बिहीबार थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित

काठमाडौं, भदौ १८
बिहीबार देशभर कोरोनाका १२२८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।

यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो । यसअघि गत आइतबार एकैदिन १२२१ जना कोरोना संक्रमित थपिएका थिए।

यीसहित हालसम्म संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ सय ७ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ। संक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ।

उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । बुधबार काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा ७ हजार ७४२ जना रहेका छन् । आज १३ हजार ४१३ जनाको पीसीआर भएको छ ।

यस्तै बितेको २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २०७ पुगेको छ ।

देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुग्यो

देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।

बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको कुल संखया २५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृतकमा चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका ४ महिला रहेका छन् भने सिन्धुपाल्चोक र रुपन्देहीका २ पुरुष रहेका छन् ।

यसैगरी देशभर १२ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

यो सहित संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

बुधबार मात्रै ११ सय २० जनामा संक्रमण देखिएको थियो । बिहीबार नयाँ संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन् । १८ हजार ४१३ कोरोनाका सक्रिय संक्रमित छन् ।

यसैगरी काठमाडौं उपत्यकामा बिहीबार थप ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका ३ सय ५७, ललितपुरका ४६ जना र भक्तपुरका ४२ जना छन् । उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

यस्तै मन्त्रालयका अनुसार १० हजार ६७१ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ७४२ छन्। क्वारेन्टाइनमा ६ हजार ७४९ जना रहेका छन्।

मन्त्रालयका अनुसार २४ घन्टामा १३ हजार ४१३ पीसीआर परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ।

निषेधाज्ञा खुकुलो बनाएको भन्दै उपत्यका नगरपालिका फोरमको चर्को असन्तुष्टि

बुधबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले केही खुकुलो गरी पुनः एकहप्ता थप गरेको निषेधाज्ञा आदेशप्रति उपत्यका नगरपालिका फोरमले असन्तुष्टि व्यक्त गरेको छ । तीन वटै जिल्ला प्रशासनले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी जारी गरेको निषेधाज्ञाप्रति असन्तुष्टि व्यक्त गर्दै नगरपालिका फोरमले विज्ञप्ति नै जारी गरेको छ ।

तीन वटै जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा उपत्यका भित्र विकास निर्माणसँग सम्वन्धित पसल–व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग गर्ने सवारी साधन दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने तर, नेपाल सरकारले तोकेको स्वास्थ्य सम्वन्धि मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ । नगरपालिका फोरमले सबै भन्दा बढी असन्तुष्टि यहि बुँदामा रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

‘यहि भदौ १८ गतेदेखि लागु हुनेगरी थपिएको निषेधाज्ञामा दिउँसो दुई बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसल–व्यवसाय सञ्चालन गर्न सकिने बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ,’ उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘यसले गर्दा निषेधाज्ञाको खासै अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राखी अतिआवश्यक बस्तु र सेवालाई विहान ११ बजेसम्म मात्र खोल्न सकिनेसम्मलाई कायम राख्दै अन्य समयमा पसल–व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गरिन्छ ।’

मध्यपुर ठिमीका मेयर श्रेष्ठले अहिले उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा रहेको र उनीसँग भर्चुअलसम्बाद गरी विज्ञप्ति जारी गरेको जानकारी दिए ।

मेयर श्रेष्ठले काठमाडौँ उपत्यकामा कोभिड–१९ को संक्रमण तथा मृत्युदर समेत तिब्ररुपमा बढिरहेको सन्दर्भमा उपत्यकालाई भयावह स्थितिबाट जोगाउन कडा रुपमा निषेधाज्ञा आवश्यक रहेको उपत्यका नगरपालिका फोरम, काठमाडौँको ठहर रहेको पनि जानकारी दिए। ‘वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखी उपत्यकाका स्थानीय तहबाट प्रवाह गरिदैँ आएका अत्यावश्यक बाहेकका सेवा–प्रवाह भदौ २४ सम्म बन्द रहने पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउँछौँ,’ विज्ञप्तिमै भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *