प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरु, छोड्दैनन् पार्टनरका हात

केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् ।

उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्छन् होला ? उनीहरुको स्वभाव कस्तो हुन्छ ? र उनीहरुको प्रेम कति समयसम्म टिक्छ त ? आउनुहोस् जानाँै पहिलो नजरमा नै प्रेममा पर्ने युवतीहरुको बारेमा ।

A नामका युवती

पहिलो अक्षर ब् हुने युवतीहरुको स्वाभाव इमोशनल हुन्छ । यिनीहरु कुनै युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् । यस्ता युवतीहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् । ‘एक्स्ट्रा केयरिङ’ प्रकृतिका यस अक्षरवाली युवती जीवनभरी पार्टनरको साथ छोड्दैनन् ।

B नामका युवती

यस अक्षरबाट नाम सुरु भएका युवती संवेदनशील हुन्छन् । र, छिट्टै प्रेममा पर्छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा सचेत हुन्छन् । आफूले आशा गरेजस्तो नभएमा बिना साथी रहन पनि स्वीकार गर्छन् ।

G नामका युवती

यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेमको चक्करमा पर्छन् । पहिलो नजरमा नै प्रेममा पर्ने यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । र जस्तो सुकै कठिन परिस्थितीमा पनि जीन्दगीभर साथ निभाउँछन् ।

M नामका युवती

यो अक्षरबाट नाम सुरु भएका युवती दिलवाली हुन्छन् । जति छिट्टो प्रेममा पर्छन् । जो उनीहरुको जीवनमा आउँछन् उनीहरुलाई जीवनभरी साथ छोड्दैनन् ।

P नामका युवती

प्रेम विवाहमा विश्वास गर्ने यस्ता युवतीहरु पनि छिट्टै प्रेममा पर्छन् । यिनीहरु आफ्नो पार्टनरलाई कहिल्यै धोका दिँदैनन् । यद्यपि, यिनीहरुले कहिल्यै साँचो प्रेम पाउँदैनन् ।

T नामका युवती

यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेममा पर्छन् तर व्यक्त गर्नलाई हिच्किचाउँछन् । तर यिनीहरु आफ्नो प्रेम पाउनको लागि जे पनि गर्छन् । र जीन्दगीभर आफ्नो साथीको साथ छोड्दैनन् ।

रिलेनसनशिपमा हुँदा गर्न नहुने ५ गल्ती

दिनानुदिन मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव बढ्दै गइरहेको छ । सामाजिक सञ्जालको क्रेज यस्तो छ कि मानिसहरु आफ्नो धेरैजस्तो समय विभिन्न किसिमका पोस्ट शेयर गर्नमा नै व्यस्त रहन्छन् ।

मानिसहरु सामाजिक सञ्जालको प्रयोग व्यवसायिक प्रयोजनको लागि मात्र होइन आफ्नो व्यक्तिगत विषयहरु पनि सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । आफ्ना व्यक्तिगत जीवनसँग सम्बन्धीत र सम्बन्धसँग जोडिएका विविध कुराहरु सामाजिक सञ्जालमा शेयर गर्नु कत्तिको उचित हुन्छ त ?

व्यक्तिगत जीवनसँग सम्बन्धीत कुराहरु सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्दा यसले मानिसको जीवनमा पार्ने प्रभाव निकै नराम्रो हुन सक्छ । के सही वा के गलत हो त्यसलाई पहिचान गरेर मात्रै सामाजिक सञ्जालमा शेयर गर्न आवश्यक छ ।

सम्बन्ध र व्यक्तिगत जीवनसँग मेल खाने के–के कुरा सामाजिक सञ्जालमा शेयर गर्नुहुँदैन ?

झै–झगडा

सामान्य वादविवाद वा झगडा हरेक सम्बन्धमा हुन्छ र यसलाई सामान्य नै मानिन्छ । तर त्यही झगडाको विषयमा सामाजिक सञ्जालमा लेख्नु वा देखाउनु एकदमै गलत कुरा हो । यसले आपसी झगडा झन् बढाउँछ ।

यसका साथै त्यसले तपाईंको पार्टनरको आत्मसम्मानमा चोट पुग्न सक्छ । भने, अन्य मानिसको अगाडि उसको छवि नराम्रो हुन सक्छ । त्यसैले यस्ता कुरा सामाजिक सञ्जालमा पोस्ट गर्नुभन्दा कुनै मिल्ने मान्छेसँग मनको कुरा शेयर गर्नुपर्छ ।

महंगो उपहार
तपाईंको पार्टनरले तपाईंलाई दिएको उपहारको बारेमा सामाजिक सञ्जालमा देखाउनु गलत हो । उपहारहरु सामाजिक सञ्जालमा शेयर गर्दा पार्टनरको साथ साथै अरुको नजरमा नराम्रो भावना पैदा हुनसक्छ ।

व्यक्तिगत फोटो
आफ्नो पार्टनरसँग लिएका व्यक्तिगत तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदैन । यसले विभिन्न समस्या पैदा गर्न सक्छन् ।

घुम्न जाने ठाउँको जानकारी

यदि तपाईं छुट्टिमा कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा सामाजिक सञ्जालमा नदेखाउनुहोस् ।

ब्रेकअप

यदि तपाईं र तपाईंको पार्टनरबीच ब्रेकअप भएको छ र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट् नगर्नुहोस् । त्यसले तपाईंलाई मानिसले हेर्ने दृष्टिकोण नराम्रो हुनसक्छ । र पछि पुन सम्बन्धमा सुधार आउने सम्भावना पनि कम हुँदै जान्छ ।

यो एक शब्द जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध

सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ ।

सम्बन्ध पनि त्यस्तै हो, एक – अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो भने कता पुगिसक्छ थाहा नै हुदैँन । त्यसैले जीवन जति संवेदनशील छ सम्बन्ध पनि उत्तिकै छ ।

आजभोलि सम्बन्धहरु नाजुक बन्दै गइरहेका छन् । प्रविधि र विज्ञानको विकासले मानिसलाई अनावश्यक आवश्यकता र तनावतिर डोर्याइरहेको छ । मानिसहरु के कारणले सम्बन्धमा दरार आउँदै छ भन्ने कुरातर्फ कहिल्यै ध्यान दिदैँनन् तर सम्बन्ध बिग्रिएकोमा भने गुनासो गर्दै हिँड्छन् ।

सम्बन्धमा तित्तता आउनुमा एक अर्काबीच हुने संवाद मुख्य हुने एक अध्ययनले देखाएको छ । मानिसहरुको बोलीले उनीहरुको सोचाई दर्शाउँछ । उनीहरु जस्ता शब्दहरु प्रयोग गरिरहेका हुन्छन्, ती शब्दहरुले मानिसको सोच्ने क्षमता कस्तो छ भन्ने पत्ता लाग्ने अध्ययनमा उल्लेख छ र

क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनले जुन सम्बन्धमा जोडीले ‘म’ सट्टा ‘हामी’ शब्द प्रयोग गर्छन् ती जोडीको सम्बन्ध निकै राम्रो भएको बताएको छ । ति मानिसहरु आफूलाई आफ्नो साथीको नजिक भएको महसुस गर्ने बताइन्छ ।

उक्त अनुसन्धानको लागि ३० वटा अध्ययन गरिएको थियो । जसमा ५ हजार प्रतियोगी सहभागी भएका थिए । अध्ययनपूर्व सहभागीहरुको व्यवहार, सम्बन्ध, खुशी साथै शारीरिक र मानसिक स्वास्थ्य स्थितिको विषयमा अध्ययन गरिएको थियो ।

अध्ययनले पार्टनरबीच हुने कुराकानीका क्रममा जो ‘हामी’ शब्दको प्रयोग गर्छन् ति व्यक्तिहरु निकै खुशी भएको पाइयो । वास्तवमा ‘हामी’ शब्दको प्रयोग गर्नेहरु एक–अर्काप्रति समर्पित हुने र हरेक पलमा साथ दिने गर्छन् । उनीहरु आफ्ना पार्टनरको ख्याल राख्ने गर्छन् । उनीहरु एक–अर्कालाई पाएकोमा खुशी महसुस गर्छन् र सम्बन्धमा सधैँ न्यायोपन ल्याइराख्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *