भदौ ११ काठमाडौं । निषेधाज्ञाले राजधानीमा तरकारीको मूल्य व्यापाक असमानता सिर्जना गरेको छ । एउटै तरकारीको मूल्य पसलबीचमा किलोको ९५ रुपैयाँसम्मको अन्तर रहेको पाइएको हो ।
वाणिज्य, आपूर्ति तथ उपभोक्ता संरक्षण विभागले बिहीबार गरेको तरको खुद्रा मूल्य अध्ययनमा एउटै तरकारीको मूल्य किलोको १७० रुपैयाँसम्मको अन्तर रहेको पाइएको हो । विभागले बिहीबार राजधानीका विभिन्न ३३ स्थानका तरकारीको खुद्रा पसलबाट मूल्य संकलन गरेको हो ।
अध्ययनमा आलु धार्नीको १५० देखि १९० रुपैयाँसम्म बिक्री भएको पाइएको छ भने राम्रो आलु धार्नीको १७५ देखि २१० रुपैयाँसम्म मूल्य कायम गरिएको छ । यस्तै प्याज किलोका ४० देखि ६० रुपैयाँमा बिक्री भएको विभागको अध्ययनमा देखिएको छ ।
अध्ययनसार तरकारीमा बोडीको मूल्यमा सर्वाधिक अन्तर छ । बोडी कतै किलोको ७५ रुपैयाँमा बिक्री भएको छ भने कतै किलोको १ सय ८० रुपैयाँसम्म पनि बेचेको पाइएको छ । यस्तै रायको साग कतै २५ रुपैयाँमा पाइन्छ भने कतै १ सय २० रुपैयाँसम्म पर्छ ।
खुर्सानीका मूल्यमा पनि व्यापक अन्तर छ । खुर्सानी किलोको सय रुपैयाँदेखि २ सय ७० सम्ममा बेचेको पाइएको छ ।करेला ४० देखि १ सय २० सम्म बिक्री हुने गरेको अध्ययनले देखाउँछ ।
कुन तरकारीको मूल्य कति ? (न्युनतमदेखि अधिकतमसम्म रुपैयाँमा)
आलु : १५० देखि १९०
आलु राम्रो : १७५ देखि २१०
गोलभेडा : ५० देखि १२०
काउली : १०० देखि १६०
बन्दा : ४५ देखि ९०
बोडी : ७५ देखि १८०
भिन्डी : ७० देखि १२०
रायोको साग : २५ देखि १२०
फर्सी : ५० देखि ११०
काँक्रो : ४० देखि ११०
खुर्सानी : १०० देखि २७०
भान्टा : ६० देखि ११०
करेला : ४० देखि १२०
सिमी : १०० देखि १६०
परबर : ८० देखि १२५
घिरौंला : ४० देखि ९०
लौका : ६० देखि ९०
इस्कुस : ५० देखि ७५
क्याप्सिकम : ६० देखि १७५
चिचिन्डो : ६० देखि ७०
कागती : १८० देखि ३५०
पाकेको फर्सी : ५० देखि ९०
लसुन : १८० देखि १२०
मुला : ५० देखि ९०
टुसा : ५० देखि ६०
तामा : १३० देखि १५०
अदुवा : १५५ देखि २२०
निगुरो : ३० देखि ३५
राजमा हरियो : ५० देखि ९०
भटमास : १०० देखि १२०
च्याउ : १८० देखि २००
चुकुन्दर : ५५
फर्सिको मुन्टा : २०
कुरिलो टुसा : ६००