यस्ता छन् महादेव अर्थात भगवान शिवका भित्री रहस्य

हिन्दु धर्ममा महादेव अर्थात भगवान शिवको विशेष महत्व छ । आज हामी तपाईंलाई महादेवका केही रहस्यको बारेमा जानकारी दिँदैछौँ ।

१.आदिनाथ शिव : सबैभन्दा पहिला भगवान शिवले नै धर्तीमा जीवनको प्रचार प्रसारको प्रयास गरेका थिए । त्यसैले उनलाई आदिदेव भन्ने गरिन्छ । आदिको अर्थ प्रारम्भ हुने गर्दछ । त्यसैले उनको एक नाम आदिश पनि छ ।

२. शिवका अस्त्र शस्त्र : शिवको धनुष पिनाक, चक्र भवरेन्दु र सुदर्शन, अस्त्र पाशुपतास्त्र र शस्त्र त्रिशुल हो । यो सबै उनले नै निर्माण गरेका थिए ।

३. शिवको नाग : शिवको घाँटीमा रहने नागको नाम वासुकी रहेको छ । वासुकीको दाजुको नाम शेषनाग हो ।

४. शिवकी अर्धाङ्गिनी : शिवकी पहिलो पत्नी देवी सतीले नै अघिल्लो जन्ममा पार्वतीको रुपमा जन्म लिएकी थिइन् । साथै उनलाई नै उमा, उर्मि, काली भनिएको हो ।

५. शिवका पुत्र : शिवका प्रमुख ६ पुत्र छन्, कार्तिकेय, गणेश, सुकेश, जालन्धर, अयप्पा र भूमा । सबैको जन्म कथा रोचक छ ।

यस्ता लक्षण देखिए हुनसक्छ स्तन क्यान्सरको खतरा

कतिपय महिलामा स्तन क्यान्सर हुने गर्दछ । स्तनको कोष असामान्य बढ्नुलाई स्तन क्यान्सर भनिन्छ ।

महिलाहरुमा हुने क्यान्सरमा स्तन क्यान्सर दोस्रोमा पर्दछ । स्तन क्यान्सर प्रायः दूध उत्पादन गर्ने नलीदेखि सुरुवात हुने गर्दछ । स्तन क्यान्सर हुनु अगावै यसको संकेतबाट अनुमान गर्न सकिन्छ ।

यस्ता छन् स्तन क्यान्सरका लक्षणहरु :

१. स्तनमा नदुख्ने गाठो आउनु ।
२. स्तनको मुन्टाबाट रगत बग्नु ।
३. स्तनको मुन्टा भित्र पस्नु ।

४. छालामा निको नहुने घाउ आउनु ।
५. काखीमा गाँठो आउनु ।
६. स्तनको रङ परिवर्तन हुनु ।

मज्जाले हाँस्नुहोस् फोक्सोको कसरत गर्नुहोस्

मानव अंगमा सबैभन्दा महत्वपुर्ण अंग हो, फोक्सो । फोक्सो बिना मानिस जीवित रहन सक्दैन । तर मानिसले जानअन्जानमा गर्ने जीवनशैली र आचरणले फोक्सोमा ठूलो समस्या आइपर्दछ ।

जसले हरेक बर्ष लाखौ मानिसको मृत्यु हुने गरेको छ । तसर्थ फोक्सोको स्वास्थ्यका लागी केहि कुरामा सावधानी अपनाउन आवश्यक हुन्छ ।

१. धुम्रपान त्याग्नुहोस्
लगभग सबैलाई थाहा छ, धुम्रपानले फोक्सोको क्यान्सर बनाउँछ । धुम्रपान फोक्सोको लागि मात्र होइन सम्पूर्ण श्वासप्रश्वास प्रणालीका लागी नै खराब हो । त्यसैले फोक्सोको स्वास्थ्यका लागी धुम्रपान त्याग्नु पर्ने हुन्छ ।

२. शारीरिक व्यायाम
आजकल मानिसहरु शारीरिक ब्यायाम गर्दैनन् । तर शारीरिक ब्यायामले फोक्सो सहि आकारमा राख्न मद्दत गर्दछ । छिटो छिटो स्वास फेर्ने, रोक्ने र विस्तारै स्वास फेर्नाले फोक्सोको ब्यायाम हुन्छ ।

३. प्रदूषणबाट बच्नुहोस्
फोक्सोलाई हानी पुर्याउने अर्को कारण हो प्रदुषण । धुवा, धुलोसहित शहरी प्रदुषणले फोक्सोलाई असर पार्दछ । त्यसैले सवारीको चाप हुने, धुवा निस्कने लगायतका स्थानमा बस्नु हुदैन ।

४. प्रशस्त पानी पिउने
शरीरमा पानी अत्यन्त महत्वपुर्ण हुन्छ । फोक्सो स्वस्थ हुन पनि पानी आवश्यक हुन्छ । त्यसैले फोक्सो स्वस्थ्य राख्न प्रशस्त पानी पिउनु पर्दछ ।

५. मज्जाले हास्नुहोस्
हाँस्दा हाम्रो शरीरका मांशपेशीको ब्यायाम हुन्छ । साथै मज्जाले हास्दा फोक्सोलाई समेत लाभ पुग्दछ । हाँस्दा फोक्सोको क्षमता वृद्धि हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *