्या बढ्दै गएपछि भेन्टिलेटरमा राख्ने तयारी हुँदै गर्दा महिलाको मृ’त्यु भयो ।’

उनका अनुसार भर्ना गर्नुअघि बिरामीका आफन्तले कोरोना परीक्षणका लागि स्वाब दिएको जानकारी गराएका थिए । तर कोरोनासँग मिल्ने लक्षण देखिँदा पनि उपचारमा ढिलाई हुने भएकाले आइसोलेसनमा नराखिकन तत्काल आकस्मिकबाटै उपचार थालेर अन्तिम प्रयास गर्दासमेत बिरामीलाई बचाउन नसकिएको विराटका छात्ती रोग विशेषज्ञसमेत रहेका डा. कोइरालाको भनाइ छ ।

विराट शिक्षण अस्पतालले बिहीबारदेखि संक्रमितको उपचार गर्ने गरी ६० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । महिलाको मृ’त्युसँगै कोरोनाका कारण हालसम्म विराटनगरका ११ जनाले ज्या’न गुमाइसकेका छन् । मृ’त्यु हुनेमा दुई महिला र नौ पुरुष छन् । -अन्नपुर्ण पोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *