भारत र चीनका सै’निकबीच लद्दाखमा फेरि झ’डप, अव के होला ?

नयाँदिल्ली, भदौ १५
केही महिनादेखि त’नावपूर्ण सम्बन्ध रहेका भारत र चीनका सै’निक लद्दाखमा फेरि आमनेसामने भएका छन्।

भारतीय से’नाले चिनियाँ ज’नमुक्ति से’नाले शनिबार र आइतबार राति पूर्वी लद्दाखको प्याङगोङ सो ताल क्षेत्रमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेको बताएको छ।

आइतबार विज्ञप्ति जारी गर्दै भारतीय से’नाका कर्नेल आमन आनन्दले भनेका छन्,’अगस्ट २९ र ३० को राति चिनियाँ ज’नमुक्ति से’नाले पहिलाको सहमति अनुसारको यथास्थितिलाई परिवर्तन गर्न सै’न्य उक्साहट गरेको थियो। जसलाई भारतीय से’नाले रोकेको छ।’

उनले चिनियाँ पक्षले उक्त क्षेत्रमा एकपक्षीय रूपमा तथ्यहरू परिवर्तन गर्न खोजेको पनि आरो’प लगाएका छन्।

गत जुनमा लद्दाखको गल्वान उपत्यकामा दुई देशका सै’निकबीच भएको झडपमा २० भारतीय सै’निकको मृ’त्यु भएको थियो।

उक्त घ’टनापछि दुई आ’णवीक शक्ति राष्ट्रहरूले वि’वादलाई थप अघि नबढाउन के गर्छन् भन्ने विश्वव्यापी चासो बनेको थियो।

चीन र भारत दुबैले अहिले सै’निक र कू’टनीतिक माध्यमबाट वि’वाद समाधानका लागि वार्ता गरिरहेका छन्। सँगसँगै उनीहरूले विवादित क्षेत्रमा सै’न्य जनशक्ति र स्रोतसाधन पनि थपिरहेका छन्।

यही बीचमा शनिबार र आइतबार रातिका झ’डप भएका हुन्।

भारतीय सञ्चारमाध्यमहरूले सन् १९९९ को कार्गिल यु’द्धपछि पहिलो पटक लद्दाखमा चिनियाँ सै’निकसँग त’नाव ती’व्र भएको बताएका छन्।

पछिल्ला दिनमा पूर्वी लद्दाखको लाइन अफ क’न्ट्रोलनजिकै चीनले थप ५ हजार फौ’ज उतारेको उनीहरूको दाबी छ।

चीन र भारतबीच ४ हजार किलोमिटरभन्दा बढी सीमा जोडिएको छ। तीमध्ये कतिपय ठाउँमा अहिले पनि सीमा एकिन भएको छैन। लाइन अफ क’न्ट्रोल कुन हो भन्ने एकिन नहुँदा सीमामा तैनाथ दुबै देशका से’नाहरूबीच ध’केलाध’केल भइरहन्छ।

पछिल्लो समय सीमामा खटि’ने दुबै देशका सै’निकहरूसँग ह’तियार नहुने भएकाले उनीहरूको वि’वादमा गो’ली हा’नाहा’न भने हुँदैन।

तीन वर्षअघि चीन,भारत र भुटानको सीमामा पर्ने दोक्लम क्षेत्रमा दुई देशका सै’निक आ’मनेसा’मने भएका थिए। दोक्लम क्षेत्रमा चीनले बाटो बनाएपछि भारतले रोक्न खोजेको थियो। दोक्लम तनाव ७३ दिनसम्म चलेको थियो।

भारतसँगको त’नावका बीच चीनले तिब्बतबारे गर्‍यो महत्वपूर्ण घोषणा

भारतसँग सीमा विवादबीच चीनका राष्ट्रपति शी जिनपिङले एक नयाँ आधुनिक समाजवादी तिब्बतको निर्माणमा कोसिस गर्नुपर्ने आह्वान गरेका छन् ।

यसअघि चीनका विदेशमन्त्री वांग यीले तिब्बतको भ्रमण गरेका थिए र भारतसँग जोडिएको सीमामा निर्माण कार्यको अवलोकन गरेका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र चीनको सेन्ट्रल मि’लिटरी कमिशनका अध्यक्ष शी जिनपिङले बेइजिङमा तिब्बतको विषयमा भएको एक उच्च स्तरीय बैठकमा यो टिप्पणी गरेका हुन् ।

उनले चीनले तीब्बतमा स्थिरता स्थायित्वका लागि र राष्ट्रिय एकताको रक्षाका निमित्त थप कोसिस गर्नुपर्ने आवश्यकता भएको बताए ।

चीनले सन् १९५० मा तिब्बतमाथि आफ्नो नियन्त्रण स्थापित गरेको थियो ।

निर्वासित आध्यात्मिक नेता दलाई लामालाई समर्थन गर्ने आलोचकका अनुसार चीनले तिब्बतका मानिसहरु र त्यहाँको संस्कृतिलाई खराब पारेको आरोप लगाउने गर्छन् ।

तिब्बतको भविष्यको शा’सनमाथि कम्युनिष्ट पार्टीका वरिष्ठ सदस्यको यो बैठकमा शी जिनपिङले उपलब्धिको प्रशंसा गरे र फ्रन्टलाइनमा काम गरिरहेका अधिकारीको पनि तारिफ गरे तर उनले यो क्षेत्रमा एकता बढाउन, त्यसलाई पुनः जीवन्त राख्न र बलियो बनाउनका लागि थप प्रयासको आवश्यकता भएको बताए ।

सरकारी समाचार एजेन्सी शिन्ह्वाका अनुसार शी जिनपिङले बैठकमा तिब्बतका स्कूलमा राजनीतिक र वैचारिक शिक्षामा थप जोड दिन आवश्यक भएको बताए । यसो गरे त्यहाँका हरेक युवाको मनमा चीनका लागि प्रेमको बिउ छर्न सकिने जिनपिङको ठहर छ ।

शी जिनपिङले तिब्बतमा कम्युनिष्ट पार्टीको भूमिकालाई थप बलियो बनाउन र जातीय समूहलाई उत्कृष्ट तरिकाले एकीकृत गर्न आवश्कता भएको बताए ।

यसै सन्दर्भमा उनले भने, ‘हामीले एकजुट, समृद्ध, सभ्य, सुन्दर, आधुनिक, समाजवादी तिब्बत बनाउने संकल्प लिनुपर्नेछ ।’

उनले भने, ‘तिब्बती बौद्ध धर्मलाई पनि समाजवाद र चिनियाँ परिस्थितीको अनुकूल बनाउन आवश्यक थियो ।’

यद्यपि, आलोचकले भनेका छन्, ‘यदि चीनबाट तिब्बतलाई शी जिनपिङले दाबी गरेजस्तै साँच्चैको फाइदा भएको भए चीनलाई अलगाववादको डर हुँदैनथ्यो न नै चीनले तिब्बती मानिसहरुमा शिक्षामार्फत् नयाँ राजनीतिक चेतना भर्ने कुरा गर्दथ्यो ।’

अमेरिका र चीनले तनावबीच पनि तिब्बतको विषयमा कुरा उठाएको थियो ।

जुलाईमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भनेका थिए, ‘अमेरिकाले तिब्बतमा राजनीतिक पहुँच रोक्न र मानवाधिकारको हननमा लिप्त केही चिनियाँ अधिकारीको भिसालाई प्रतिबन्ध गर्नेछ ।’

उनले अमेरिकाले तिब्बतको सार्थक स्वायत्तताको समर्थन गर्ने पनि बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *