अब विदेशमा अलपत्र परेका नागरीकलाई स्वदेश फर्कन सहज

काठमाडौँ , २५ भदौ । कोरोना महामारिका कारण बन्द रहेको नियमीत अन्तराष्ट्रिय उडान सरकारले १० आंशिक रुपमा खुला गरेको थियो । तर , सरकारले शुक्रबारदेखि लागू हुने गरी उडान कोटा हटाएको छ । अब पीसीआर परीक्षण सहज भएका मुलुकबाट विदेशी तथा स्वदेशी वायुसेवा कम्पनीलाई मागे जति उडान अनुमति दिइने भएको छ ।

‘यात्रुको पीसीआर नेगेटिभ हुनुपर्‍यो, वायुसेवा कम्पनीले मागेअनुसार अनुमति दिइने छ, अब कोटा हुँदैन,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार बताए ।

यसअघि भदौ १४ गतेको मन्त्रिपरिषद् बैठकले चार्टर र नियमित दुबै उडानबाट आउने यात्रुको संख्या ३ सय थप्दै ८ सय पुर्‍याएको थियो । त्यसअघि दैनिक यात्रु संख्या ५ सयको दरमा मात्र भित्रिने अवस्था रहेको थियो ।

यो निर्णयले सबैभन्दा ठूलो राहत युरोप तथा अमेरिकालगायत पीसीआर सहज भएका मुलुकमा ५ महिनादेखि अलपत्र परेका नेपालीलाई हुनेभएको छ ।

सरकारले पर्यटकलाई भने अझै नेपाल आउन अनुमति दिइसकेको छैन । तर, नेपालमा कूटनैतिक नियोग, दूतावास, अन्तर्राष्ट्रिय विकास साझेदार संस्था, संयुक्त राष्ट्र संघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई भने पीसीआर तथा भिषाका आधारमा आउन छुट गरेको छ ।

काठमाडौंका होटल क्वारेन्टाइन राखिने छ । ‘पीसीआर नेगेटीभ भएका र जाच नगरेका यात्रु मिसाएर ल्याउन पाइने छ,’ मन्त्री भट्टराईले भने, ‘यदि त्यस्तो पाइएमा त्यो वायुसेवा कम्पनीकै खर्चमा सबै यात्रुलाई होटलमा राखिने छ ।’

त्यसैगरी पीसीआर सहज नभएका श्रम गन्तव्यमा अलपत्र नेपालीलाई पनि अब स्वदेश फर्किन सहज गरिएको छ । ‘विदेशस्थित कुनै कम्पनीले आफ्नो खर्चमा उसँग रहेका कामदारलाई नेपाल फर्काउन चाहेमा त्यस्तो प्रस्तावलाई पनि प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने छ,’ मन्त्री भट्टराईले भने ।

यस विषयमा बिहीबारै पर्यटन, श्रम र उपप्रधानमन्त्रीबीच छुट्टै छलफल भएको थियो । ‘श्रम कल्याणकारी कोषबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशमा रहेको नेपाली नियोगसँग समन्वय गर्नुपर्ने छ,’ भट्टराईले भने, ‘दूतावासको सूचीअनुसार, उडानको व्यवस्था गरिने छ दूतावासले माग्नु पर्‍यो । मागका आधारमा उडान संख्या थपिने छ ।’

पीसीआर जाँच सहज नभएका मुलुकबाट आउने यात्रुले भने काठमाडौंका होटलमा ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ । सरकारले उनीहरुलाई जाँच गरेर थप १४ दिन होटल क्वारेन्टाइन बस्ने सर्तमा मात्रै घर पठाउने छ ।

बिहीबारसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय यात्रु ल्याउन बिहान ६ देखि बेलुकी ६ बजेसम्म समयसीमा थियो । अब त्यो सीमा पनि हट्ने छ । ‘उडान संख्या वृद्धि हुँदा त्यो नियम पनि हट्ने छ’ मन्त्री भट्टराईइले भने ।

आन्तरिक उडान असोज १५ देखि सञ्चालन गर्ने तयारी, अन्तर्राष्ट्रिय उडान संख्यामा बृद्धि

अन्तर्राष्ट्रिय उडानको संख्यामा बृद्धी गर्दै लाने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले अन्तर्राष्ट्रिय उडान संख्या थप्न लागिएको जानकारी दिए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०मा यो प्रस्ताव पठाइसकेको भन्दै उनले आन्तरिक उडान पनि सुचारु गर्न प्रस्ताव पठाएको जानकारी गराए ।

आन्तरिक उडानमा कम्तीमा २० प्रतिशत सञ्चालन गर्ने पक्षमा सरकार रहेको उनको भनाइ छ । आन्तरिक उडान असोज १५ बाट खोल्ने तयारीमा सरकार रहेको बताउँदै उनले भने, ‘सो बेला चाडबाड पनि आउनेछ र उडान पनि सुचारु गर्ने तयारी गरिरहेका छौ ।’ हवाई सञ्चालकहरुले आन्तरिक उडान तत्काल खोल्न माग गर्दै आएका छन् भने सरकारले आन्तरिक हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय गरेकोमा मन्त्रीको भनाइले यो समय थप लम्बिने भएको हो ।

स्वदेश फर्कन चाहने करिब पाँच लाख नेपाली रहेको बताउँदै उनले भने, ‘वैदेशिक रोजगारीमा गएकाहरुको रोजगारी गुमिसक्यो । कतिपय कम्पनीले कम्पनीकै खर्चमा नेपाल पठाउने भनेका छन् । कतिपय बेखर्ची भएकाहरुलाई उद्धार गर्नुपर्ने छ । अहिले दैनिक करिब हजार जना स्वदेश फर्किएकोमा यो संख्या अब दैनिक ३ हजारसम्म पुग्छ ।’

हाल दैनिक ७र८ अन्तर्राष्ट्रिय उडान भइरहेको र अब त्यो संख्या बढाउँदै लैजाने मन्त्री भट्टराईले जानकारी दिए ।
पर्यटन क्षेत्रले मासिक १० अर्ब रुपैयाँ गुमाएको भन्दै उनले छिटो भन्दा छिटो पर्यटन क्षेत्र खोल्न आफूहरुले पहल गरेको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *