विदेशबाट दैनिक फिर्ता हुने नेपालीको कोटा हट्यो

२५ भदौ, काठमाडौं । सरकारले दैनिक ८ सय जना मात्रै विदेशबाट यात्रु ल्याउन पाउने गरी तय गरेको कोटा हटाएको छ । यो कोटा हटाएर नियमित उडान सुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार नै यात्रु ल्याउन दिइने भएको छ ।

नयाँ नियम अनुसार दैनिक २ सय देखि ३ हजारसम्म यात्रु नेपाल आउने अनुमान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यसको जानकारी दिएका छन् ।योसँगै सरकारले खोलेको अन्तर्राष्ट्रिय व्यवसायिक (नियमित)उडानतर्फ एयरलाइन्सले अनुमति मागेमा थप उडानको अनुमति पाउने भएका छन् ।

भट्टराईका अनुसार उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रममन्त्रीबीचको छलफल र प्रधानमन्त्री केही शर्मा ओलीसँगको परामर्शबाट उडान थप गर्ने निर्णय गरिएको हो ।

उनका अनुसार अब पीसीआर नेगेटिभ भएका मात्र यात्रु ल्याउने गरी नियमित उडान खुला भएको मुलुकमा अब एयरलाइन्सले थप अनुमति मागेमा मन्त्रालयले उडानको अनुमति दिने भएको छ । हालको पीसीआर र क्वारिन्टिनसम्बन्धी नियमलाई यथावत राखेर कोटा हटाइएको हो ।

अर्कोतर्फ कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल ल्याउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति दिने निर्णय समेत गरेको छ । मन्त्री भट्टराईका अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँगको समन्वयमा उडानको व्यवस्था हुने भएको छ ।

उनका अनुसार नियमति उडान भएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि समेत माग आएमा उडान थप गर्न सकिने गरी निर्णय भएको छ ।

विमान कम्पनीले मागे अन्तर्राष्ट्रिय उडानको संख्या सरकारले थपिदिने

चार मन्त्रालयले पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय गरेका छन्।

यसबारे बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर राय यादवबीच छलफल भएको हो। सोसँगै प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री पोखरेलबीच भएको उच्चस्तरीय परामर्श भएको थियो। परामर्शपछि अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको हो।

त्यसका अलावा कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने निर्णय गरेको छ। यसअघि एयर अरेबियाले निःशुल्क कामदार ल्याउँछु भन्दा पर्यटन मन्त्रालयले अनुमति दिएको थिएन।

त्यस्तै श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने र नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गरिने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले जनाएका छन्।

उनले विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीप्रति सरकार संवेदनशील भएको भन्दै उनीहरुलाई स्वदेश फिर्ताका लागि सरकारले सक्दो कोशिस गरिरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *