विदेशबाट विदामा आएकाहरुले पुन: स्वीकृति लिन के-के पेश गर्नुपर्छ, शुल्क कति ?

वैदेशिक रोजगारमा गएर विदामा आएकाहरुले पुन: सोहि कम्पनी वा प्रवेशाज्ञाको अवधि बाँकी छंदै सम्बन्धित मुलुकको प्रचलित कानुन बमोजिम रोजगारदाता परिवर्तन गरेर नयाँ कम्पनीमा रोजगारीमा जान सक्दछन् ।

जसको लागि पुन: स्वीकृति लिएर जानुपर्ने हुन्छ । यसरी विदेशबाट विदामा आएका धेरै नेपालीहरुले हामीलाई यसको प्रक्रियाबारे सोध्नुभएको छ ।

जसको लागि सर्वप्रथम https://feims.dofe.gov.np/Individual-ReEntry-Registration.aspx लिंकमा क्लिक गरि आवश्यक विवरण भर्ने र निवेदन दिनुपर्छ ।

त्यसपछि पुन: स्वीकृति लिन काठमाडौँको ताहाँचलस्थित कार्यालय वा काठमाडौँबाहिर प्रदेश नम्बर १ को विराटनगर स्थित श्रम कार्यालय, प्रदेश २ को जनकपुरस्ठित श्रम कार्यालय, गण्डकी प्रदेशको पोखरा स्थित कार्यालय, प्रदेश ५ को बुटवलस्थित कार्यालय, कर्णाली प्रदेशको सुर्खेतस्थित कार्यालय र सुदुरपस्चिमको धनगढी स्थित कार्यालय जानुपर्दछ ।

पुन: श्रम स्वीकृति लिन पेश गर्नुपर्ने कागजात

१. तोकिएको ढांचामा अनलाइन निवेदन
२. राहदानी र सोको प्रतिलिपि (भ्यालिड)
३. प्रवेशाज्ञा (भिषा)

४. प्रवेशाज्ञाको अवधि बाँकी छंदै सम्बन्धित मुलुकको प्रचलित कानुन बमोजिम रोजगारदाता परिवर्तन भएमा नयाँ रोजगारदातासँग गरेको करार/सम्झौता पत्रको प्रतिलिपि (यदी सक्कल प्रति उपलब्ध हुन नसकेको अवस्थामा सम्बन्धित देशस्थित नेपाली राजदुतावासबाट Dofe को मेलमा प्राप्त हुनुपर्ने)

५. पुन: श्रम स्वीकृति माग गरेको देशमा जान यस अघि श्रम स्वीकृति लिएको निस्सा | सो नभए बैदेशिक रोजगार बिभागको वेबसाइटमा रहेको अभिलेखको प्रिन्ट कपी

६. अध्यागमन कार्यालयको प्रस्थान र आगमन हुँदाको छाप (सम्भव भएसम्म)
७. कल्याणकारी कोषमा रकम बुझाएको भौचर
८. करार अवधि समेट्ने गरी म्यादी जीवन विमा गरेको कागजात

९. रोजगार सम्झौतापत्र वा अफर लेटर (सोहि मुलुकको कम्पनी परिवर्तन भएको अवस्थामा)
१०. घरेलु कामदारको हकमा सम्बन्धित देशस्थित नेपाली राजदुतावास वा नियोगबाट अनुसूची ८ बमोजिमको सिफारिस पत्र
११. निजको वा नजिकको हकवालाको बैंक खाता नम्बर मोबाइल नम्बर र इमेल ठेगाना

कति शुल्क लाग्छ ?

प्रति व्यक्ति रु. १५००/- का दरले कल्याणकारी कोषमा रकम जम्मा गर्ने/करार अवधि सम्मको लागि विमा समितिले तोके बमोजिमको शुल्क

कति समय लाग्छ ?

सबै प्रक्रिया पुरा गरि पेश गरेको तीन कार्य दिनमा प्राप्त गर्न सकिन्छ

थप जानकारीको लागि

नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार कार्यालय, ताहाचल, काठमाण्डौ, नेपाल

टेलिफोन: + 977-1-4030667

फ्याक्स: + 977-1-4030669
वेबसाइट: http://feo.gov.np/

-सझासबालबाट

पुन: स्वीकृति लिएर विदेश जान पाइन्छ, तर कसरी ?

सरकारले विदेशमा अलपत्र नेपालीलाई धमाधम उद्धार गरिरहेका बेला विदेशबाट बिदामा आएकाहरुलाई वै‌देशिक रोजगारीमा जान खुला गरेको अवस्था छ । बिदामा आई कोरोनाको कारण विदेश जान नपाएकाहरुको लागि सरकारले पुन: स्वीकृति दिने काम जारी राखेको छ ।

[

विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार नयाँ श्रम स्वीकृति दिएको छैन, पुन श्रम स्वीकृति मात्र दिइएको छ । विभागले करार अवधि बाँकी रहेका, विदामा आएका र भिसाको अवधि बाँकी रहेकालाई पुन: श्रम स्वीकृति दिइरहेको छ।

पुन: स्वीकृति लिएर विदेश जानेहरुले विदेश जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अनिवार्य कोरोना संक्रमण नभएको रिपोर्ट पेस गर्नुपर्ने हुन्छ, यस लगायत कसरी श्रम स्वीकृति लिन सकिन्छ भन्ने सन्दर्भमा वैदेशिक रोजगार बिभागले जारी गरेको सूचना तल हेर्नुहोस् ।

कसरी जान पाइन्छ पुन: स्वीकृति लिएर विदेश ?

उद्धारबाहेकका सम्पुर्ण उडानहरु बन्द रहेको अवस्थामा पुन: श्रम स्वीकृति लिएकाहरु कसरी विदेश जान्छन ? भन्ने प्रश्न धेरैलाई छ । यस्तो अवस्थामा पुन: श्रम स्वीकृति पाएका श्रमिकहरु नियमित उडान नखुल्दासम्म चार्टर्ड उडानमा जानुको विकल्प छैन ।

बिभागले पुन: श्रम स्वीकृति दिइरहेका श्रमिक आफै टिकट काटेर जान पर्ने हुन्छ । विदेशमा नेपाली लिन जाने जहाजहरुमा पुन: स्वीकृति लिएकाहरु जान सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *