हरियो खुर्सानी भिजाएको पानी पिएपछि भाग्छन् यी रोगहरू

हरियो खुर्सानी प्रत्येकको भान्सामा हुने गर्दछ । धेरै मान्छेहरू यसलाई काँचै खान पनि रुचाउँछन् ।

हरियो खुर्सानीमा भिटामिन बी ६, भिटामिन ए, आइरन, कपर र पोटासियम हुन्छ । हरियो खुर्सानीले खानामा स्वाद ल्याउँदैन मात्र, यसका अनेकौं फाइदाहरू पनि छन् ।

हरियो खुर्सानीमा कतिपय औषधीय गुण पनि हुन्छ । मुटुरोग, पेट दुख्ने समस्या जस्ता समस्याबाट यसले छुटकारा दिलाउने स्वास्थ्यसम्बन्धी गरिएको रिसर्चहरूले दाबी गर्ने गएका छन् ।

यहाँ हरियो खुर्सानीले गर्ने फाइदाहरूका बारेमा केही चर्चा गरिनेछ ।

हरियो खुर्सानीमा एन्टीअक्सिडेन्ट हुन्छ । यसले शरीरलाई बाह्य किटाणुहरूको आक्रमणबाट बचाउछ । यसले प्रोटेस्ट ग्रन्थीको समस्यालाई पनि टाढा भगाउछ ।

हरियो खुर्सानीमा गरिएका कतिपय अध्ययनहरूले यसमा भिटामिन सी र बिटा क्यारोटिन हुने तथ्य सार्वजनिक गरेका छन् । यी तत्वहरूले आँखा स्वस्थ राख्न मद्दत गर्छन् भने रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्छ ।

हरियो खुर्सानीले रगतमा चिनीको मात्र सन्तुलित गर्न अहं भूमिका खेल्छ । यदि कसैलाई मधुमेह भएको छ भने हरियो खुर्सानीको सेवनले फाइदा हुने बताइन्छ ।

हरियो खुर्सानीमा फाइबरको मात्रा हुने हुनाले यो कब्जियत हुनेहरूका लागि पनि फाइदाजनक छ । हरियो खुर्सानीले कतिपय प्रकारका क्यान्सरहरू पनि निको गराउन मद्दत गर्छ ।

राति सुत्ने समय भन्दा केही पहिला २/३ वटा हरियो खुर्सानीलाई धोएर बीचबाट काट्ने र एक ग्लास पानीमा भिजाएर राख्ने अनि बिहान उठेर त्यसको सेवन गर्नाले पेटको समस्याबाट मुक्ति मिल्ने कतिपय अध्ययनहरूले पुष्टि गरेका छन् ।

दूधसँग यी खानेकुरा कहिल्यै नखानुस्, पर्छ स्वास्थ्यमा असर

दूध आफैंमा पूर्ण आहार हो । पौष्टिक तत्त्वले भरपूर दूध सेवन गर्दा क्याल्सियम, प्रोटीन लगायत शरीरलाई आवश्यक सबै तत्त्व पाएर शरीर राम्रो किसिमले विकसित हुन्छ ।

तर दूधसँग कुनै कुनै खानेकुरा खान हुँदैन । आयुर्वेदले बताएअनुसार, वर्जित खानेकुरालाई दूधसँगै खाँदा स्वास्थ्यलाई हानि पुग्छ ।

नुनिलो कुरा
विज्ञहरूका अनुसार, नून र दूध एकैपटक सेवन गर्नुहुँदैन । यसले कलेजो गलाइदिन्छ । दूधमा प्रोटीन र नूनमा आयोडिनको मात्रा बढी हुँदा एकैचोटि लिँदा कलेजो खराब भइदिन्छ ।

केरा
कफको समस्या भएका मानिसले दूध केरा मिसाएर खानुुहुँदैन ।

काँचो प्याज
दूध पिउनुअघि वा तत्काल पछि काँचो प्याज खाँदा छालाको संक्रमण हुने खतरा रहन्छ । यसले दाद र चिलाउने समस्या निम्त्याउन सक्छ ।

माछा
माछा खाएपछि दूध वा दुग्ध परिकार खाँदै नखानुस् । नत्र छालामा सेतो दाग देखिन थाल्छ ।

मसला भएको खाना
मसला हालेको खानेकुरासँगै वा त्यसलगत्तै दूध पिउँदा पाचन प्रणालीमा समस्या देखिन्छ । यसले खाना पचाउन गाह्रो हुने, पेट दुखाउने, पेट पोल्ने, ग्यास जम्मा हुने लगायतका समस्या आउँछन् ।

अमिलो खानेकुरा
दूध पिएलगत्तै कागती वा अमिलो खानेकुरा खाँदा नपच्ने समस्या आउँछ । पेटमा दूध फोटेर एसिडिटी, बान्ता आउने वा वाकवाक लाग्ने समस्या आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *