ललितपुरका यी ठाउँमा छ कडा निषेधाज्ञा, हेर्नुस विज्ञप्ति

ललितपुर, भदौ १९ ललितपुर महानगरपालिकाभित्र ६ दिनसम्म पाँच जनाभन्दा बढी भेला जम्मा हुन नपाइने भएको छ।

कर्फ्यू आदेश सकिनुअघि ललितपुर जिल्ला प्रशासनले अर्को सूचना जारी गरी सो कुरा जनाएको हो। ललितपुर नगरपालिकाभित्र शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले स्थानीय प्रशासन ऐन २०२८ अनुसार बढी मानिस भेला जम्मा हुन नपाउने गरी निषेधाज्ञालाई नै कडा बनाइएको बताए।

‘निषेधाज्ञालाई कडाइसाथ पालना गर्ने गरी हाललाई पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी कर्फ्यू खुलाउने निर्णय भएको छ,’ उनले भने।

भट्टका अनुसार भेला हुन नपाउने केही स्थानहरू लिखित रुपमै तोकिएको छ। जसअनुसार रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड) र उत्तर बखुण्डोल चोकमा भेला-जम्मा हुन पाइने छैन।

यस्तै, मीननाथको रथ रहेको आसपास क्षेत्र- पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिपवहालसम्म भेला जम्मा हुन पाइने छैन।

बिहीबार रातो मच्छिन्द्रनाथको रथ जबरजस्ती तानेर स्थानीयले पुल्चोकसम्म ल्याएपछि झ’डप भएको थियो। सयौं मानिसहरू निस्केपछि शुक्रबार प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।

शुक्रबार क्षमापूजा भएपछि स्थिति सामान्यतर्फ जाने संकेत मिलेको भन्दै प्रशासन यो निर्णयमा पुगेको प्रजिअ भट्टले बताए।

रातो मच्छिन्द्रनाथको रथ तान्न किन उ’र्लियो भी’ड? किन भयो झ’डप? [ Exclusive भिडियो]

नि’षेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीय र प्रहरीबीच बिहीबार झ’डप भयो। प्रहरीले पानीको फोहोरा र अ’श्रुग्यास प्रहार गरे। आ’क्रोशित भीडले प्रहरीमाथि ढुं’गा बर्सायो। एक जना ट्राफिक प्रहरीलाई खेदी खेदी निर्घात कु’टपिट गरियो।

काठमाडौं उपत्यकाका लागि जात्रा भनेका संस्कृति, सम्पदा र परम्पराका धरोहर हुन्। तर, यही जात्राले यस्तो हिं’सात्मक रूप कसरी लियो?

यसमा स्थानीय सरकारको दो’ष छ कि प्रहरी–प्रशासनको? कि जात्रा आयोजक र रथ तान्न आएकाहरूको गल्ती छ?

अहिले हाम्रो सामाजिक सञ्जाल रातो मच्छिन्द्रनाथ जात्राका क्रममा भएको झड’पका तस्बिरले भरिएका छन्। हरेकले आ–आफ्नो विचार दिइरहेका छन्। धेरैले यसलाई ‘मू’र्खता’ को सं’ज्ञा दिँदै कोरोना संक्रमण बढ्ने चिन्ता व्यक्त गरेका छन्। कतिपयले त रथ तान्न आउनेहरूलाई तथानाम गा’ली गर्दै यहाँको संस्कृति र जात्रापर्वको खि’ल्लीसमेत उडाएका छन्।

हामीले रथ तान्न आएकाहरूसँग कुरा गर्दा यो कुनै नियोजित कार्यक्रमजस्तो देखिँदैन। न उनीहरूलाई कसैले डाके, न औपचारिक रूपमा रथ तान्न आह्वान गरे। यहाँ एक जना, दुई जना गर्दै भीड बढ्दै गएको देखिन्छ। लामो समयदेखि थाती रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्न स्थानीय आफैं सडकमा आए भन्ने हल्ला एक कान दुई कान हुँदै मैदान भयो। त्यही हल्लाले जुर्मुराएर स्वतस्फुर्त पुल्चोकमा भेला हुन थालेको हामीले कुरा गरेका मान्छेहरूले बताएका छन्।

जो रथ तान्न भनेर सडकमा आए, उनीहरूलाई पनि कोरोनाको डर नभएको होइन। काठमाडौं उपत्यकामा दिनप्रतिदिन संक्रमित थपिँदै गएको उनीहरूबाट पनि छिपेको छैन। तर, जोखिम थाहा हुँदाहुँदै उनीहरू किन ज्या’नको माया मा’रेर यति ठूलो संख्यामा भेला भए त?

यसको पछाडि गुठी संस्थान, स्थानीय सरकार र जात्रा व्यवस्थापन समूहबीच समयमै तालमेल नहुनु मुख्य कारण देखिन्छ।

रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्ने साइत चैत २७ गते परेको थियो। तर, कोरोना महामारीका कारण रथ बन्न सकेको थिएन। यसले जात्रा होला कि नहोला भन्ने अन्यौल नै थियो।

यसैबीच असार १० गते लकडाउन खुकुलो भएका बेला गुठी संस्थानले रथ बनाउने काम सुरू गर्न अनुमति दियो। सम्बन्धित गुठियारहरू दिनरात रथ बनाउनमा लागे। रथ निर्माण भएपछि वि’धिपूर्वक जात्रा हुनेमा गुठियार र स्थानीयहरू आशावादी भए।

गुठी संस्थानले त्यति बेलै गुठियारहरू भेला गराएर यसपालि जात्रा गर्न सकिँदैन भनेर सरसल्लाह गरेका भए कुनै न कुनै विकल्प निकाल्न सकिन्थ्यो। अहिलेको अवस्था आउने नै थिएन।

संस्थानले भने स्थानीय र गुठियारलाई विश्वासमा लिनुको साटो पटक–पटक रथयात्राको साइत तोक्ने र पछि सार्ने काम गरिरह्यो।

रातो मच्छिन्द्रनाथ भनेको बुंगमतीको बुंगद्यः हो। बुंगद्यःसँग पाटनको मात्र होइन, सिंगो काठमाडौं उपत्यकाकै ठूलो आस्था र विश्वास जोडिएको छ। यसलाई काठमाडौंमा वर्षा गराउने सहकालको देउता मानिन्छ। त्यसैले, मनसुन सुरू हुनुअघि नै सम्पन्न भइसक्नुपर्ने यो जात्रा मनसुन सकिने बेलासम्म सुरू नहुनुले स्थानीय अन्यौलमा थिए।

यति मात्र होइन, जात्रा हुने कि नहुने अन्यौलबीच रातो मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराउने निर्णय गरियो। र, विधिपूर्वक यो कार्य सम्पन्न भयो। त्यसपछि त झन् रथयात्रा हुनेमा स्थानीय ढुक्क भए।

तर, यति हुँदा पनि रथयात्रा सुरू गरिएन। बरू रातो मच्छिन्द्रनाथलाई महिनौंदेखि बीच सडकमा अलपत्र छाडियो।

परापूर्वकालदेखिको जात्रा बीचैमा रोकिँदा र आफ्नो आस्थाको केन्द्र रातो मच्छिन्द्रनाथलाई बीच सडकमा छाडिँदा गुठियारहरू चिन्तित र आक्रोशित भए। उनीहरूले कोरोना महामारीको जोखिम ख्याल राख्दै सुरक्षा उपाय अपनाएर जसरी पनि जात्रा सम्पन्न गर्न सरकारसँग आग्रह गरे। क’र्फ्यू लगाएर कसैलाई घरबाट निस्कन नदिई रथयात्रा चलाउन पनि उनीहरूले प्रस्ताव गरेका थिए।

यही क्रममा रातो मच्छिन्द्रनाथका मूल पुजारी (पानेजु) कपिलमुनि बज्राचार्यका तर्फबाट ‘क’र्फ्यू वा निशे’धाज्ञा लगाएर भए पनि जात्रा गराउन’ राष्ट्रपतिका नाममा लिखित आग्रह पेस गरियो। कसरी सुरक्षित रथयात्रा गराउने भनेर खाकासमेत पेस गरिएको थियो। यसमा ललितपुर महानगरपालिका र प्रशासनले कुनै सुनुवाइ गरेन।

रातो मच्छिन्द्रनाथका मूल पुजारी बज्राचार्य आजको झ’डपमा सरकारी निकायकै दो’ष देख्छन्।

‘हामीले कोरोनाको जोखिम हेरेर सुरक्षित रूपमा रथयात्रा सम्पन्न गर्न सरकारलाई पटक–पटक सुझाव दिएका थियौं। संक्रमण फैलिने जोखिम छ भने रथ तान्नेहरूको पिसिआर परीक्षण गराएर जात्रा सञ्चालन गरौं पनि भनेको हो। क’र्फ्यू लगाएर अरू कसैलाई आउन नदिउँ पनि भनेको हो। सरकारले हाम्रो कुनै कुरा सुनेन,’ उनले भने।

उनले अगाडि भने, ‘रातो मच्छिन्द्रनाथलाई यतिका समय रथमा राखेर हेलचेक्र्याइँ गरियो। हाम्रो आस्था जोडिएको संस्कृति र भगवानको मामिलामा यस्तो खेलाँची गर्न मिल्छ? पहिले रथ बनाउन लगायो, बुंगद्यःलाई रथमा विराजमान गरायो, अनि पछि जात्रा गर्न दिएन। सरकारको यही कुरा चित्त नबुझेर जनता आ’क्रोशित हुँदै सडकमा आएका हुन्।’

यसबाहेक बिहीबारको घटना हुनुमा अन्य दुई कारण पनि छन्, जसमध्ये एउटा रथयात्राको परम्परासँग जोडिन्छ भने अर्को रथयात्राको किम्बदन्तीसँग।

पहिला परम्पराको कुरा गरौं।

यस वर्ष असोज २ गतेबाट म’लमास सुरू हुँदैछ। मलमास सुरू भएपछि एक महिना रथ तान्न मिल्दैन। त्यो अवधिभरि रथयात्रा नगर्ने हो भने दसैंअगाडि जात्रा सम्पन्न गर्न सकिँदैन। जबकि, दसैंका लागि बुंगमतीमा मच्छिन्द्रनाथ नभई नहुने मूल पुजारी बज्राचार्य बताउँछन्।

बुंगद्य:लाई मलमास अगाडि नै बुंगमति पुर्‍याउने उद्देश्यका साथ सयौंको भी’ड पुल्चोकमा भेला भएको स्थानीयको भनाइ छ।

त्यस्तै, कुनै वर्ष रातो मच्छिन्द्रनाथको रथ तान्न सकिएन भने बुंगद्यःलाई भक्तपुर लगेर प्रतिस्थापन गराउनुपर्छ भन्ने किम्बदन्ती छ। भक्तपुरका राजा नरेन्द्रदेवको नेतृत्वमा १४ सय वर्षअघि भारतको आसामबाट रातो मच्छिन्द्रनाथ ल्याइएको थियो। त्यति बेला यसलाई बुंगमतीमा प्रतिस्थापन गराउँदा कुनै वर्ष रथयात्रा हुन नसके भक्तपुर फिर्ता लैजाने सहमति भएको स्थानीय विश्वास गर्छन्।

यसपालि पटक–पटक रथयात्राको साइत टर्दै जाँदा यो किम्बदन्ती वास्तविकतामा परिणत होला र ललितपुरकै इज्जत गुम्ला भन्ने ड’र स्थानीयमा थियो। बिहीबारको भी’ड उ’ग्र हुनुमा त्यो जनश्रुति पनि कारण रहेको स्थानीय बताउँछन्।

बिहीबारको घटनाबारे हामीले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग कुरा गरेका थियौं। उनले रथ कहिले तान्ने वा नतान्ने भन्ने निर्णय महानगरको नभएको बताए। यसको जिम्मा ज्यापु समाजको भएकाले अब के गर्ने भन्ने निर्णय गर्न बैठक बसिरहेको उनले जानकारी दिए।

ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बिहीबारको घट’नामा आफूहरूको कुनै भूमिका नभएको बताएका छन्। लामो समयदेखि रथयात्रा हुन नसकेर आ’क्रोशित जनता स्वतस्फूर्त सडकमा आउँदा यस्तो घ’टना भएको उनको भनाइ छ।

‘हामी अब कसरी विधिपूर्वक जात्रा सम्पन्न गर्ने र यो वि’वाद साम्य पार्ने भनेर छलफल गर्दैछौं,’ उनले भने। वर्षकै लामो रथयात्रा मानिने यो जात्राले करिब १४ सय वर्ष पुरानो इतिहास बोकेको छ।

जात्रामा रथयात्रा गराइने मच्छिन्द्रनाथलाई भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त र ललितपुरका एक ज्यापूले भारतको आसामदेखि ल्याएको किम्बदन्ती छ।

त्यो बेला गुरू गोरखनाथले आफूलाई कसैले भिक्षा नदिएको झोँकमा सम्पूर्ण नागलाई वशमा लिएछन्। नागलाई वशमा लिएपछि देशमा वर्षा भएन। अनिकाल लाग्यो। मच्छिन्द्रनाथ आएपछि गोरखनाथ उनको दर्शन गर्न उठ्दा नागहरू मुक्त भए, अनि वर्षा सुरू भयो भन्ने विश्वास छ।

‘त्यो बेला देशमा १२ वर्ष लामो महामारी थियो। त्यस्तो समय हामीलाई मच्छिन्द्रनाथले उद्धार गर्नुभएको हो। अहिले हामीले उहाँको यात्रालाई रोकेर हुन्छ?’ कपिलमुनि बज्राचार्य भन्छन्, ‘आज जे भयो यो सब सरकारी निकाय र गुठी सस्थानको बे’इमानीको नतिजा हो। जात्रा रोक्नु उनीहरूको ठूलो भू’ल हो। उनीहरूले समयमै राम्रो निर्णय दिएका भए आजको अवस्था आउने थिएन।’ सेतोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *