युएई-काठमाडौं उद्धार उडानको तालिका सार्वजनिक [सुचीसहित]

भदौ १८, युएई । अबुधाबीस्थित नेपाली दूतावासले युएई-काठमाडौंको नियमित हवाइ उडान तालिका सार्वजनिक गरेको छ । दूतावासले बुधबार सूचना जारी गर्दै ५ देखि ३० सेप्टेम्बरसम्मको उडान तालिका सार्वजनिक गरेको हो ।

सरकारले सेप्टेम्बरदेखि नेपाली नागरिक र तोकिएका विदेशी पर्यटकलाई मात्रै नेपाल लैजाने तयारी गरी नियमित रुपमा युएई-काठमाडौं उडान सञ्चालन गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो ।

उडान तालिका सार्वजनिक गर्दै दूतावासले नेपाल जानका लागि आफूलाई पायक पर्ने मिति र एयरलाइन्सबाट टिकट लिन सकिने जनाएको छ । युएईबाट नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट समेत साथमा बोक्नुपर्ने भएको छ ।

दूतावासले भनेको छ, ‘नेपाल जाने सबै यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेर तत्पश्चात उत्पन्न हुने बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्नेछ ।’

इन्ट्री फारम https://ccmc.gov.np/arms/login.php मा लगइन गरेर भर्न सकिन्छ । यात्रुले नेपाल फर्किएपछि अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ ।

यस्तो छ उडान तालिका

नेपाल एयरलाइन्सले सेप्टेम्बर ६, ८, १३, १५, २०, २२, २७ र २९ मा दुबईबाट उडान भर्ने भएको छ ।

हिमालयन एयरलाइन्सले अबुधाबीबाट सेप्टेम्बर ५, १२, १९ र २६ को उडान तालिका बनाएको छ ।

एयर अरेबियाले सेम्टेम्बर ६, २० र २९ मा सारजाहबाट उडान भर्ने छ भने फ्लाइ दुबईको जहाज सेप्टेम्बर ८, १५ र २२ मा दुबईबाट नेपालका लागि प्रस्थान गर्ने छ ।

उद्धार उडान मार्फत युएईबाट मात्रै हालसम्म कोभिडका कारण विभिन्न समस्यामा परेका करिब १४ हजार नेपाली स्वदेश फर्किसकेका छन् । दूतावासले स्वदेश फर्कनेहरुका लागि आह्वान गरेका फारममा ४२ हजारले स्वदेश फर्कने इच्छा जाहेर गरेका छन्

निगमको भाडादरमा विदेशी एयरलाइन्सको उडान गराउन निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले तय गरेको भाडादर अनुसार उडान गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले अन्य विदेशी एयरलाइन्सलाई निगमका उडान गन्तब्यमा निर्धारण गरिएको भाडादर अनुरुप उडान गराउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिन आग्रह गरेको हो ।

बजेट एयरलाइन्सको हकमा अन्तर्राष्ट्रिय उडानको भाडादर सम्बन्धमा हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको उडान भएका गन्तब्यमा तत् वायुसेवाहरुले तय गरेको भाडादर अनुसार उडान गराउन विदेशी एयरलाइन्सलाई प्राधिकरणले निर्देशन दिने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चार्टर उडानको भाडादरको हकमा साविकमा पर्यटन मन्त्रालयले स्वीकृत गरेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिन पनि प्राधिकरणलाई भनिएको छ ।

हवाई भाडादर असुलउपर सम्बन्धमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानूनी मुनाफा कायम गरी भाडा असुल नगर्न नगराउन सम्बन्धित वायुसेवा कम्पनीहरुलाई निर्देशन दिइएको छ ।

यी निर्णयहरुको कार्यान्वयन, सहजिकरण र अनुगमन गरी दिनका लागि विदेश स्थित नेपाली कुटनीतिक नियोगहरु र सम्बन्धित गैर आवासीय नेपाली संघलाई अनुरोध गरिने मन्त्रालयले जनाएको छ ।

अगष्ट २६ मा भएको एयर अरेबियाको उडानबाट पिसीआर परीक्षण गराइए आएका १४२ जनाको होटल क्वारेन्टिन वापतको रकम सम्बन्धित यात्रुलाई फिर्ता दिन र अब उप्रान्त यस्तो कार्य नगर्न नगराउन सचेतना गराउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । ए

Leave a Reply

Your email address will not be published. Required fields are marked *