भक्तपुर घटना अपडेट: सडेको अवस्थामा श’व, घटना रह’स्यमयी, प्रहरी के भन्छ ?

ईश्वरकाजी खाइजू/भदौ २६, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ निकोसेरास्थित एक घरमा एकैपरिवारका तीनजना मृ’त फेला परेका छन्। घरमा पालिएको कुकुरसमेत म’रेका अवस्थामा भेटिएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार घरधनी ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृ’त भेटिएका हुन्। तीनवटै श’व स’डेर फुलेको अवस्थामा भेटिएको परिसरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिए।

उनका अनुसार घरको पहिलो तलामा कुकुर र सम्झना मृ’त फेला परेका थिए। पहिलो तलास्थित कोठाको खाटमा भेटिएको सम्झनाको लास अ’र्ध न’ग्न अवस्थामा थियो।

त्यस्तै दोस्रो तलाको अर्को कोठामा छोरा सुशान्तको ला’स पनि खाटमै घोप्टो अवस्थामा भेटिएको थियो। उनको ला’स पनि फुलेर कालो भइसकेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए। उनका अनुसार उक्त ला’स स’डेर ग’न्हाइसकेको थियो।

घरको माथिल्लो तलाबाट कौशी बाहिर जाने प्यासेजमा भने घरधनी सुदीपको ला’स भेटिएको थियो। घरको अवस्था हेर्दा मृ’त्यु शंका’स्पद देखिएको प्रहरीले जनाएको छ।

भक्तपुर प्रहरीका अनुसार सुदीपका भाइले घटनाबारे प्रहरीलाई खबर गरेका थिए। उनी शुक्रबार घर पुग्दा घरको ढोका आधा खोलिएको थियो। ढोकामा लगाउने साँचोसहितको ताल्चा सुदीपले प्रयोग गर्ने मोटरसाइकलमाथि भेटिएको प्रहरीले जनाएको छ।

त्यसपछि घरभित्र पसेका भाइले क्रमशः घरको पहिलो तलामा कुकुर र भाउजू सम्झना, दोस्रो तलामा भतिजा सुशान्त र तेस्रो तलामा दाजु सुदीप मृ’त अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी उपरीक्षक थापाले बताइन्। खबर प्राप्त हुनासाथ घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर र अपराध महाशाखाको टोली पुगेको थियो।

घटनाबारे तत्काल केही बताउन नसकिने भक्तपुर प्रहरीकी प्रमुख प्रहरी उपरीक्षक थापाको भनाइ छ। उनले मान्छेसँगै कुकुरसमेत म’रेको अवस्थामा फेला परेकाले तीन चारवटा कोणबाट घटनाको अनुसन्धान भइरहेको जानकारी दिइन्। ‘तत्काल घटनाबारे केही भन्न सकिन्न’, प्रहरी उपरीक्षक थापाले भनिन्, ‘घटना शं’कास्पद देखिन्छ। तीनचार कोणबाट अनुसन्धान गर्दैछौं।’

उनका अनुसार घटनास्थलमा फरेन्सिक विज्ञसमेत पुगेका छन्। ‘ती विज्ञहरुले रिपोर्ट नदिएसम्म अहिल्यै केही भन्न सकिने अवस्था छैन’, उनले थपिन्, ‘ला’स स’डिसकेको अवस्थामा छन्।’ घटनामा वि’षको प्रयोग भए नभएको यकिन गर्न कुनै प्रमाण फेला नपरेको उनी बताउँछिन्।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार घटनास्थलमा मृ’त’कहरुबीच घटना हुनुअघि कुनै घ’म्साघ’म्सी एवं प्र’तिवाद भएको देखिँदैन। ‘त्यसैले जसले घ’टाए पनि योजनाबद्ध ढंगले घट’ना घटा’एको देखिन्छ’, उनी भन्छन्, ‘घरको मूलढोका खुलै रहेको अवस्थाले बाहिरी पक्षबाट घटना घटा’एको आशंका पनि गर्न सकिन्छ।’

उनका अनुसार घरमा बुढाबुढीबीच कहिलेकाही झै’झ’गडा एवं वाद’विवा’द हुने गरेको थियो तर घरपरिवारका अनुसार ज्या’नै लिनुपर्ने स्थितिसम्मको झै’झग’डा वा विवा’द भने नभएको उनको भनाइ छ।

मृ’तकको मूलघर भने मध्यपुर थिमि नगरपालिका-६ वडामा पर्छ। नयाँ घर बनाएपछि उनीहरु नयाँ घरमा सरेको पाइएको मध्यपुर थिमि नपा ९ का वडा अध्यक्ष रामकाजी चक्रधरले जानकारी दिए। अन्नपुर्णपोष्टबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *