हिमालयले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर, कहाँ कति ? हेर्नुस

काठमाडौं, भदौ १८
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ। विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू हुने कम्पनीले उल्लेख गरेको छ। यी भाडाहरु कर र एजेन्सी कमिशनसहितको हो। कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादरभन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

हिमालयले विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउन विभिन्न मुलुकबाट गरिने उद्धार चार्टर्ड उडानको भाडादर सार्वजनिक नगरेको छ। जसअनुरुप दमामका लागि ४६५ अमेरिकी डलर, रियादको ४६५, ढाकाको १६५, कुवेतको ३९२ डलर तोकिएको छ। त्यस्तै बहराइन्को ४१०, मालेको ४८०, सिङ्गापुरको ५२० र स्लामाबादको ३५० डलर कायम गरिएको छ।

हिमालयले नियमित उडान हुने काठमाडौं–अबुधाबी र काठमाडौँ क्वालालम्पुर गन्तव्यमा हुने उडानको भाडादर निर्धारण गरेको छ। उक्त भाडादर सम्पूर्ण करसहितको छ तर यसमा एजेन्सी सेवा शुल्क समावेश गरिएको छैन। ट्राभल एजेन्सीले उपयुतm सेवा लागू गर्न सक्दछ।

सरकारले सेप्टेम्बर १ देखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय गरे पश्चात हिमालय एअरलाइन्सले सहजै पिसिआर उपलब्ध गन्तव्यहरु (छोड्ंछिडं), क्वालालम्पुर र आबुधाबीको उडान सञ्चालन गर्न अनुमति प्राप्त गरेको छ। पीसीआर परीक्षणको उपलब्धता कठिन भएका अन्य उडान वृत्तखण्डमा सरकारको निर्णय अनुरुप नै चार्टर उडानमार्फत नेपालीलाई स्वदेश फिर्ता गर्ने कार्य सुचारु रहनेछन्।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कोभिड–१९को रोेकथामका लागि सामूहिक लडाइँमा कम्पनीले नागरिकको स्वदेश फिर्ता, कोभिड–१९ को उपचारका लागि स्वास्थ्य उपकरण तथा औषधिको ढुवानी गरी नागरिक र सरकारलाई सहयोग गरेको बताए।

हिमालयले जुन १६ देखि अगष्ट ३१ तारिखसम्मय सम्म ९४ वटा उद्घार उडानमार्फत १५ हजार ६३५ नेपालीलाई स्वदेश फिर्ता गरेको जनाएको छ।

१०५ यात्रु फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रु तथा कार्गो गरी सात अन्तर्राष्ट्रिय उडान भएका छन्। यी उडानमार्फत १०५ यात्रु नेपाल आएका छन् भने नेपालबाट ४३ यात्रु बाहिरिएका छन्। आज राति नेपाल एयरलाइन्स हङकङ र हिमालय एयरलाइन्सले क्वालालम्पुर र दोहाका लागि उडान गर्ने विमानस्थलले जनाएको छ।

शुक्रबार विभिन्न एयरलाइन्सका सात अन्तर्राष्ट्रिय उडान हुनेछन्। हिमालय एयरलाइन्सको क्वालालम्पुर, र दोहामा उडान हुदैँछ भने नेपाल एयरलाइन्सले हङकङबाट यात्रु काठमाडौँ ल्याउनेछ। कतार एयरवेज, कोरियन एयरलाइन्स, फ्लाई दुबईले पनि उडान गर्ने तालिका रहेको छ।

युएई-काठमाडौं उद्धार उडानको तालिका सार्वजनिक [सुचीसहित]

अबुधाबीस्थित नेपाली दूतावासले युएई-काठमाडौंको नियमित हवाइ उडान तालिका सार्वजनिक गरेको छ । दूतावासले बुधबार सूचना जारी गर्दै ५ देखि ३० सेप्टेम्बरसम्मको उडान तालिका सार्वजनिक गरेको हो ।

सरकारले सेप्टेम्बरदेखि नेपाली नागरिक र तोकिएका विदेशी पर्यटकलाई मात्रै नेपाल लैजाने तयारी गरी नियमित रुपमा युएई-काठमाडौं उडान सञ्चालन गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो ।

उडान तालिका सार्वजनिक गर्दै दूतावासले नेपाल जानका लागि आफूलाई पायक पर्ने मिति र एयरलाइन्सबाट टिकट लिन सकिने जनाएको छ । युएईबाट नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट समेत साथमा बोक्नुपर्ने भएको छ ।

दूतावासले भनेको छ, ‘नेपाल जाने सबै यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेर तत्पश्चात उत्पन्न हुने बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्नेछ ।’

इन्ट्री फारम https://ccmc.gov.np/arms/login.php मा लगइन गरेर भर्न सकिन्छ । यात्रुले नेपाल फर्किएपछि अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ ।

यस्तो छ उडान तालिका

नेपाल एयरलाइन्सले सेप्टेम्बर ६, ८, १३, १५, २०, २२, २७ र २९ मा दुबईबाट उडान भर्ने भएको छ ।

हिमालयन एयरलाइन्सले अबुधाबीबाट सेप्टेम्बर ५, १२, १९ र २६ को उडान तालिका बनाएको छ ।

एयर अरेबियाले सेम्टेम्बर ६, २० र २९ मा सारजाहबाट उडान भर्ने छ भने फ्लाइ दुबईको जहाज सेप्टेम्बर ८, १५ र २२ मा दुबईबाट नेपालका लागि प्रस्थान गर्ने छ ।

उद्धार उडान मार्फत युएईबाट मात्रै हालसम्म कोभिडका कारण विभिन्न समस्यामा परेका करिब १४ हजार नेपाली स्वदेश फर्किसकेका छन् । दूतावासले स्वदेश फर्कनेहरुका लागि आह्वान गरेका फारममा ४२ हजारले स्वदेश फर्कने इच्छा जाहेर गरेका छन्

निगमको भाडादरमा विदेशी एयरलाइन्सको उडान गराउन निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले तय गरेको भाडादर अनुसार उडान गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले अन्य विदेशी एयरलाइन्सलाई निगमका उडान गन्तब्यमा निर्धारण गरिएको भाडादर अनुरुप उडान गराउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिन आग्रह गरेको हो ।

बजेट एयरलाइन्सको हकमा अन्तर्राष्ट्रिय उडानको भाडादर सम्बन्धमा हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको उडान भएका गन्तब्यमा तत् वायुसेवाहरुले तय गरेको भाडादर अनुसार उडान गराउन विदेशी एयरलाइन्सलाई प्राधिकरणले निर्देशन दिने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चार्टर उडानको भाडादरको हकमा साविकमा पर्यटन मन्त्रालयले स्वीकृत गरेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिन पनि प्राधिकरणलाई भनिएको छ ।

हवाई भाडादर असुलउपर सम्बन्धमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानूनी मुनाफा कायम गरी भाडा असुल नगर्न नगराउन सम्बन्धित वायुसेवा कम्पनीहरुलाई निर्देशन दिइएको छ ।

यी निर्णयहरुको कार्यान्वयन, सहजिकरण र अनुगमन गरी दिनका लागि विदेश स्थित नेपाली कुटनीतिक नियोगहरु र सम्बन्धित गैर आवासीय नेपाली संघलाई अनुरोध गरिने मन्त्रालयले जनाएको छ ।

अगष्ट २६ मा भएको एयर अरेबियाको उडानबाट पिसीआर परीक्षण गराइए आएका १४२ जनाको होटल क्वारेन्टिन वापतको रकम सम्बन्धित यात्रुलाई फिर्ता दिन र अब उप्रान्त यस्तो कार्य नगर्न नगराउन सचेतना गराउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *