रौतहटका पुजारीको ह’त्या कारण यस्तो

भदौ १७ काठमाडौं, रौतहट माधवनारायण नगरपालिका-२ खेसरहियाका पुजारी श्रीराम साहको आर्थिक लेनदेनका कारण ह’त्या भएको खुलेको छ।

केही दिनअघि प’क्राउ परेका देवानी गोनाही नगरपालिका-१ करुनियाका रामनरेश पटेल र बालकुमार पटेलको बयानका आधारमा प्रहरी यो निष्कर्षमा पुगेको हो।

प्रहरीले यी दुई व्यक्ति प’क्राउ परेको सूचना गोप्य राखेको थियो। भदौ ३ गते ६२ वर्षीय साहको क’ञ्चटमा गो’ली प्र’हार गरी ह’त्या गरिएको थियो।

पक्राउ परेका रामनरेश पटेलको बुवाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने बहानामा रामनरेशले क’टुवा पे’स्तोलबाट गो’ली हा’नी पुजारीको ह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए।

तर, के कति रुपैयाँ ब्याजमा लिइएको भन्ने प्रहरीले खुलाएको छैन। सिंहले पूजारी र पटेलका बुवाबीच ‘राम्रै’ आर्थिक लेनदेन रहेको बताए।

‘अहिले यति नै हो भनेर रकम तोक्न मिल्दैन, यसमा अन्य फरार अभियुक्तहरू प’क्राउ पर्न बाँकी नै छन्,’ सिंहले भने।

रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले पनि पुजारी ह’त्यामा आर्थिक लेनदेन भएको देखिएको बताए। उनले पनि रकम तोकेर भन्न नमिल्ने जनाए।

अनुसन्धान अनुसार घटना भएको दिन रामनरेशले गो’ली हा’नेको र बालकुमारले घट’नानजिक रहेर मानिसको आवतजावतलाई निगरानी गरेको खुलेको छ।

घटना भएको पुजारीको मन्दिरनजिक तीन वटा म’दिरा पसल छन्। म’दिरा सेव’नपछि पटेलले पुजारीको धारामा आएर खुट्टा धुने, पानी खाने र घटनाभन्दा तीन दिनअघि रामनरेश र पुजारीबीच विवाद भएको अनुसन्धानमा खुलेको छ।

यही विवादका क्रममा राति सवा ९ बजे रामनरेशले क’टुवा पे’स्तोल क’ञ्चटमा स’टाएर गो’ली चला’एको प्र’हरी अनुसन्धान छ।

यसबाहेक गाउँमा विभिन्न विषयमा छलफल हुँदा पुजारीले फरक मत राख्ने गरेको र राम नरेशलगायतसँग पटक-पटक वि’वाद भएको देखिएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

सो घटनामा संलग्न अन्य केही फ’रार रहेको र प’क्राउ परेका अभियुक्तलाई जिल्ला अ’दालत गौरबाट १० दिनको लागि हिरा’सतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको सिंहले बताए।

दुवैले घटनामा संलग्नता स्वी’कार गरेपछि पुजारी ह’त्याको अनु’सन्धान सहज बनेको सिंहले बताए। सेतोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *