आज पनि घट्यो सुनको मूल्य

भदौ १८, काठमाडौं । स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु ७०० ले कमी आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा रु ७०० ले कमी आई रु ९६ हजार ५०० मा कारोवार भएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९७ हजार २०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनमा समेत प्रतितोला रु ७०० ले कमी आएको छ । बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज रु ९६ हजारमा कारोवार भएको छ ।

यस्तै चाँदी प्रतितोला रु २० रुपैयाँले घटेर रु एक हजार ३४५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २६५ कारोवार भएको थियो ।

बिहीबार कुन देशको मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले बिहीबार (भदौ १८) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११७ रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ २१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४९ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *