वाङ सियाङवेइ/काठमाडौं, भदौ २१ अक्टोबर १९५० मा उत्तर कोरियासँगको सीमामा रहेको यालु नदी पार गरेर चिनियाँ ज’नमुक्ति से’ना (पीएलए) कोरिया यु’द्धमा सहभागी भयो। यो क्रु’र यु’द्ध जुलाई १९५३ सम्म लम्बियो। र, यो अहिलेसम्म अमेरिका र चीनबीच भएको पहिलो र एक मात्र यु’द्ध हो।
सो यु’द्धको ७० औँ वर्षगाँठ मनाउने व्यापक तयारी अहिले बेइजिङले गरिरहँदा चीन र अमेरिकाबीच तनाव पनि बढिरहेको छ। तसर्थ यो समारोहको ऐतिहासिक महत्व मात्र होइन, व्यवहारिक प्रभाव पनि रहनेछ।
७० वर्षअघि कोरियाली यु’द्धमा चीन किन सहभागी भयो र यो यु’द्ध किन तीन वर्षसम्म लम्बियो? यी प्रश्नका जवाफमा इतिहासकारहरुले एक दर्जनजति कारण दिन सक्छन्। तर, यसको प्रमुख कारण भने अमेरिका र चीन दुवैतर्फबाट भएको गलत आकलन थियो।
जसले यो भयंकर यु’द्ध गर्न योगदान दियो र दशौँ लाख नागरिक तथा सैनिक हताहत र घाइते भए। सो यु’द्धले अन्तर्राष्ट्रिय व्यवस्थालाई नै नयाँ आकार दियो र अमेरिका–चीन द्विपक्षीय सम्बन्ध २० वर्ष ठप्प रह्यो।
अहिले पनि त्यस्तै ख’तरा मडारिइरहेको छ। यतिबेला दुवै वा एक पक्षले गलत अनुमान लगाउँदा विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र अर्को सैन्य मु’ठभे’डमा होमिने चिन्ता बढिरहेको छ। जसले विश्वभर निकै ठूलो प्रभाव पार्नेछ।
आधिकारिक रुपमा चीन सरकारले कोरिया यु’द्धलाई ‘अमेरिकी अति’क्रम’णविरु’द्धको यु’द्ध’ तथा ‘कोरिया सहयोग’ भन्यो। उसको आँखामा यो न्यायोचित यु’द्ध थियो र जनवादी गणतन्त्र स्थापना भएको एकै वर्षमा चीन यो यु’द्ध लड्न बाध्य भएको थियो।
जब अमेरिकी सै’निकहरु कोरियाबाट चिनियाँ सीमातर्फ बढ्न थाले, अमेरिकी ब’मव’र्षक विमानले सीमावर्ती सहरहरुमा ब’मबा’री गर्न थाले तब चीन यु’द्धमा सहभागी हुन बाध्य भएको इतिहासका पाठ्यपुस्तकमा उल्लेख छ।
अमेरिकी आ’क्रमणको भयका कारण माओ त्सेतुङले पीएलका जर्ने’लहरुको विरो’धका बाबजू’द ३ लाख सै’निक कोरिया पठाउने निर्णय गरेका थिए।
तर, गएको दशकमा केही चिनियाँ इतिहासकारहरुले यो इतिहासलाई चुनौती दिन थालेका छन्। सुरुमा उत्तर कोरियाली नेता किम इल सुङले दक्षिणमा आ’क्रमण गर्ने योजना तयार गरे। जसलाई सोभियत संघका नेता जोसेफ स्टालिनले पनि अनुमोदन गरे।
सो यु’द्धमा ह’स्तक्षेप गर्ने इच्छाशक्ति अमेरिकासँग छैन भन्ने आकलन गरेर माओले पनि दक्षिणमाथि आ’क्रमणलाई समर्थन गरे। तर, माओको आकलनविपरीत अमेरिकाले ह’स्तक्षेप गर्यो। त्यसपछि भने माओले अमेरिकाको रणनीतिक नियतलाई बढाइचढाइ गर्न थाले। अब अमेरिकाको अर्को नि’शाना चीन बन्ने उनको अनुमान थियो।
अर्कोतिर, वासिङटनले पनि यु’द्धमा चीन सहभागी होला भन्ने सोचेकै थिएन। भलै, आफ्नो सीमातर्फ अमेरिकी से’ना अघि बढिरहँदा चिनियाँ नेतृत्वले च’र्को चे’तावनी दिइरहेको थियो। धेरैजसो अमेरिकी से’ना रहेको संयुक्त राष्ट्रसंघीय फौ’जका क’मान्डर जनरल डगलस म्याकआर्थरले १९५० को क्रिसमसमा आफ्ना सेना यु’द्ध सकेर घर फर्किसक्ने दाबी गरेका थिए।
अमेरिकामा कोरिया यु’द्धलाई प्रायः ‘द फ’रगटन वा’र’ अथवा ‘द अन’नोन वा’र’ भन्ने गरिन्छ। एक त अमेरिकाले यो यु’द्धसम्बन्धी सूचनामा व्यापक से’न्सरसीप लगाएको थियो। त्यसमाथि यो यु’द्ध दोस्रो विश्वयु’द्ध र भियतनाम यु’द्धको छायामा परेको थियो। जसका कारण अमेरिकी जनताको ध्यान यो यु’द्धमा केन्द्रित हुन पाएन।
तर, यही कारणले मात्रै कोरियाली यु’द्ध विस्मृतिमा हराएको भने होइन। यसको मुख्य कारण हो– विश्वको सबैभन्दा शक्तिशाली अमेरिकी फौ’ज चीनको जनमुक्ति सेनामाथि विजय हासिल गर्न असफल भएको थियो। जबकि हतियारका हिसाबले चिनियाँ सेना अमेरिकी सेनाभन्दा धेरै कमजोर थियो।
यही विषयलाई अर्को महिना हुने ७०औँ वर्षगाँठका कार्यक्रमहरुमा चिनियाँ नेता र सरकारी सञ्चारमाध्यमले सबैभन्दा बढी जोड दिनेछन्। किनभने कोरियाली यु’द्धयता चीनको सै’न्य क्षमतामा विशाल अन्तर आइसकेको छ।
अगस्ट ३१ बाटै पिपुल्स डेली, पीएलए डेलीलगायत प्रमुख सरकारी पत्रिकाहरुले कोरियाली यु’द्धबारे लेख छाप्न थालेका छन्। द इकोनोमिक डेलीले एक लेखमा आज चीनले झेलिरहेका अनेकौँ चुनौतीलाई ७० वर्षअघिको चुनौ’तीसँग दाँज्न सकिने जनाएको छ। निश्चय नै सो लेखले चीन र अमेरिकाबीच बढिरहेको द्व’न्द्वतर्फ इंगित गरेको थियो।
रोचक कुरा के छ भने कोरियाली यु’द्धको एउटा विरासत ताइवानसँग पनि जोडिन्छ। यु’द्ध सुरु हुनअघि माओको पहिलो प्राथमिकता थियो, पीएलएलाई ताइवान क’ब्जाका लागि तालिम दिनु। तर, यो यु’द्धले ताइवान क”ब्जाको योजनालाई थाती राख्न बाध्य बनायो। आज ताइवान चीन र अमेरिकाबीचको ट’क्करको सबैभन्दा खत’रनाक विन्दु बनेको छ।
पछिल्ला महिनाहरुमा नाजुक यथास्थितिलाई बदल्न अमेरिकाले जोडबल लगाएको देखिन्छ। यस्तो अवस्थामा चीन–अमेरिका सम्बन्धमा ताइवान अझ ठूलो ख’तरा बन्न सक्छ। अमेरिकाले ताइवानलाई बेच्ने ह’तियार बढाएको छ। गत महिना अमेरिकी स्वास्थ्यमन्त्री एलेक्स अजारले ताइवान भ्रमण गरे र राष्ट्रपति साइ इङ–वेनसँग भेटे। सन् १९७९ यता ताइवान भ्रमण गर्ने उनी सबैभन्दा उच्च पदस्थ अमेरिकी बनेका छन्।
गत सोमबार पूर्वी एसिया र प्यासिफिक क्षेत्र हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डेविड स्टिलवेलले ताइवान नीतिमा परिवर्तनका कारण अमेरिकाले त्यहाँ भ्रमण तथा हति’यार बिक्री बढाएको नभई चीनको बढ्दो आ’क्रमता’वि’रुद्ध ‘सामञ्जस्य’ मिलाएको दाबी गरे।
तर, चिनियाँ अधिकारीहरुले यसलाई फरक रुपमा लिएका छन्। अमेरिकाले ताइवान नीतिमा परिवर्तन गरेको र उसका कदमले ताइवान स्वतन्त्र हुनुपर्छ भन्नेहरुलाई बलियो बनाउने चीन ठान्छ।
अजारको भ्रमणको जवाफमा गत महिना चीनले ताइवाननजिक समुद्रमा ठूलो सै’न्य अभ्यास गर्यो। चिनियाँ विमानले एकैछिन ताइवान जलसन्धिको मध्यविन्दु समेत पार गर्यो।
वाशिंगटनमा पूर्वअधिकारी तथा वि’श्लेषकहरुले ताइवानसम्बन्धी चार दशक पुरानो अस्पष्ट अमेरिकी रणनीति बदल्नुपर्ने आवाजप्रति पनि चीनको चासो छ।
ताइवानबारे अमेरिकाले रणनीतिक स्प’ष्टतासहितको नीति अघि सार्ने समय आइपुगेको काउन्सिल अन फरेन रिलेसनका अध्यक्ष रिचर्ड हास र अध्येता डेविड स्या’क्सको तर्क छ। फरेन अफेयर्स म्यागेजिनमा प्रकाशित उनीहरुको लेखका अनुसार ताइवानवि’रुद्ध चीनले शक्ति प्रयोग गरे अमेरिकाले जवाफ दिने भनेर स्पष्ट किटान गर्नुपर्ने उनीहरुको तर्क छ।
एक चीन नीतिसँग मेल खानेगरी पनि अमेरिकाले यो परिवर्तन गर्न सक्ने उनीहरुको तर्क छ। जसले ताइवान जलसन्धिमा यु’द्धको सम्भावना कम गर्ने लेखकद्वयले बताएका छन्। अहिले डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिका–ताइवान सम्बन्धलाई सांकेतिक रुपमा प्राथमिकतामा राखेको र त्यसले एक चीन नीतिमा समेत प्र’श्न उठाएकाले यो भन्दा रणनीतिक स्पष्ट’तासहितको नीति बढी उपयुक्त हुने उनीहरुको भनाइ छ।
यसले प्रश्न उठाएको छ– यदि अमेरिकाले रणनीतिक अस्पष्टताको पुरानो नीति परिवर्तन गरेको खण्डमा चीनले कसरी त्यसको जवाफ देला? यहीबेला राष्ट्रपति सी चिनफिङ आफ्नै कार्यकालभित्र शान्तिपूर्ण तरिकाले वा बलपूर्वक ताइवानलाई चीनमा एकीकृत गर्न इच्छुक रहेको चर्चा चीनसम्बन्धी विश्लेषकहरुमाझ बढ्दो छ।
यसैबीच चिनियाँ राष्ट्रवादी टिप्पणीकार र पिपुल्स डेलीको स्वामित्वमा रहेको ट्याबलोइड ग्लोबल टाइम्सले ताइवानविरुद्ध आ’क्रामक सै’न्य कारबाही गर्न चीन सरकारलाई आग्रह गरिरहेका छन्। पछिल्लो पटक सोमबार ग्लोबल टाइम्सले एउटा सम्पादकीय प्रकाशित गरेको छ– जसमा ताइवानको आकाशलाई पीएलए वायुसेनाको आफ्नो गस्ती क्षेत्र घो’षणा गर्न बेइजिङलाई आग्रह गरिएको छ।
अमेरिकी सै’न्य विमान ताइवानका विमानस्थलमा छन् कि छैनन् भनेर निगरानी गर्न पीएलएका लडा’कु विमान ताइवानी आकाशमा उड्न सक्ने सम्पादकीयमा जनाइएको छ।
‘यदि ताइवानको से’नाले पीएलएको विमानमाथि प्रहा’र गर्ने हिम्म’त गर्यो भने त्यो यु’द्धको घोषणा हुनेछ र पीएलएले तुरुन्तै ताइवानको सै’न्य शक्तिलाई ‘ध्व’स्त गरेर पुनर्एकीकरण सम्पन्न गर्नुपर्छ,’ प्रधान सम्पादक हु सिजिनले लेखेका छन्।
बेइजिङले उपयुक्त मौका हेरेर यो घोषणा गर्नुपर्ने हुको भनाइ छ। अमेरिकी विमान ताइवानमा अवतरण गरेको बेला वा अमेरिकी अधिकारीको ताइवान भ्रमण त्यस्तो अर्को मौका हुनसक्ने उनको तर्क छ।
ग्लोबल टाइम्सको यस्तो क्रु’द्ध टिप्पणीको कारण भने एउटा थिंक ट्यांकले गरको झुठो दाबी रहेछ। ‘साउथ चाइना सी प्रोबिङ इनिसि’य’टिभ’ नामक थिंक ट्यांकले ताइवानको विमानस्थलबाट अमेरिकी गु’प्तचर विमान उडेको दाबी गरेको थियो। सो रिपोर्टलाई ताइवानले ‘फे’क न्युज’ को संज्ञा दिएको छ।
गत मंगलबार पनि ग्लोबल टाइम्सले सोही थिंक ट्यांकलाई उधृत गर्दै एउटा अमेरिकी यु’द्धपो’त ताइवान जलसन्धि नाघेर ताइवानको जलक्षेत्रमा प्रवेश गरेको समाचार प्रकाशित गर्यो। यो निकै ठूलो उत्तेजक कार्य थियो। तर, ताइवानी नौसे’नाले सोही रात सो समाचारको खण्डन गर्यो।
तनाव बढ्दो छ, झु’ठो खबर फैलिँदो छ। त्यसैले मुलुकहरुले गलत आकलन गर्ने सम्भावना पनि बढ्दो छ।
(साउथ चाइना मर्निङ पोस्टबाट। वाङ सियाङवेइ पोस्टका पूर्व प्रधान सम्पादक हुन्। बेइजिङ बस्ने उनी हाल सो पत्रिकाका सम्पादकीय सल्लाहकार हुन्)