देशभर बिहानैदेखि बदली, कहाँ के हुन्छ ? हेर्नुस

काठमाडौं, भदौ २६ काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसमविद्का अनुसार प्रदेश १ देखि ५ सम्म विभिन्न स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको हो।

‘तर यो प्रणाली बिस्तारै कमजोर हुँदै गएको छ,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले भनिन्, ‘एक दुई घण्टापछि रोकिएला।’ उनका अनुसार राति गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षासमेत भएको थियो।

यस्तै दिउँसो देशभर सामान्यतया देखि पूर्णसम्म मौसम बदली भई केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ।

यसैगरी आज राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ–

‘प्रदेश १ , प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

देशभर बिहानैदेखि बदली, कस्तो रहला दिनभरको मौसम?

देशभर शुक्रबार दिउँसोको मौसममा सामान्यतया देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम बदलीका कारण केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

शुक्रबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

अहिले बिहानी पख देशभर सामान्य देखि पूर्ण बदली भई केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ ।

हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ तथा पश्चिम बंगालमा न्युन चापिय क्षेत्र अवस्थित रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *