साउदीमा १ सय २६ नेपालीले पाए यस्तो अवसर

भदौ २०, दोहा । साउदीमा १२६ जना अवैधानिक नेपालीले बहिर्गमन भिसा पाएका छन् ।

बहिर्गमन भिसाको लागि विभिन्न समयमा निवेदन दिएकामध्ये थप १२६ जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगर्दा नेपालीहरू अवैधानिक हैसियतमा रहेका थिए ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने बहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको र अनुरोधपछि साउदी सरकारले बहिर्गमन भिसा प्रदान गर्ने प्रकृया सुरू गरेको दूतावासले जनाएको छ ।

यसघि दूतावासले ७३८ बहिर्गमन भीसा पाएका नेपालीहरुको नामावली सार्वजनिक गरिसकेको छ । यो प्रक्रियाको थालनी भएदेखि साउदी सरकारले हालसम्म ८६४ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको दूतावासले जनाएको छ ।

साथै, विभिन्न व्यक्तिहरुले झुठा विवरण दिई दूतावास समक्ष बहिर्गमन भिषाका लागि राहदानी तथा ईकामा पेश गरे अनुरुप दूतावासको सिफारिसमा बहिर्गमन भिषा लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयं नै जम्मेवार हुनुपर्नेसमेत दूतावासले जनाएको छ ।

बहिर्गमन भीसा जारी भएकाहरुले आगामी चरणमा नेपाल तथा हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट हुने उडानहरुबाट नेपाल जाने तयारी गर्नसमेत दूतावासले अनुरोध छ।

३७ नेपाली कोरियाको विमानस्थलमै किन परे अलपत्र ?

कोरियन एयरलाइन्सको जहाजले नल्याएपछि ३७ नेपाली कोरियाको विमानस्थलमै अलपत्र परेका छन् ।

सम्पूर्ण प्रक्रिया पुर्‍याएर शुक्रबार बिहान नेपाल आउने तयारीमा रहेका ३७ जनालाई कोरियन एरलाइन्सले विमानस्थलमै छोडेर उडेको थियो।

शुक्रबार स्थानीय समयअनुसार दक्षिण कोरियाको इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ५ बजे दक्षिण कोरियाबाट काठमाडौं आउने कोरियन एयरलाइन्सको जहाजमा उड्न उनीहरूले टिकट काटेका थिए।

सो उडानमा उनीहरूसँगै २ सय ३८ नेपाली स्वदेश फर्किने तय भएको थियो। तर, अन्तिम समयमा एयरलाइन्सका प्रतिनिधिहरुले कोरोना परीक्षण गरेको रिपोर्ट अस्पष्ट भएको भन्दै ३७ जनालाई उतै छोडेको थियो।

उनीहरुलाई करिब २० घण्टापछि विमानस्थलबाट सुरक्षित स्थानमा सारिएको थियो।

इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका एक युवती र ३६ जना युवकको अर्को उडानमा उद्धार हुने सोलस्थित नेपाली दूतावासले जनाए पनि निश्चित भने भइसकेको छैन।

दुतावासले भने ३४ जनाको कोरोना परीक्षण रिपोर्टमा भएको त्रुटि, २ जनाको अध्यागमनसम्बन्धी समस्या र १ जनाको उच्च तापक्रमको कारणले गरी जम्मा ३७ जना नेपाली स्वदेश फर्किनबाट वञ्चित भएको जनाएको छ।

सो विषयमा आफूहरुलाई कोरियन एयरले पत्र पठाएको दूतावासले जनाएको छ। अब हुने तत्कालको अर्को उडानमा फेरि टिकट काट्नु नपर्ने गरी पीसीआर रिपोर्टको त्रुटि र उच्च तापक्रमको कारणले रोकिएका यात्रुको व्यवस्थापन गर्ने सहमति भएको पनि दूतावासले फेसबुकमार्फत् जानकारी दिएको छ।

कोरोना महामारीबाट जागिर गुमेका कारण लामो समयदेखि बरोजगार बसेका युवाहरु महंगो टिकट भाडा तिरेर घर फर्किरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *