गीता केसी ह’त्या प्रकरण: अस्पताल जान्छु भनेर भतिजसँग जंगलतिर गएपछी…

भदौ २०, ललितपुर । भैंसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको ह’त्या अरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले प’क्राउ गरेको छ । निर्मल शनिबार बिहान भैंसेपाटीस्थित घरबाट प’क्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनु’सन्धानमा गीताको घाँ’टी थि’चेर ह’त्या गरिएको हो । केसीको परिवारले उनी ह’राएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उ’जुरी दिएको थियो ।

केसीको श’व शुक्रबार साँझ ललितपुरको गोदावरी नगरपालिका–१० मुलडोलस्थित सामुदायिक वनमा ह’त्या गरेको अवस्थामा सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा फेला परेको थियो ।

ह’त्या आरोपी केसीविरुद्ध ज्यान सम्बन्धी क’सुरमा म्या’द थप गरेर विस्तृत अ’नुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तीन वर्षदेखि अफेयरमा

निर्मल र गीता विगत ३ वर्षदेखि अफेयरमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ह’त्या आ’रोपी निर्मलले गीतासँग अफेयरमा रहेको स्वी’कारेको प्रहरीले जनाएको छ ।

श’व फे’ला परेलगत्तै प्रहरीले अनु’सन्धान थालेको थियो । अनु’सन्धान सुई निर्मलतिर सोझिएपछि प्रहरीले भैंसेपाटीस्थित घरबाट निर्मललाई प’क्राउ गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेक प्रसाद राईले जानकारी दिए ।

मृ’तकको श्रीमान घरमा नभएको बेला निर्मल जाने आउने समेत गरेको अनु’सन्धानमा संलग्न एक प्रहरीले बताए । ‘सहयोग गर्ने बहानामा मृ’तक केसी र निर्मलबीच नजिकको सम्बन्ध रहेको खुलेको छ,’ ती अधिकृतले रातोपाटीसँग भने ।

अल्का अस्पतालको कर्मचारी

मृ’तक गीता केसी पुल्चोकस्थित अल्का अस्पतालको कर्मचारी रहेको खुलेको छ । अस्पतालमा ‘हाउस किपिङ’ को रुपमा कार्यरत थिइन् मृ’तक केसी ।

निर्मलले नै मृ’तक केसीलाई अस्पताल लगिदिने र ल्याइदिने गर्थे । अनु’सन्धानमा संलग्न प्रहरीका अनुसार सोही दिनपछि मृ’तक केसीले श्रीमानलाई ढाँटेर अस्पताल जानुपर्ने भयो भन्दै घरबाट निस्केकी थिइन् ।

निर्मलले अस्पताल नगई घुम्न जाउँ भनेपछि उनीहरु लेलेको जंगल गएको प्रहरी अनु’सन्धानबाट खुलेको छ । जंगल पुगेपछि केही समय उनीहरु एकान्तमा गएर बसेको खुलेको छ ।

‘त्यहिँ उनीहरुबीच झ’गडा हुन्छ,’ अ’नुस’न्धानमा खटिएका प्रहरी भन्छन्, ‘सामान्य झ’गडाले ह’त्याको रुप लिएको देखिन्छ ।’ यद्यपी झ’गडाको कारण आर्थिक लेनदेन हुनसक्ने आशंका गरिएको छ ।

घाँ’टी थि’चेर गी’ताको ह’त्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । मृ’तक केसीको शरीरमा केही चोटपटक समेत देखिएको छैन । यद्यपी पोष्टमार्टम रिपोर्टपछि मात्रै ह’त्याको कारण भन्न सकिने एसएसपी राई बताउँछन् ।

आर्थिक लेनदेन हुनसक्ने

मृ’तक केसीको श्रीमानले र’क्सी खाएर सधैं गी’तासँग झ’गडा गर्ने गरेको प्रहरीले बताएका छन् । सो कुरा निर्मलले राम्रोसँग नियालिरहेका हुन्थे ।

श्रीमानबाट अप’हेलित भएपछि गीतालाई निर्मलले हरेक कुरामा सहयोग गर्दै आएको प्रहरी अनु’सन्धानबाट खुलेको छ । मृ’तक केसीले निर्मललाई पैसा पनि राख्न दिएकी थिइन् ।

‘राख्न दिएको पैसा मागेपछि ह’त्या गरेको हुनसक्छ,’ अनु’सन्धा’नमा खटिएका प्रहरी भन्छन्, ‘आर्थिक मामिलाको विषयलाई लिएर नै केसीको ह’त्या भएको हो । आरो’पीले समेत घ’टना स्वी’कारेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *