दही खाँदा कसलाई फाइदा, कसलाई बेफाइदा ? थाहा पाउनुस

दहीले स्वास्थ्यलाई धेरै फाइदा गर्छ । दहीमा भएका रासायनिक पदार्थका कारण यो छिट्टै पच्छ । अपच, कब्जियत र ग्यासको समस्या भएका मानिसलाई दही लाभदायक हुन्छ ।

तर गलत तरिका वा गलत समयमा दही खाँदा शरीरलाई हानि हुन्छ । तपाईंले पनि दही खाँदा गल्ती गरिरहनुभएको छ भने बानी सुधार्नुस् ।

एलर्जी
जोर्नीमा पीडा अनि छालामा एलर्जी छ भने दही नखानुस् । दही खाँदा समस्या चर्किन्छ ।

तत्कालै नसुत्नुस्
दही खानेबित्तिकै सुत्दा बोसो बढ्छ ।

राति नखानुस्
राति दही खाएर सुत्दा कफ, रुघा र खोकी जस्ता समस्या आउन सक्छन् ।

अमिलो दही नखानुस्
दही धेरै दिनको पुरानो वा अमिलो छ भने खाँदै नखानुस् । यसबाट फूड प्वाइजनिङ, एसिडटी वा पेटको खराबी हुन सक्छ ।

नतताउनुस्
दहीलाई कहिल्यै पनि तताएर नखानुस् किनकि त्यसो गर्दा दहीमा भएका राम्रा ब्याक्टेरिया सकिन्छन् ।

दमको रोगीले नखानुस्
तपाईंलाई दमको रोग छ वा पिनास छ भने दही नखानुस् । यसले श्वासप्रश्वासको समस्या झनै बढाउँछ ।

मासुसँग नखानुस्
मासुसँग दही खाने बानी तत्कालै त्याग्नुस् किनकि यसो गर्दा एलर्जी, छालाको समस्या र पेट खराब हुन्छ ।

यस्ता समस्या भएका मानिसलाई दहीले फाइदा गर्छ :

कम इम्युनिटी
रोगप्रतिरोधक क्षमता कम भएका मानिसलाई दहीले खुबै फाइदा गर्छ । दहीले इम्युनिटी बूस्टिङ स्तर बढाउँछ ।

मोटोपन
मोटोपनको समस्या बेहोरिरहेका मानिसले तौल घटाउन दही सेवन गर्नु ठीक हुन्छ ।

मधुमेह
मधुमेहका रोगी महिलाको योनिमा यीस्ट संक्रमण भएमा दही खाँदा ठीक हुन्छ ।

बिहान खाली पेट खानुस् यी खानेकुरा, हुनेछ स्वास्थ्यलाभ

मानिसहरू बिहान उठेपछि खासै केही नखाई सीधै भात खाएर बस्छन् वा बाहिर निस्कन्छन् । तर यसो गर्दा पेटलाई नराम्रो असर पर्छ । पाचनतन्त्र सुस्त भएर पेटको रोग लाग्छ ।

त्यसैले भात खानुअघि खाली पेटमा उचित पोषण दिने खानेकुरा खानु स्वास्थ्यका लागि हितकर हुन्छ । यहाँ हामी बिहान के लिने भनी चर्चा गर्दैछौं ।

तुलसी
तुलसीमा भिटामिन, क्याल्सियम, आइरन तथा एन्टीअक्सिडेन्ट गुणहरू भरपूर हुन्छ । यसले शरीरलाई रोगबाट बचाइराख्न सहायता गर्छ । बिहान खाली पेट तुलसी राखेको पानी पिउँदा रोगप्रतिरोधक क्षमता बढाउन सहायता पुग्छ । मौसमी रुघाखोकीबाट पनि यसले राहत दिन्छ ।

कागती र मह
बिहान सधैं मनतातो पानीमा कागतीको रस र मह राखेर पिउँदा पाचनशक्ति बलियो हुन्छ । यसले रोगसँग लड्ने क्षमता बढाउँछ र तौल नियन्त्रण गर्न पनि सहायता गर्छ ।

ज्वानो
ज्वानोमा भएको पोषक तत्त्वले खानाको स्वाद बढाउँछ र पेटलाई तन्दुरुस्त राख्छ । बिहान खाली पेट ज्वानो राखेको पानी पिउँदा पेटको समस्याबाट मुक्ति पाइन्छ । यसमा भएको भिटामिन र मिनरलले मधुमेहको खतरा पनि घटाउँछ । अनि शरीरमा कोलेस्ट्रोल पनि कम हुन्छ । मुटु पनि स्वस्थ रहन्छ ।

ग्रीन टी
तौल बढेर समस्यामा परेकाहरूले बिहान खाली पेट ग्रीन टी सेवन गर्नुपर्छ । यसले तौल घटाउनुका साथै रोगप्रतिरोधक क्षमता पनि बढाउँछ ।

अमला
भिटामिन सीले भरपूर अमला सेवन गर्दा शरीरको रोगप्रतिरोधक क्षमता बढ्छ । बिहान खाली पेट अमलाको जुस पिउँदा पाचनप्रणाली बलियो हुनुका साथै रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ ।

बदाम
रातभरि भिजाएर राखेको बदाम बिहान खाँदा शरीरलाई आवश्यक सबै तत्त्व सही मात्रामा प्राप्त हुन्छ । मन र मस्तिष्कलाई सही तरिकाले काम गर्न र स्फुर्ति बढाउन यसले मद्दत गर्छ ।

मेवा
कब्जियत वा पचान समस्या भएकाहरूलाई बिहान उठेर मेवा खाने सल्लाह दिइन्छ । यसले पाचन प्रणालीलाई बलियो बनाएर शरीरमा रहेको कोलेस्ट्रोल घटाउन सहायता गर्छ । मुटुलाई पनि यसले स्वस्थ राख्छ ।

तपाईंले कहिल्यै आफ्नो पेट सफा गर्नुभएको छ ? घरमै गर्न सकिन्छ पेटभित्रको सफाइ

हामीले खाएका कतिपय अस्वस्थकर खानाबारे आफैँलाई पत्तो नहुन सक्छ । जसले गर्दा हामी बिरामी पर्न जान्छौँ । अस्वस्थकर खानाले मुख्यतः पेटमा असर गर्छ ।

समस्या यो छ कि सबै प्रकारका रोगको सुरुवात नै पेटमा हुन्छ ।
खानापछि १ सय २५ ग्राम मेथी, दुई ग्राम ज्वानो र आधा ग्राम बिरेनुन मिलाएर खानुपर्छ । यसो गर्दा पेटमा ग्यास बन्न रोकिन्छ ।

एक पोटी लसुन र किसमिस नियमित चपाउँदा पनि पेट सफा हुन्छ । लसुन र किसमिसले पेटमा रहेका विकार हावालाई बाहिर निकाल्ने काम गर्छ ।

अदुवाको सानो टुक्रामा नुन छर्किएर खाँदा पनि पेटलाई फाइदा पु-याउँछ । दिनमा दुई वा तीनपटक अदुवा र नुन प्रयोग गर्दा ग्यास्ट्रिकको समस्याबाट छुटकारा मिल्नुका साथै समयमा भोक लाग्ने पनि हुन्छ ।

पेटलाई स्वस्थ राख्नका लागि दैनिक दुई ग्राम ज्वानो र आधा ग्राम नुन चपाएर खान पनि सकिन्छ । यसले पेटको दुखाइबाट बचाउनुका साथै ग्यासको समस्यालाई पनि दूर गर्छ ।

स्वास्थ्यका लागि वरदान हो अमलाको जुस

अमलालाई पोषक तत्त्वहरूको राजा मानिन्छ । अमलामा मिनरल र भिटामिनहरू पाइन्छन्, तिनले शरीरलाई स्वस्थ राख्ने मात्र नभई अनेकौं रोगबाट पनि बचाउँछन् ।

अमलालाई काँचै खान सकिन्छ, यसको जुस बनाएर पिउन सकिन्छ वा अचार साँधेर खान सकिन्छ ।

अमलामा भरपूर मात्रामा भिटामिन सी पाइन्छ र यसले इम्युनिटी तथा मेटाबोलिजम बढाउँछ । अमला रुघा, खोकी, भाइरल ज्वरो र ब्याक्टेरिया संक्रमणविरुद्ध लड्छ । अमलामा भएका गुणकारी तत्त्वले क्यान्सर सेलसँग पनि लड्छन् ।

स्वास्थ्यविद्हरू अमलाको रस खोकी र रुघाका साथै मुखको खटिरा हटाउन पनि काम लाग्ने बताउँछन् । दुई चम्चा अमलाको रसमा दुई चम्चा मह मिसाएर दिनदिनै पिउँदा रुघाखोकीमा आराम हुन्छ । अनि मुखको खटिराबाट छुटकारा पाउन एक चम्चा अमलाको जुसलाई पानमिा मिसाएर गार्गल गर्नुपर्छ ।

कोलेस्ट्रोललाई सही स्तरमा राख्नका लागि अमलाको जुस नियमित पिउनुपर्छ । यसमा भएको अमिनो एसिड र यान्टीअक्सिडेन्ट गुणले मुटुलाई सही तरिकाले काम गराउँछ ।

दम जस्तो सासको रोगमा पनि अमलाको जुस लाभदायक हुन्छ । यसले मधुमेह पनि नियन्त्रणमा राख्छ । अमलाले पाचनप्रणालीलाई पनि राम्रो बनाउँछ ।

कलेजोलाई सुरक्षित राख्ने सबै तत्त्व अमलामा पाइन्छ । यसले शरीरबाट विषाक्त तत्त्वहरू बाहिर निकाल्छ ।

अमलामा भिटामिन सी बाहेक आइरन, क्याल्सियम र फस्फोरस व्यापक मात्रामा पाइन्छ । पोषक पेयपदार्थका रूपमा पनि यसलाई पिउन सकिन्छ ।

कपालका लागि त अमला त औषधि नै हो । कपालको संरचनामा ९९ प्रतिशत प्रोटीनको योगदान हुन्छ । अमलामा पाइने अमिनो एसिड र प्रोटीनले कपाल बढाउन सहायता गर्छ, झर्न रोक्छ र जरालाई बलियो बनाउँछ ।

अमलाले छाला पनि सुन्दर बनाउँछ । अमलाको रस कपासमा भिजाएर अनुहारमा दल्दा पोतो, दाग सबै हट्छन् र अनुहार चम्किन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *